+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिकित्सक संघको आन्दोलन जारी, २४ घण्टाभित्र सम्बोधन नभए कडा आन्दोलन गर्ने

धर्नालगायतका आन्दोलन गर्दै आएको नेपाल चिकित्सक संघले २४ घण्टाभित्र आफ्ना मागको सटिक सम्बोधन नभए कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते २२:३४

१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागमा सरोकारवाला निकाय गम्भीर नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

संघका अध्यक्ष डा. डा. अनिलबिक्रम कार्कीले सोमबार बेलुकी विज्ञप्ति निकाल्दै मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिइने जनाएका छन् ।

उनले काठमाडौं उपत्यकाभित्र रहेका चिकित्सकहरूलाई मंगलबार बिहान ११ बजे माइतीघरमण्डलामा तथा उपत्यकाबाहिरका चिकित्सकहरूलाई सोही समयमा आआफ्नो जिल्ला प्रशासन कार्यालयबाहिर धर्ना दिन आह्वान गरेका छन् ।

सोमबार कसेको चिकित्सा शिक्षा आयोगको १९ औं बैठकले वा सरोकारवाला अन्य कसैल पनि बाचा गरिएअनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेकाले चिकित्सक संघ अझै आन्दोलनमै रहेको उनले उल्लेख गरेका छन् ।

‘‘विगत लामो समयदेखि नेपाल चिकित्सक संघको नेतृत्वमा नेपाल सरकारको आठौं तह बराबरको निर्वाह भत्ताका लागि चिकित्सकहरू आन्दोलनरत रहेको सर्वविधित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगको १६औं बैठकको निर्णय एवं भावनाअनुरुप सोमबार बसेको १९औं बैठकले वा सरोकारवाला अन्य कसैले पनि बाचा गरेअनुरुपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनमै रहेको जानकारी गराउँदछौं ।’

संघले विज्ञप्ति जारी भएको २४ घण्टाभित्र मागको सटिक सम्बोधन नभए चिकित्सक संघ अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?