
१६ वैशाख, काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको नाफा ३९ गुणा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २ करोड ७४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ७ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी नै बढेपछि नाफामा उच्च वृद्धि देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले १ करोड ७८ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी १८ पैसा रहेकोमा अहिले ४ रुपैयाँ ८८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड ९० लाख रुपैयाँ छ । बजारमा यसको मूल्य प्रतिकित्ता २ हजार ४६१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4