+
+
Shares

राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्छ : रक्षामन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १०:१४

१६ वैशाख, काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्ने बताएका छन् । आर्थिक अवस्थाले धान्नसक्ने आयोजनालाई मात्रै राष्ट्रिय गौरवको आयोजनामा समेट्नुपर्ने उनको भनाइ छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा रक्षामन्त्री राईले सो धारणा राखेका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजनाहरुमा मेरो पनि मत छ– यसलाई पुनर्विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर हामीले घटाउनुपर्छ भने पनि घटाऔं,’ उनले भने, ‘थुप्रै घोषणा गर्ने, काम चाहिँ हुँदै नहुने । हाम्रो आर्थिक अवस्थाले धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्नु ? सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’ उनले यो कुरा मन्त्रिपरिषदमा पनि राखेको उनले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने भए मात्र तर धेरै घोषणा गरेर लथालिंग राख्न नहुने उनले बताए । ‘हामीले गर्न सकिने मात्र गर्न पाए हुन्थ्यो भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि त्यो आफ्नो मत छ । मैले बारबार भनिरहेको छु,’ उनले भने ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको पुनःसूचीकरण गर्नुपर्ने मत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?