
१६ वैशाख, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गोलभेँडाको मूल्य सस्तिएको देखाएको हो ।
कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो (लोकल) र सानो (तराई) गरी तीन प्रकारका किन्न पाइन्छ । त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट समेत आउने गरेको छ ।
आज सानो (तराई) गोलभेँडाको मूल्य प्रतिकिलो १३ रुपैयाँ घटेको छ भने लोकल गेलभेँडाको प्रतिकिलो मूल्य मात्र ३४ पैसा घटेको छ ।
कालीमाटी बजारमा मंगलबार लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो २२ रुपैयाँदेखि २५ रुपैयाँ छ । त्यस्तै, सानो (तराई) गोलभेँडा २४ देखि ३० रुपैयाँ छ भने ठूलो गोलभेँडा नेपालीको ३५ देखि ४० र ठूलो भारतीय गोलभेँडाको मूल्य ५५ देखि ६० रुपैयाँ तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4