+
+
Shares

‘पार्टीका शिक्षक, विद्यार्थी र चिकित्सकका भातृ संगठनहरु खारेज गरौं’

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उनले सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:०७

१६ वैशाख, काठमाडौं। शिक्षकहरूको आन्दोलनका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीका शिक्षक, विद्यार्थी र चिकित्सकका भातृ संगठनहरु खारेज गर्ने प्रस्ताव राखेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए ।

‘पार्टीका शिक्षकहरू, विद्यार्थीहरू, चिकित्सकहरुका भातृ सङ्गठनहरु खारेज नै गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?