+
+
Shares

रुसी राष्ट्रपति पुटिनले फेरि गरे एकतर्फी युद्धविराम घोषणा, युक्रेन के भन्छ ?

बीबीसीका अनुसारले पुटिनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औं वर्षको अवसर पारेर तीनदिने युद्धविराम घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:२३

१६ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेका हुन् ।

बीबीसीका अनुसारले पुटिनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औं वर्षको अवसर पारेर तीनदिने युद्धविराम घोषणा गरेका हुन् ।

यसअघि पुटिनले इस्टर पर्वको अवसरमा पनि ३० घण्टे युद्धविराम घोषणा गरेका थिए । तर त्यतिबेला युद्धविराम पालना नगरेको आरोप लागेको थियो ।

रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । पुटिनले हालै गरेको युद्धविराम घोषणाबारे युक्रेनले तत्कालै युद्धविराम नगरेर ८ मेबाट मात्र किन ? भनेर प्रश्न गरेको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिअबले भनेका छन्, ‘रुसले साँच्चै शान्ति चाहन्छ भने ८ मेसम्म किन पर्खिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?