+
+
Shares

मेटमणिको चेतावनी : शिक्षकको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:५०

१६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शासकहरू भाग्नुपरेको इतिहास स्मरण गराए ।

‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला,’ उनले भने, ‘शासकहरू भागेको कुरा सुन्नुभएको होला नि, पढ्नु भएको पनि होला ।’

शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । ‘जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ,’ उनले भने ।

सांसद चौधरीले सरकारले शिक्षकका जायज माग पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए ।

सरकारले शिक्षकहरूमाथि जंगली र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?