+
+
Shares

मोरङमा एक अर्ब लगानीमा खुल्यो सलाइन पानी उद्योग

साउनदेखि बजारमा आउने

मोरङको बुढीगंगामा स्थापना भएको यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजार पठाउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १४:२१

१६ वैशाख, विराटनगर । मोरङमा सलाइन पानी उद्योग स्थापना भएको छ ।

मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो ।

मोरङको बुढीगंगामा स्थापना भएको यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजार पठाउने छ ।

उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउँने छ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा आउने छ ।

पूर्ण रूपमा सञ्चालनमा आउँदा एक अर्ब लागत अनुमान गरिएको उद्योगले मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष समेत रहेका ठाकुरले बताए ।

विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको उद्योगको दाबी छ ।

एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्ने छ ।

उद्योगले ‘एलेक्जा’ ब्रान्डमा आफ्ना उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?