+
+
Shares

रुसको उलान उदे शहरका नगर प्रमुख ललितपुर महानगरमा

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिनाअघि उलान उदे शहर पुगेको स्मरण गर्दै दुई शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरु आदान प्रदान गर्न सक्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १४:३३

१६ वैशाख, काठमाडौं। ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको रुसको उलान उदे शहरका नगरप्रमुख इगोर सुतेनकोभ ललितपुर महानगर आएका छन् । आफ्नो प्रतिनिधिमण्डलसहित नेपाल आएका उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका हुन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिनाअघि उलान उदे शहर पुगेको स्मरण गर्दै दुई शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरु आदान प्रदान गर्न सक्ने बताए ।

उनले भने, ‘कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ । हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं।’ डेढ महिना अघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डलसहित रसिया गएका थिए ।

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे । भगिनी सम्बन्ध (सिस्टर सिटी)को अर्थ नेपालीमा अर्थात नेपालमा पारिवारिक सम्बन्ध भएको प्रष्ट पार्दै नगर प्रमुख महर्जनले भने, ‘अब हाम्रो दुख सुख साझा भए, दुख पर्दा पनि बाडौँला, सुख पनि बाडौला।’ विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथयात्राको पूर्व सन्ध्या भगिनी सम्बन्ध कायम भएको सहरका मित मेयर ललितपुर महानगर आउनु महत्वपूर्ण भएको उनले प्रष्ट पारे ।

उलान उदे सहरमा नगर प्रमुख इगोर सुतेनकोभले रसिया र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउँदै ललितपुर र उलान उदे सहरबीचको भगिनी सम्बन्धले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्ने बताए । विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रम निकै प्रभावकारी हुने उनले प्रष्ट पारे ।

उनले भने, ‘चिकित्सा शिक्षा, कृषि विज्ञान लगायतका क्षेत्रमा हामी काम गर्न सक्छौं । ’ उनले अन्य असल अभ्यास पनि आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुरको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै ललितपुरमा रहेका ऐतिहासिक मन्दिर आफूलाई एकदमै राम्रो लागेको बताए ।

उनले भने, ‘ यहाँका मन्दिर मास्टर पिस छन् , सहर एकदमै सुन्दर छ । ’ उलान उदेका नगर प्रमुख इगोर सुतेनकोभले हाम्रो मित्रता भविष्यको लागि ऐतिहासिक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?