
१६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले शिक्षक आन्दोलनलाई पूर्वप्रधानमन्त्रीहरूले उकासेर झडपको अवस्थमा पुर्याएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले शिक्षकहरूले रचनात्मक आन्दोलन गरिरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले उकास्ने काम गरेको जिकिर गरे ।
‘उकासेको पनि देखियो, उकासिएको पनि देखियो । सभामुख महोदय, हिजो त पूर्वप्रधानमन्त्रीको फोटो पनि देखियो,’ उनले भने, ‘यसले के देखाउँछ भने यहाँ चर्काचर्का कुरा गर्ने त्यहाँ गएर उकास्ने गरिएको देखियो ।’
आन्दोलनलाई भड्काएर ठूलो दुर्घटना गराउने प्रयास गरिएको भए पनि सरकारले संयम अपनाएकाले शान्तिपूर्ण नै रहँदै आएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4