+
+
Shares

नारायणगढ–बुटवल सडकले विश्वमै नेपालको बेइज्जत भयो : सांसद सिंह

सांसद सिंहले समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद थप नगरियास् भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १५:२५

१६ वैशाख, काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताए ।

‘विकास निर्माणको काममा तीव्रता छैन । नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भइरहेको छ,’ सांसद सिंहले भने ।

देशमा अहिले शिक्षा, स्वास्थ्यको स्तर खस्किरहेको छ । पूर्वाधारहरूको निर्माण पनि समयमा हुन सकिरहेको छैन । त्यसको एउटा उदाहरण नारायणगढ–बुटवल सडकखण्ड हो,’ उनले भने, ‘बाटो समयमा नबन्दा त्यो बाटो भएर हिँड्ने पर्यटकहरूले सास्ती खेपिरहेका छन् । त्यति मात्र होइन, एकजना विदेशी पर्यटकले बाटोको भिडियो खिचेर राखिएका छन्, त्यसले अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भएको छ ।’

सांसद सिंहले समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद थप नगरियास् भन्दै सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?