+
+
Shares

सेयर बजार २६३१ अंकमा झर्‍यो, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १५:२७

१६ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६३१ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको हो । परिसूचकसहित कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।

५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे ।

दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ तथा कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशत मूल्य बढ्यो ।

मध्यभोटेकोशी जलविद्युतको मूल्य ९.८ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्टको ७.७, सिन्धु विकास बैंकको ६.६ तथा ग्रिनलाइफ हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र एचआईडीसीएल क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४३ खर्ब ७६ अर्बमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?