+
+
Shares

अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृत्यु

आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो । उनी ६४ वर्षका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १५:५३

१६ वैशाख, काठमाडौं । सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो । उनी ६४ वर्षका थिए ।

उनले वसन्त ऋतुमा अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा विभागबाट अनुमति लिएका थिए । १३ वैशाखमा सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही दिन उनलाई अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको थियो ।

त्यसपछि विभागले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?