+
+
Shares

‘व्यवसायीलाई सुन सिफारिस गर्दा संघले शुल्क नलिनू’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १७:४२

१६ वैशाख, काठमाडौं । व्यवसायीलाई सुन सिफारिस गर्दा कुनै शुल्क नलिन नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीका संघ र महासंघलाई सचेत गराएको छ ।

बैंकले एक सूचना जारी गर्दै सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधिमा शुल्क लिन नपाइने व्यवस्था रहेको भन्दै यसलाई पालना गर्न भनेको छ । विभिन्न पाँच संघ र महासंघले आफ्ना सदस्य व्यवसायीलाई सुन सिफारिस गर्दै आएका छन् ।

संघको सिफारिसकै आधारमा बैंकहरुले व्यवसायीलाई सुन प्रदान गर्दछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले अहिले पनि महासंघले सुन सिफारिस गर्दा कुनै शुल्क नलिने गरेको बताए ।

‘सुन सिफारिस गर्दा कुनै शुल्क लिइँदैन तर सदस्य व्यवसायीबाट महासंघलाई सहयोगस्वरुप मासिक केही शुल्क लिने गरेका छाैं’ उनले भने । उनका अनुसार महासंघसहित अन्य ५ संघसंस्थाको सिफारिसमा बैंकले सदस्यहरूलाई सुन दिने गरेका छन् । सदस्यहरू सिफारिस संघमा दोहोरिन नपाउने उनले स्पष्ट पारे ।

दैनिक अधिकतम २० किलोसम्म सुन आयात गरेर वाणिज्य बैंकहरुले व्यवसायीलाई बेच्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?