
१६ वैशाख, काठमडौं। ७औं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा शिक्षण र भाषाविज्ञान सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, अंग्रेजी शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरले आगामी वैशाख २० देखि २१ गतेसम्म दुई दिने सम्मेलन गर्न लागेको विभागका प्रमुख डा.गोपाल प्रसाद पाण्डेले बताए ।
भाषा शिक्षामा परिवर्तनशील पारिस्थिति, अनुसन्धान, नवप्रवर्तन र प्रयोगहरूबारे विमर्श पनि हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलनमा १२ वटा देशका करिब ५०० जना प्रभावशाली विद्वानहरू सहभागी हुने प्रमुख पाण्डले बताए ।
सम्मेलनमा ९५ वटा कार्यपत्रहरु प्रस्तुत गरिने छ । ‘सम्मेलन मार्फत अंग्रेजी भाषा शिक्षालाई रुपान्तरण गर्ने नयाँ प्रविधि, विधिहरू र दृष्टिकोणहरूको खोजी गरिनेछ,’ पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4