
१६ वैशाख, काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी ड्रिल कार्यक्रमलाई प्रभावकारी बनाएको छ ।
गाउँपालिकाले १० दिन सञ्चालन गरेको ड्रिल कार्यक्रमले खुम्बु क्षेत्रका स्थानीय समुदाय, संस्थाहरू तथा प्रमुख सरोकारवालाहरूको आगलागी नियन्त्रण तथा आपतकालीन प्रतिक्रिया क्षमतामा विकास भएको गाउँपालिकाले जनाएको छ ।
‘खुम्बु पासाङल्हामु गाउँपालिका, एभरेस्ट फायर एन्ड रेस्क्यु टिम तथा स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसको सहकार्यमा आवश्यक प्रविधि, स्रोत तथा अनुभव प्रदान गर्दै तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।
‘स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसले पाइपहरू, लाइट पोर्टेबल पम्प, व्यक्तिगत सुरक्षा उपकरण, प्राथमिक उपचार किट, स्ट्रेचर तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराएको थियो। साथै, कमाण्डर जोन ऐचिसन र कोलिन ब्रुसले प्रत्यक्ष प्रशिक्षण गरिएको छ,’ अध्यक्ष शेर्पाले भने ।
प्रमुख पशासकीय अधिकृत नवराज गौतका अनुसार लुक्ला विमानस्थलमा प्रमुख अग्नि नियन्त्रकलाई कसरी सहयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । ‘आगलागी भएको खण्डमा चाँडो प्रतिक्रिया दिन सकियोस् भनेर प्रशिक्षण दिइएको हो,’ गौतले भने, ‘आगलागी जस्तो वास्तविक अवस्था सिर्जना गरी प्रत्यक्ष अभ्यास गराइएको थियो । सैनिक तथा प्रहरी कर्मचारीलाई यो तालिमले फाइदा पुगेको छ ।’
घाइते व्यवस्थापनका साथै घाइतेहरूसँग कसरी संवाद गर्ने, कसरी सुरक्षित रुपमा उठाउने तथा सही शारीरिक मुद्राहरू, स्ट्रेचर राख्ने, बाध्ने तरिका, हार्ड स्ट्रेचरमा घाइते राख्ने विधि र अस्पतालसम्म कसरी लैजाने भन्ने पनि सिकाइएको गौतमले बताए ।
पछिल्लो समय आगलागी घटनाको जोखिम बढेपछि गाउँपालिकाले सरोकारवालका साथै स्थानीयलाई पनि आगलागी नियन्त्रण र रोकथामबारे तलिम दिएको छ ।
प्रतिक्रिया 4