
काठमाडौं । जापानस्थित नेपाली फिल्मको वितरण कम्पनी युना इन्टरटेन्मेन्टले फिल्म फेस्टिभल गर्ने भएको छ । उक्त समूहले ‘जिन्सेओ एरिगाटो इन्टरनेसनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो ।
आयोजकले फेस्टिभलको लागि नेपालबाट मनोनयन परेका फिल्म र कलाकारको सूची सार्वजनिक गरेका छन् । फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना मनोनित छन ।
सोही फिल्मबाट कृषा चौलागाईं सर्वश्रेष्ठ निर्देशक, सौगात मल्ल सर्वश्रेष्ठ अभिनेता र अनुपविक्रम शाही सर्वश्रेष्ठ ‘ब्रेक थ्रु पर्फमेन्स’ विधामा उत्कृष्ट भएका छन् ।
ड्रामा विधामा फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की र वर्षा राउत उत्कृष्ट अभिनेत्री मनोनित छन् । फिल्म ‘रंगी’बाट सलोन बस्नेत सर्वश्रेष्ठ अभिनेताको नोमिनेसनमा छन् ।
फेस्टिभलमा विभिन्न देशका फिल्महरू पनि समावेश हुनेछन् । आयोजक संस्थाका प्रमुख उज्ज्वल गुरागाईले नेपाली फिल्मको बजारलाई विस्तार गर्न फेस्टिभल आयोजना गरिएको बताए ।
फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन नागोयामा गरिने भएको छ ।
प्रतिक्रिया 4