+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालुवाटारको जग्गामा मुछिएका श्रेष्ठको हत्या भएको कांग्रेसको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १०:५३

१३ साउन,काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका पर्वत जिल्ला कार्य समिति सचिव तथा पूर्व कर्मचारी युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद रहेको भन्दै छानविनको माग गरेको छ ।

कांग्रेसका पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालले सोमबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधन रहस्यमय रहेको बताएका हुन् ।

विज्ञप्तिमा घटनास्थलमा रगतको थोपा नदेखिनु, अनुहार लगायत शरीरका कुनै भागमा चोटपटक नदेखिनु र सीसी क्यामेरको फुटेज उपलब्ध नहुनुले घटना रहस्यमय देखिएको उल्लेख छ ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ ‘घटना रहस्यमय देखिएको हुँदा मनगणन्ते अनुमानको भरमा निष्कर्षमा पुग्नुभन्दा गम्भिर ढंगले अनुसन्धान तथा छानबिन अगाडि बढाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्दछौं ।’

बालुवाटारको ललिता निवासले चर्चेको जग्गा सरकारबाट सुवर्ण शमशेरका परिवारको नाममा नामसारी गर्ने बेला २०४९ सालमा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबाजरका नासु थिए । उनले फाइल उठाएको आधारमा अख्तियारले बयान समेत लिइरहेको थियो ।

श्रेष्ठको आइतवार बालाजु माछापोखरीस्थित एक सपिङ मलको छतबाट खसेर मृत्यु भएको थियो । उनले आत्महत्या गरेको भनिएका बेला कांग्रेसले छानविन माग गरेको हो । उनी पछिल्लो समय कांग्रेसको पर्वत जिल्ला सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?