+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नक्कली सुनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १३:२०

१५ पुस, काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् ।

उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए ।

‘नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल भएको रहेछ’, उनले भने, ‘तर, बिक्री गर्ने प्रयास गर्दा गर्दै उनीहरुलाई पक्राउ गर्न सफल भयौं ।’

लम्सालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार ठगी कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?