+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

हरि अधिकारी हरि अधिकारी
२०७७ असार १२ गते १८:१५

१२ असार, विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् ।

मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला र एक जना पुरुष, झापाको दमक नगरपालिकामा एक जना महिला र दुई जना पुरुष र मेचीनगरमा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरीको कोसी गाउँपालिकामा ३ महिलासहित ८ जना र देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।

कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । शुक्रबार १६ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ । ती मध्ये ३७६ जना उपचारपछि घर फर्किसकेका छन् ।

 

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?