+
Home Sports Cricket मौसम ढकाल

मौसम ढकाल: लेग स्पिनको नयाँ विकल्प
नेपाल, अलराउण्डर

Full Name: मौसम ढकाल
Nationality: नेपाल
Team: Nepal A
Position: अलराउण्डर

जतिबेला उनी चर्चामा आए उनको नाम मौसम ढकाल थियो । तर आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तिम शृखंला अघि युएईमा शृखंला खेल्न जाँदा पहिलो पटक राष्ट्रिय टोलीमा परेका मौसमको वास्तविक नाम श्याम ढकाल हो ।

उनको जन्म सन् २००१ मा भएको हो । मौसम ढकाल स्पीनर हुन् । त्यसमा पनि लेगस्पीनर । पछिल्लो समय सन्दीप लामिछानेले लेग स्पीनबाट चर्चा कमाए । सन्दीपपछि अर्को लेगस्पीनर नेपाली टिममा थिएन । अब भने उनै मौसम लेगस्पीनको नयाँ विकल्प बनेर आएका छन् ।

सुरुवाती करियर

रुपन्देही भलबारकीका श्यामले १४ वर्षको हुँदा देखि क्रिकेट खेल्न थालेका हुन् । उनलाई यो स्थानसम्म आइपुग्न नेपाली राष्ट्रिय टिमका पूर्व स्टारहरु शक्ति गौचन र शरद भेषावकरको पनि ठूलो योगदान छ । उनको १४ वर्षको हुँदा रुपन्देहीको स्टार क्रिकेट एकेडेमीबाट क्रिकेट यात्रा सुरु भएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व स्टार स्पिनर शक्ति गौचनले उनलाई ब्याट र बल समाउन सिकाएका हुन् । बुबा घनश्याम आफैँ पनि क्रिकेटको सौखिन भएकोले उनले छोरालाई स्टार क्रिकेट एकेडेमीमा पुर्या।ए । माध्यमिक पढाइ सकिएपछि क्रिकेट सिक्न भारतको नयाँ दिल्ली पुगेका उनले त्ससपछि दिल्लीस्थित प्रदीप साहू क्रिकेट एकेडेमीमा पुगेर प्रशिक्षण गरे ।

नेपालमा एभरेष्ट प्रिमियर लिग खेलिसकेका भारतीय क्रिकेटर प्रदीप साहुले उनको क्षमतामा निखार ल्याए ।उनी परिक्षा दिन मात्र नेपाल आउने र भारतमै बसेर क्रिकेट सिकिरहेका थिए । मौसमले भारतका लेगस्पिनर प्रदीप साहुको एकेडेमीमा प्रशिक्षण लिन थालेको तीन वर्ष भयो ।भारतका सिकेको क्रिकेटबाट श्यामको करियरमा ठूलो प्रभाव पारेको छ ।

शक्ति र प्रदिप साहुबाट क्रिकेट सिकेका श्यामलाई केन्द्रसम्म ल्याउने काममा सहयोग अर्का भेट्रान स्पीनर बसन्त रेग्मीले गरे । त्यसमा थप सहयोग शरद भेषावकरले गरे । श्याम सन् २०७७ सालमा लकडाउनका बेला रुपन्देहीको तिरुपती क्रिकेट एकेडेमीमा बलिङ गर्दै थिए । त्यसैबेला बसन्त रेग्मीको नजरमा गरे ।

उनै वसन्तले श्यामलाई एपीएफसँग सम्पर्क गराइदिए । श्यामले आफ्नो आदर्श खेलाडी शरदलाई एपीएफमा भेटे । पछिल्लो पटक भएको एभरेष्ट प्रिमियर लिगमा श्यामलाई शरदले आफ्नो टिम भैरहवा ग्लाडिएटर्समा राखेका थिए तर उनले खेल्ने अवसर भने पाएनन् ।

प्रधानमन्त्री कपमा चम्किएका श्याम

प्रधानमन्त्री कप राष्ट्रिय वान डे प्रतियोगिता हुँदासम्म उनको नाम खासै सुनिएको थिएन । तर प्रधानमन्त्री कपमा एपीएफका लागि खेल्दै श्यामले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई क्रिकेट समर्थकमाझ चिनाए । त्यसतिमात्र होइन प्रतियोगितामा सर्वाधिक १५ विकेट लिँदै उनी उदीयमान खेलाडी समेत बने । प्रधानमन्त्री कपमा उनले एपीएफले खेलेका ६ वटै खेल खेल। जसमा ५ खेलमा विकेट लिए ।

पहिलो खेलमै आर्मीसँग खेलेका उनले विकेट लिन सकेनन् । तर त्यसपछि उनले समूह चरणमा सुदूरपश्चिमविरुद्ध २, गण्डकी र कर्णालीविरुद्ध ४–४ तथा सेमिफाइनलमा मधेश प्रदेशविरुद्ध २ विकेट लिएका थिए । अनी फाइनल आर्मी विरुद्धकै खेलमा ३ विकेट लिए । उनले ६ खेलमा कूल ३८ ओभर बलिङ गर्दा २ मेडन राख्दै १८५ रन खर्चेर १५ विकेट लिए ।

त्यसपछि भने श्याम राष्ट्रिय टिममा सम्भावित भविष्यका रुपमा देखिए । उनले नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सबाट २ खेल खेले । घरेलु क्रिकेटमा उनले खेलेको यही ८ खेल नै हो । हुनत गत भदौमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा श्याम एपीएफमा अनुबन्ध भइसकेका थिए तर, राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्न पाएनन् ।

डेब्युको प्रतिक्षा

श्यामले नेपालको कुनै उमेर समूहमा खेलेका छैनन् । उनी सिधै राष्ट्रिय टिममा आएका हुन् । क्रिकेट विश्वकप लिगटु को अन्तिम १२ खेलअघि प्रशिक्षकका रुपमा मोन्टी देसाईको आगमनपछि मौसम पनि राष्ट्रिय टिमको सेटअपमा रहे । घरेलु भूमिमा भएको नेपाल, स्कटल्याण्ड र नामिबिया विरुद्धको सिरिजका लागि उनी वैकल्पिक सूचीमा थिए । तर टिमसँग रहँदा उनले धेरे सिक्ने अवसर भने पाए । उनी अहिले रेगुलर टिमसँगै छन् र सँगै प्रशिक्षण गरिरहेका छन् ।

घरेलु शृखंलापछि नेपाल युएई र पपुवा न्युगिनीसँगको सिरिज खेल्न युएई गएको थियो । जसमा उनी १५ सदस्यीय टोलीमा पर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाउन सफल भए । तर उनले पहिलो खेलमा अवसर पाएनन् । त्यसपछि उनी अभ्यासका क्रममा घाइते भए अनी उनलाई सन्दीप लामिछानेले रिप्लेस गरे । यद्यपी मौसम टिमसँगै युएईमा रहे ।

फागुन–चैतमा नेपालमै भएको युएई र पपुवा न्युगिनीसहितको अन्तिम लिग टु सिरिजमा पनि उनी वैकल्पिक खेलाडी थिए । टिमसँग निरन्तर रहँदा उनले टिमको माहोल वातावरण देखि मैदानमा हुने दबाबको बारेमा बुझ्न पाए ।

Read Full