+
Home Sports Cricket भीम सार्की

नेपाली जोन्टी भिम शार्कीः मोन्टी देसाई आएपछि चम्किए
नेपाल, ब्याट्समेन

Full Name: भीम सार्की
Nationality: नेपाल
Team: Nepal A
Position: ब्याट्समेन

नेपाली जोन्टी भिम शार्कीः मोन्टी देसाई आएपछि चम्किए

भिम शार्कीको जन्म सन् २००१ मा भएको हो । भिम नेपाली राष्ट्रिय क्रिकेट टिमको सदस्य हुन् । उनी मध्यक्रममा ब्याटिङ गर्छन् । लिग टु को अन्तिम तीन सिरिजअघि मोन्टी देसाई आएपछि चम्किएका हुन् भिम शार्की । सन् २०१९ मै राष्ट्रिय टिममा परेनि उनले राष्ट्रिय टिममा डेब्यु गर्न धेरे धैर्य गर्नुपर्यो ि। अहिले अवसर पाउदा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भिमले नेपालको लागि खेल्न थालेको एक वर्ष मात्र भएको छ ।

सुरुवाती करियर

कन्चनपुरमा भिमदत्त नगरपालिका ४ मा जन्मिएका भिमले सुरुमा टेनिस बलबाट क्रिकेट खेल्न थालेका हुन् । आर्थिक अवस्था कमजोर भएकोले उनले एकेडेमी प्रशिक्षण गर्न त सकेनन् तर एक जना भरत दाईले कभर्डहलमै ट्रेनिङ गराउँथे । त्यही क्रममा उनी एक दिन खुल्ला मञ्चमा पुगे । जहाँ राष्ट्रिय टिमबाट खेलिसकेका चन्द्र साउद पनि थिए । भिम त्यहाँ जाने बस्ने अरुको खेल हेर्ने गर्ने ।

यत्तिकैमा उनै चन्द साउदले भिमलाई क्रिकेट खेल्न मन छ भनेर सोध्नु नै भिमको लागि ढुंगामा देउता मिले जस्तो भए । ’ल क्रिकेट खेल्न मन भए आउ’ चन्द साउदले भनेका थिए । एकेडेमीमा ट्रेनिङ गर्न नपाएपनि चन्द्र साउदले उनलाई एउटा मार्गमा ल्याउने काम गरे । त्यसपछि उनको क्रिकेट यात्रा सुरु भयो ।

प्रदेशस्तरमा राम्रो प्रदर्शन गरेपछि भिमले यू१६ राष्ट्रिय प्रतियोगिता पनि खेले । जसमा उनी बेस्ट बलर समेत घोषित भएका थिए । तर यू१६ को राष्ट्रिय टिममा भने पर्न सकेनन् । सन् २०१६ को यू१९ एसिया कपका लागि ट्यालेन्ट हन्टबाट भएको थियो । जसमा सुदूरपश्चिमबाट भिम लगायत केही खेलाडि बएका थिए । त्यसमा भिम पनि छनोट भए । यसपाली भने राष्ट्रिय टोलीमा खेल्न पाउने भएपछि उनी उत्साहित थिए । सन् २०१६ देखि २०१९ सम्म लगातार चार संस्करण यू१९ एसिया कप खेले ।

यसबीचमा उनले घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्न थालिसकेका थिए । तर राष्ट्रिय टिमबाट खेल्न भने उनले अली समय कुर्नुपर्यो  । सन् २०१८ मा भएको दोस्रो संस्करणको प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीबाट खेले । आफ्नै क्षेत्रका विनोद भण्डारीले उनलाई यसमा सहयोग गरे । भिमले पनि सेमिफाइनलमा प्रदेश ५ विरुद्ध ७७ र फाइनलमा एपीएफ विरुद्ध ४५ रन हान्दै सानदार प्रदर्शन गरे । घरेलु प्रतियोगितामा निरन्तर खेलिरहेका भिम आर्मीको स्थायी जागिरे भएको दुई वर्ष भयो ।

बीचमा राष्ट्रिय टिममा नपर्दा भिमललाई अब क्रिकेटमा केही रहिन्छ छाडम कि भन्ने सोच समेत आएको थियो । क्रिकेट नै छाड्ने सोच पनि नआएको होइन । तर आर्मीको साथ पनि थियो । सिनियर दाईहरुको साथ थियो । जसले भिमलाई क्रिकेटमै रोकेर राख्यो । जसको फल भिमले अहिले पाए । त्यसैले त मिहिनेतको फल मिठो हुन्छ भने जस्तै भिमले पनि सफलताको स्वाद पाउन थालेका छन् ।

जोन्टी उपनाम देखि जोन्टी रोड्ससँग भेट

भिमलाई सबैले जोन्टी भन्छन् । उनको उपनाम नै बनिसकेको छ । जोन्टी रोड्स विश्वकै उत्कृष्ट फिल्डर हुन् यो सबैलाई थाहा छ । तर भिमलाई भने आफूले यो नाम सुरु पाउँदा किन कसरी पाएँ भन्ने थाहा थिए । स्थानीय खुल्ला चौरमा प्रशिक्षणकै बेला भिमले फिल्डिङ देखेर चन्द्र साउदले उनलाई जोन्टी भनेर पहिलो पटक बोलाएका थिए । भिम सुरुदेखि नै उत्कृष्ट फिल्डिङ गर्थे । उनलाई किन जोन्टी भनिएको भन्ने थाहा थिएन ।

जोन्टी रोड्स विश्वकै उत्कृष्ट फिल्डर हो तिम्रो फिल्डिङ पनि त्यस्तै भएर जोन्टी भनेको’ भन्द साउदले यसो भनेपछि भिमले बुझे । नाम अनुसार नै जोन्टीले खेलमा आफ्नो फिल्डिङको लय कायम राखे । जोन्टी रोड्स जस्तै भिम हावामै उडेर बल क्याच गर्थे । उनै आदर्श जोन्टी रोड्ससँग भिमले नेपालमा भेट्ने अवसर समेत पाए ।

क्रिकेट प्रशिक्षणका क्रममा उनी नेपाल आएका थिए । प्रशिक्षण काठमाडौंमा थियो तर जोन्टी भैरहवामा थिए । त्यसबेला पारस खड्काले नै तिमी आफ्नो आदर्श खेलाडी भेट्न आउने हैन भनेर फोन गरे । पारसको श्रीमती प्राप्तीले जोन्टीको फ्लाईट टिकट काटिदिए । त्यसपछि पारसले नै भिमलाई जोन्टी रोड्स भेटाउन दरबारमार्ग लिए गए । भेटघाट रमायलो भए । रोड्सले भिमको तारिफ गरे । ’सानो सानो मिस्टेक सुधार गर्नुपर्छ । पिल्डिङमा छिटो रहेछौँ’भने । भिमको लागि यस्तो सल्लाह पाउनु र भेट्नु ठूलो सदभाग्य थियो ।

त्यसपछि धनगढी प्रिमियर लिग डीपीएल भयो । जोन्टी रोड्स पनि हेर्न गएका थिए । जहाँ भिमले धुलो मैदानमा पनि हावामै सानदार फ्लाइङ क्याच लिएका थिए । जुन निकै भाइरल पनि भयो । रोड्सले पनि त्यसको तारिफ गरे ।

राष्ट्रिय टिममा डेब्यु

सन् २०१९ मा युएई भ्रमणका लागि भिम पहिलो पटक सिनियर टिममा परेका थिए ।पारस खड्काको कप्तानीमाओडिआई र टी२० आई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा हुँदा चार नयाँ खेलाडी भिम अभिनाश बोहरा, पवन सर्राफ र सन्दिप जोरा पहिलो पटक । अभिनाश, पवन र जोराले ओडिआई र टी२०आई दुवैमा डेब्यु गरे । तर भिमले भने कुनै खेल खेल्न पाएनन् । त्यसपछि उनी राष्ट्रिय टिममा परेनन् ।

सिधै सन् २०२२ मार्च लिग टु अन्तर्गत युएईमा भएको युएई र पपुवा न्यु गिनी विरौध्को सिरिजका लागि भिम टोलीमा परे । त्यस सिरिजको सुरुवाती तीन खेलमा बेन्चमै बसेका भिमले चौथो खेलमा पपुवा न्य गिनी विरुद्ध खेल्दै ओडिआई डेब्यु गरे । तर उक्त खेलमा भिमले ब्याटिङमा पालो आउन । खेल नेपालले १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

लगत्तै २०२२ को मार्चमा नेपालले टीयू मैदानमा पीएनजी विरुद्ध नै दुई खेलको सिरिज खेल्दा भिमले दुवै खेलमा खेले । त उनले पहिलो खेलमा १७ र दोस्रो खेलमा २६ रन मात्र बनाउन सकेव । दुवै खेलमा पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो । यस वर्ष भने भिमको लागि सुखद बन्यो । एक हिसावले भन्ने हो भने उनले अवसर पाउँदा प्रमाणित गरेर देखाए ।

प्रशिक्षक मोन्टी देसाई आगमनपछि भिमले लिग टु को पछिल्लो तीनवटै सिरिजमा नेपाली टिममा स्थान बनाए । फेब्रुअरीमा टीयू मा भएको स्कटल्याण्ड र नामिबिया विरुद्धको सिरिजमा उनले कुनै खेल खेल्ने मौका पाएनन् । त्यसपछि युएईमा भएको सिरिजमा उनले युएई र पीएनजी विरुद्ध एक एक खेल खेले ।

पीएनजी विरुद्ध पहिलो खेलमा उनी जम्मा ८ रन बनाएर आउट भए । तर आफ्नो दोस्रो खेलमा युएई विरुद्ध ७० रनको सानदार पारि खेले । टप अर्डरले खासै रन बनाउन नसक्दा भिमले पाँचौ नम्बरमा ब्याटिङ गर्दै सम्हालिएर खेले ।  उनले ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए । यो उनको पहिलो ओडिआई शतक थियो ।

६८ रनमै ६ विकेट गुमेको अवस्था भिमले इनिङ्स होल्ड गरे । उनले छैटौं विकेटका लागि सन्दीप लामिछानेसँग ५६ रनको साझेदीर गरे । त्यसपछि सातौ विकेटका लागि आरिफ शेखसँग पनि ५६ रनकै साझेदारी गरे । यो खेलमा नेपालले ८ विकेट गुमाउर २२९ रन बनाएको थियो । युएईलाई १८७ रनमै अलआउट गर्दै नेपालले ४२ रनले विजयी भएको थियो । पहिलो खेलमा दबाबमा धेरै रन बनाउन नसकेका भिमले युएईको खेलबाट लय समाते ।

जसको कारण उनले काठमाडौंमा भएको लिग टुको अन्तिम सिरिजमा पनि टिममा स्थान बनाउदै सबै ४ खेल नै खेले । जहाँ उनले पहिलो खेलमा पीएनजी विरुद्ध ४४ रन बनाए भने दवस्रो खेलमा युएई विरुद्ध २९ रन जोडे । पीएनजी विरुद्ध अर्को खेलमा उनले ब्याटिङ गर्नुपरेन । नेपालले ९६ रनको लक्ष्य १ विकेट गुमाएर पूरा गर्योव ।

यस्तै युएई विरुद्ध जित्नैपर्ने अन्तिम खेलमा पनि भिमले महत्वपुर्ण ६७ रन बनाए । ३३१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ब्याड लाइटका कारण ४४ ओभरमा खेल रोकिएपछि डिएलमेथडमा ९ रनले खेल जितेको थियो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाउँदा खराब प्रकाश भएको अम्पायरले खेल रोकेपछि नेपाल विजयी हुँदै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको हो ।

मोन्टीको आगमन र रोहित पौडेल कप्तान बनेपछि भिमले अहिले मौका पाए । यसअघि पनि मोन्टी नेपाल आउँदा भिमलाई देखेका थिए । आर्मीमा सँगै खेल्ने भएकोले पनि रोहितलाई भिमको क्षमता बारे थाहा थियो । निर्णायक खेलमा आफ्नो प्रदर्शन देखाउँदा पाउँदा भिम मनभित्रैबाट आफू ब्लेस्ड फिल गरिरहेका छन् । राष्ट्रिय टिममा अहिले मिडल अर्डरमा ठूलो प्रतिस्पर्धा छ । अवसर पाउँदा प्रदर्शन गर्नु खेलाडीको कर्तव्य हो । तर टिममा नपरेपनि आफूले योगदान दिन पाए त्यो महत्वपूर्ण हुने भिमको बुझाई छ ।

Read Full