+
Home Sports Cricket प्रतिश जीसी

प्रतिश जीसी
नेपाल, ब्याट्समेन

Full Name: प्रतिश जीसी
Nationality: नेपाल
Date of Bith: 2004-05-22 (20 yrs)
Team: Nepal
Position: ब्याट्समेन

ट्यालेन्ट हन्टबाट पनि कोही उम्दा खेलाडी निस्कन सक्छ भन्ने राम्रो उदाहरण हो, प्रतिश जिसी । उनको खेलको एउटा ठूलो विशेषता हो, कम उमेरदेखि औपचारिक रूपमा प्रशिक्षण पाउनु । प्युठानका प्रतिशले सन् २०१४ देखि नै स्कुलस्तरबाटै क्रिकेटको प्रशिक्षण लिन सुरु गरेका थिए । जतिबेला नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनबाट गुज्रिरहेको थियो, त्यतिबेला उनी सात कक्षामा पढ्थे ।

त्यतिबेला नेपाली टिमका प्रशिक्षक रहेका पुबुदु दसानायके क्रिकेट एकेडेमी चलाउँथे । त्यसमा प्रतिश साताको एक दिन प्रशिक्षणका लागि जान्थे । पछि हिमालयन क्रिकेट एकेडेमीसँग जोडिए । त्यसपछि काठमाडौंको यू–१६ का लागि भएको ट्यालेन्ट हन्टबाट चुनिए । सन् २०१७ मा उनले नेपालका लागि यू–१६ खेलेका थिए ।

सन् २०१९ मा कप्तान रोहित पौडेलको नेतृत्वमा यू–१९ आईसीसी विश्वकप छनोट खेले । त्यसमा उनले कुवेत र ओमन विरुद्ध खेल्ने अवसर पाए । ओमन विरुद्धको खेलमा उनले आफ्नो प्रभाव छोड्न सके । त्यसमा उनले ४१ रन मात्र बनाएनन्, दुई विकेट पनि लिए । त्यसयता उनले आफूलाई बायाँ हाते तीव्र गतिका बलरका रूपमा आफूलाई स्थापित गरेका छन् । उनी ब्याटिङचाहिं दायाँ हातबाट गर्छन् ।

घरेलु क्रिकेटमा प्रवेश

प्रतिशले अहिलेसम्म तीन संस्करणका प्रधानमन्त्री कप खेलेका छन् । ट्यालेन्ट हन्टकै माध्यमबाट उनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पनि चुनिए तर खेल्न भने पाएनन् । त्यसपछि चौथो संस्करणको ईपीएलमा विराटनगर वारियर्सका लागि खेले ।

त्यतिबेला विराटनगर पारस खड्काको कप्तानीमा थियो । त्यसमा उनले पाँच खेलमा चार विकेट लिए । त्यसपछि प्रतिशले नेपाल टी–२० लिगको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका थिए । उनले आठ खेलमा तीन विकेट लिएका थिए ।

नेपालका लागि प्रदर्शन

नेपाली राष्ट्रिय टिममा प्रवेशको कारण उमेर समूह र फ्रेन्चाइज क्रिकेटमा उनको आशलाग्दो प्रदर्शन नै रहेको छ । आईसीसी क्रिकेट लिग–टु अन्तर्गतको यूएईको टुरमा नेपाली सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

यूएई भ्रमणका बेला पीएनजी विरुद्धको खेलमा डेब्यु गरे । प्रतिश नेपाली राष्ट्रिय सिनियर टिममा डेब्यू गर्ने ३७औं सदस्य हुन् । सोही खेलमा उनले आफ्नो डेब्यू विकेट पनि लिए । उनले उक्त खेलमा ६ ओभर बलिङ गर्दै ३७ रन खर्चेर १ विकेट लिएका हुन् ।

 

Read Full