+
Home Sports Cricket अविनाश बोहोरा

अविनाश बोहोरा
नेपाल, बलर

Full Name: अविनाश बोहोरा
Nationality: नेपाल
Date of Bith: 1997-07-30 (26 yrs)
Team: Nepal
Position: बलर

अविनाश बोहराको पुख्र्यौली घर दाङ भए पनि उनको जन्म भने भारतको शिमलामा भएको थियो । बुबा–आम रोजगारीका क्रममा शिमला पुगेका थिए । स्याउ टिप्ने र बोक्ने काम गर्थे । त्यसैले भारतमै उनको बाल्यकाल बित्यो । उनको इच्छा थियो, भारतीय सेनामा भर्ती हुने । उनले त्यसका लागि प्रयास पनि गरे । तर सफल भएनन् । उनको जीवनमा फरक भाग्य लेखिएको थियो र त्यो थियो, नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि खेल्ने ।

२०७० सालमा उनी नागरिकता बनाउन दाङ आए । यो नै उनको जीवनको एउटा निर्णायक मोड बन्यो । त्यतिबेला नेपालगञ्जमा एउटा क्षेत्रीयस्तरको क्रिकेट प्रतियोगिता भइरहेको थियो । त्यसमा खेल्ने अवसर मिल्यो । त्यसपछि अविनाशले भारतीय सेनामा जाने सपना मात्र त्यागेनन्, पूरा परिवार भारततिर लागे पनि आफू नेपालमै बस्ने निर्णय गरे । नेपालगञ्जमा ठूलीआमाको घर थियो, त्यसैले त्यहीं बस्न थाले, आप्mनो नयाँ सपनालाई पूरा गर्न ।

भारतमा छँदा टेनिस बलबाट क्रिकेट खेल्थे । नेपाल आएपछि पहिलो पटक ड्युज बलबाट खेले । २०७१ सालमा उनी नेपालको यू–१९ को बन्द प्रशिक्षणमा परे । उनको मनोबल बढ्यो र लाग्यो, केही गर्न सकिन्छ । नेपालगञ्जमै छँदा उनले अनुभवी प्रशिक्षक दीपेन्द्रप्रताप सिंह (गुड्डू) बाट पनि प्रशिक्षण लिए । ठीक यही बेला नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिबन्धबाट गुज्रिरहेको थियो, त्यसैले घरेलु क्रिकेटमा केही पनि भइरहेको थिएन ।

घरेलु क्रिकेटमा प्रवेश

सन् २०१६ मा पहिलो संस्करणको एभरेष्ट प्रिमियर लिगमा काठमाडौं गोर्खाजबाट खेले । त्यसमा उनले चार खेलमा पाँच विकेट लिए । पञ्चकन्या तेज विरुद्ध उनले चार ओभरमा २८ रन खर्चे । यसक्रममा शरद भेषवाकर, पृथु बास्कोटा, आसिफ सेख र दीपेन्द्रसिंह ऐरी जस्ता नाम चलेका ब्याटरको विकेट लिए । यसपछि त उनको चर्चा हुन थाल्यो । त्यसैले उनले त्यही वर्ष सातौं राष्ट्रिय खेलकुदका लागि एपीएफबाट अनुबन्धित हुने अवसर पाए ।

सन् २०१७ मा एपीएफकै लागि वान डे प्रधानमन्त्री कप खेले । त्यसमा उनले चार खेलमा ६ विकेट लिए । सन् २०१८ मा भैरहवा ग्लाडियटर्सका लागि खेल्दै आठ खेलमा सात विकेट लिए । उनले आफूलाई योर्कर बलमा बढी ध्यान केन्द्रित गरे । खासमा उनी श्रीलंकाका पूर्व फास्ट बलर लसिथ मलिङ्गाबाट प्रभावित छन् । सानोमा मलिङ्गाकै खेल हेर्थे । त्यसैले मलिङ्गाले जस्तै योर्कर बलिङ गर्ने प्रयास गरे । अन्ततः उनी यसै कारण आपूmलाई ‘डेथ बल स्पेलिस्ट’ का रूपमा स्थापित गर्न सफल रहे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि सन् २०१९ को जनवरीमा यूएई विरुद्धको तीन ट्वान्टी ट्वान्टी सिरिजमा अविनाशलाई पहिलो पटक नेपाली टिममा बोलाइएको थियो । उनले पहिलो खेलमै डेब्युको अवसर पाए । त्यस खेलमा ५९ रन बनाएका सइमान अनवरको विकेट लिए । यो उनको डेब्यु विकेट रह्यो । दोस्रो खेलमा उनले ३० ओभरमा तीन विकेट लिए र यूएई १०७ रनमा अलआउट भयो । तेस्रो खेलमा उनले १६ ओभरमा थप दुई विकेट लिए ।

यसरी तीन खेलमा ६ विकेट लिएर उनले सानदार प्रदर्शन गरे र सिरिजकै उत्कृष्ट खेलाडी चुनिए । सन् २०२० मा आईसीसी विश्वकप लिग–टु त्रिकोणात्मक सिरिजमा ओमन विरुद्ध खेल्दै वान डे क्रिकेटमा पनि डेब्यु गरे । त्यसपछि अमेरिकाको सामना गरे । दुवै खेलमा उनी विकेटविहीन रहे र टिमबाट पनि बाहिरिए । अविनाशले अहिलेसम्म खेलेका यिनै दुई वान डे हुन् । त्यसपछि उनलाई ट्वान्टी ट्वान्टी क्रिकेटमा केन्द्रित हुन भनियो ।

सन् २०२२ को आईसीसी ट्वान्टी ट्वान्टी एशियाली विश्वकप छनोटमा अविनाशको प्रदर्शनलाई लिएर आलोचनामा परे । लगत्तै नेपालमा मलेसिया र पपुवा न्युगिनी विरुद्धको ट्वान्टी ट्वान्टी सिरिज खेले । त्यसपछि भने उनी नेपाली टिमबाट बाहिर रहे । केही समयका लागि अस्टे«लियातिर लागे । सन् २०२३ मा भएको नेपाली टी–२० उनका लागि सुखद् रह्यो र उनले काठमाडौं नाइट्सबाट खेल्दै १९ विकेट लिए । उनी प्रतियोतिगामा सर्वाधिक विकेट लिने खेलाडी बने ।

त्यसपछि उनी फेरि नेपाली टिममा परे । सन् २०२३ मा चीनमा भएको हाङचाउ एशियाली खेलकुदबाट उनले नेपाली टिममा पुनरागमन रचे । माल्दिभ्सलाई ७४ रनमा अलआउट पार्ने क्रममा उनले नेपालका लागि ३.४ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । उनी अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटका लागि नेपालका लागि ६ विकेट लिने पहिलो खेलाडी हुन् । अहिले उनको भूमिका डेथ ओभरतिर सटिक बलिङ गर्दै रन रोक्ने रहेको छ ।

Read Full