+
Home Sports Cricket साद विन जफर

साद विन जफर
क्यानडा, अलराउण्डर

Full Name: साद विन जफर
Nationality: क्यानडा
Position: अलराउण्डर

क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका छन् ।

पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले क्यानडाको राष्ट्रिय टोलीका लागि ओडिआई र टि२०आई दुवै खेलेका छन् ।

बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङ गर्ने उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चारै ओभर मेडन राख्दै किर्तिमान बनाएका थिए । सन् २०२१ मा पानामाविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा कुनैपनि रन नदिई २ विकेट लिएका थिए ।

जफरले क्यानडाका लागि ४९ टी२०आई खेल्दा ५५ विकेट लिएका छन् भने ब्याटिङबाट ३९० रन पनि बनाएका छन् । त्यस्तै सबैखाले टी२०मा ५५ खेलबाट ५७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सका लागि २ खेल खेलेका छन् ।

Read Full