+
Home Sports Cricket भुवन कार्की

भुवन कार्की
नेपाल, बलर

Full Name: भुवन कार्की
Nationality: नेपाल
Position: बलर

गलत समयको शिकार बनेका भुवन कार्की

काठमाडौं । भुवन कार्की नेपाली क्रिकेटले पाएको उत्कृष्ट स्पीन बलिङ अलराउण्डर मध्ये एक हुन् । तर यस्तो समयमा भुवन कार्की क्रिकेटमा आए जतिबेला शक्ति गौचन र बसन्त रेग्मी जस्ता उत्कृष्ट स्पीनहरु राष्ट्रिय टिममा हावी थिए ।

त्यसपछि सन्दीप लामिछाने ललित राजवंशी सुशन भारी जस्ता स्पीनर राष्ट्रिय टिममा आए ।

उमेर समूहमा नेपालका लागि खेलेका र यू१९ विश्वकप नै खेलेका भुवनले राष्ट्रिय टिममा भने धेरै अवसर पाउन सकेनन् । उनले नेपालबाट जम्मा एक मात्र टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । इस्तै उनले नेपालबाट एक लिस्ट ए म्याच पनि खेलेका छन् ।

भुवन कार्की आफ्नो लागि नेपाली क्रिकेटमा समय नै गलत भएको मान्छन् । उनीसँग प्रतिभा कम भएको भने होइन । भुवन कार्कीले घरेलु क्रिकेटका प्रेन्चाइज लिग देखि विभिन्न क्लबबाट घरेलु प्रतियोगिताहरु पनि खेलेका छन् ।

भुवनले नेपालका लागि उमेर समूहदेखि अहिलेसम्म डेढ दशक क्रिकेट खेलिसकेका छन् ।

भुवनको क्रिकेट यात्रा

डेढ दशक देखि भुवन क्रिकेटमा छन् उनली क्रिकेटलाई आफ्नो सबथोक मान्छन् । धनगढी भारतको बोर्डर नजिक जन्मेका भुवनले सुरुमा घरको सबै काम भ्याएपछि क्रिकेट खेल्न पाउँथे ।

उनी ड्युज बल, काठको फल्याक काटेर ब्याट बनाएर साथीहरुसँग क्रिकेट खेल्ने रहर पूरा गर्‍यो भुवनलाई क्रिकेट खेल्ने यस्तो सोख थियो कि उनी रोडको ढुंगा फाल्दै लठ्ठीले हान्ने पनि गर्थे ।स्कुल पढ्दा उनी ४ वटा क्लास मात्र लिन्थे अनी हाफ टाइम भएपछि क्रिकेट खेल्न जान्थे ।

पृथू बास्कोटा, प्रदीप ऐरी, नरेश बुढाऐर र भुवन लगायत खेलाडी एउटै ब्याचका हुन् । तर भुवन जस्तै यो समूहबाट राष्ट्रिय टिममा धेरै खेलाडी पुग्न सकेनन् । भुवनकै भाषामा भन्नुपर्छ नेपाली क्रिकेटमा एउटा ब्याच नै गायब भयो ।

भुवनले सन् २००७ मा नेपाल यू–१५ देखि क्रिकेट खेल्न थालेका हुन् । जिल्ला, क्षेत्र हुँदै उनी यू–१५ राष्ट्रिय टिमको लागि छनोट भएका थिए । क्षेत्रीय टिमबाट काठमाडौंविरुद्ध अर्धशतक प्रहार गरेपछि भुवन यू–१५ टिममा परेको थिए । यू१५ टिमका कप्तान पृथु नै थिए ।

त्यसबेला भुवन अलराउण्डर नै थिए । २००७ मा नेपालमै भएको एसीसी यू–१५ उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ओमानविरुद्ध खेलेको त्यो खेल अझै पनि यादगार छ । ओमानविरुद्ध भुवनले अन्तिम ओभर मेडन राखेर नेपाललाई जिताएको थिए ।

८२ रन बनाएको ब्याट्सम्यान क्रिजमा थिए र र जितका लागि जम्मा २ रन चाहिएको थियो । त्यो बेला भुवनले मेडन फालेर नेपाललाई १ रनले सानदार जित दिलाएका थिए । त्यहीबाट भुवनको क्रिकेटले गति लियो सबैले चिन्न थाले । यसलाई उनी ‘टर्निङ प्वाइन्ट’ नै मान्छन् ।

त्यसपछि उनले यू–१७, यू–१९, यू-२१ देखि यू१९ विश्वकप सम्म खेले । २०११ मा यु–१९ इलिट कप र त्यही वर्ष यू–१९ विश्वकप क्वालिफायर खेले । २०१२ मा अष्ट्रेलियामा भएको यू–१९ विश्वकप पनि खेले । त्यसको प्लेट च्याम्पियनसिपमा भुवनले नामिबियाविरुद्ध ५ विकेट लिँदै म्यान अफ दि म्याच बने । उमेर समूह त्यही विश्वकप र त्यहाँको प्रदर्शनका आधारमा भुवनले युवा उमेरमै राष्ट्रिय टिमको ढोका खोले ।

राष्ट्रिय टिममा डेब्यु

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि भुवन यू१९ टिममा हुँदै सन् २०१२ मा सिनियर टिममा परे । सन् २०१२ मा उनले एसीसी ट्रफीमा कुवेत विरुद्ध डेब्यु गरे । त्यस खेलमा नेपालका पूर्व कप्तान पारस खड्काले शतक हानेका थिए ।

तर दुर्भाग्य भुवन र नेपालको लागि त्यो खेल सम्झन लायक हुन सकेन । डेब्युमा भुवनले विकेट लिन सकेनन् । त्यस खेलमा नेपाल कुवेतसँग पराजित भयो ।

त्यतिबेला भुवन आफ्नो डेब्यु भन्दा पारसको शतकमा धेरै रमाएका थिए । किनभने नेपाली खेलाडीले शतक हान्नु नै धेरै ठूलो कुरा थियो ।

सिनियर टिममा खेलेपछि पनि भुवनले उमेर समूहमा केही वर्ष खेले । उनले सन् २०१३ र २०१४ मा यू–१९ टिमको कप्तानी गरे । उनको कप्तानीमा नेपाललेयू–१९ विश्वकप खेल्न नपाए पनि भुवनले एसिया कप र एलिट कपमा यू१९ टिमको नेतृत्व गरे । दुई वर्षपछि सन् २०१४ मा सिनियर टिममा पुनरागमन गर्दै डिभिजन ३ खेले ।

त्यो डिभिजन ३ मा भुवनले राम्रो प्रदर्शन गरे । फाइनलमा उनले लिएको ४ विकेट र अनी नेपालको जित त्यसको खुबी चर्चा भयो ।

भुनवका लागि पनि त्यो फाइनल सरप्राइज्ड थियो जहाँ नेपालले युगाण्डालाई हराएर प्रतियोगिताको उपाधि जित्यौं ।

भुवन यो बफ्नो लागि सम्झनलायक क्षण मान्छन् । सुरुमा भुवनले फाइनल खेल्ने निश्चित थिएन । तर सुवास खकुरेल घाइते भएपछि भुवनले मौका पाए । प्रशिक्षक पुवुदुले भुवनमा आत्मविश्वास भरे ।

प्रतियोगिताको पहिलो खेलमा युगान्डासाग हारेको नेपालले फाइनलमा युगान्डालाई नै हराएर उपाधि जित्दै डिभिजन २ मा छनोट भएको थियो । सन् २०१५ मा नामिबियामा भएको डिभिजन २ का लागि नपि भुवन टिममा परे । तर अधिकांश खेलमा बेञ्चमा रहे । केन्या विरुद्धको तेस्रो स्थानको प्लेअफ खेल मात्र खेल्न पाए । त्यही खेलमार्फत लिस्ट एमा भुवनको डेब्यु भयो । उनले २०१७ सम्म राष्ट्रिय टिममा खेले । त्यसबेला नेपालले ओडिआई मान्यता पाएको थिएन ।

त्यसपछि लामै ग्याप भएको हो । जीवनमा जति उतारचढाव आए पनि क्रिकेटलाई भने उनले कहिल्यै छाडेनन । रष्ट्रिय टिममा नपरे पनि घरेलु क्रिकेट निरन्तर खेलिरहे । सन् २०२० मा उनी फेरि राष्ट्रिय टिममा फर्किए ।

मार्च २०२० मा भएको एसीसि टी२० इस्टर्न रिजनमा उनले थाइल्याण्ड विरुद्ध खेल्दै टी२०आईमा डेब्यु गरे ।

भुवनले नेपालको जर्सी लगाएको नै १७ वर्ष भइसक्यो । राष्ट्रिय टिममा डेब्यु गरेको एक दशक बढी भइसक्यो । उनीसँगै खेलेका धेरै खेलाडी पलायन हुने अन्य पेशामा लाग्ने भइसके । भुवन अझै क्रिकेट खेलिरहेका छन् ।

सन् २०१४ मा पहिलो पटक नेपाल प्रिमियर लिग (एकदिवसीय)बाट भुवनले घरेलु प्रतियोगिताहरु निरन्तर खेलिरहेका छन् ।

उनले धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग सबै फ्रेन्चाइज लिग खेलेका छन् । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफमा त उनले जागिर खाएरै क्रिकेट खेले । उनले सिवाइसी अत्तरियाबाट धनगढी प्रिमियर लिग जितेका छन् ।

  • गोविन्दराज नेपाल
Read Full