+
Home Sports Cricket करण केसी

करण केसी
नेपाल, ब्याट्समेन

Full Name: करण केसी
Nationality: नेपाल
Date of Bith: 1991-10-10 (32 yrs)
Team: Nepal
Position: ब्याट्समेन

अन्तर्राष्ट्रिय क्रिकेटमा त्यस्ता केही मोड छन्, जहाँ नेपाल चुक्दा ठूलै घाटा बेहोर्नु परेको छ । फेरि त्यस्ता केही खास मोड पनि छन्, जहाँ अचम्मले खेल जित्दा ठूलै दुर्घटनाबाट पनि जोडिएको छ । फाइदै भएको छ भन्दा पनि हुन्छ । त्यस्तै एक खास मोडका नायक हुन्, करण केसी ।

एउटा उखानै बनेको छ– भ्यालेन्टाइन डे होइन, करण केसी डे । कुरा सन् २०१८ को हो । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–टुमा नेपालले क्यानडाको सामना गरेको थियो ।

त्यसमा नेपालका लागि जित बाहेक अर्को विकल्प थिएन । जितको अर्थमा विश्वकप छनोटमा पुग्यो, वान डे क्रिकेटको मान्यता पनि पाउँथ्यो । हारमा नेपाल डिभिजन–टुमै कायम हुन्थ्यो । जितका लागि १९५ रनको लक्ष्य पाएको नेपाल हारकै संघारमा थियो ।

टिमले १४४ रन बनाउँदा नौ विकेट गुमाइसकेको थियो । अझै ५१ रन आवश्यक थियो । त्यही बेला करणले नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो असाधारण इनिङ्स खेले ।

उनले ३१ बलमा तीन चौका र चार छक्काको मद्दतले ५२ रन बनाए । नेपाल एक विकेटले विजयी रह्यो । नेपालका लागि उनले बलबाट पनि उत्तिकै महत्वपूर्ण निर्णायक प्रदर्शन गरेका छन् । त्यसको सूची बनाउने हो भने पनि लामै हुन्छ । फेरि सन् २०१८ मै नेपालले आफ्नो पहिलो वान डेमा नेदरल्यान्ड्सको सामना गर्दाको टिमको एक सदस्य हुन् । अनि उनले नेपालका लागि खेल्न थालेको पनि एक दशकको छेउछाउ पुगिसकेको छ ।

करण फास्ट बलर हुन् र तल्लो क्रममा ब्याटिङ गर्ने खेलाडी । सन् २०१५ देखि उनी नियमित नेपालको राष्ट्रिय टिममा छन् र सोमपाल कामीसँग मिलेर अधिकांश समय नेपाली बलिङ आक्रमणको सुरुआत गर्छन् । सन् २०१४ तिर फर्कने हो भने अरू आम नेपाली जस्तै उनी विदेश जान चाहन्थे । उनको जन्म सन् १९९१ मा बाग्लुङमा भएको थियो । उनका बाबु–आमा भारतमा बस्थे । त्यसैले उनी त्यहीं हुर्के र उतै क्रिकेटप्रति उनको लगाव सुरु भएको थियो ।

घरेलु क्रिकेटमा प्रवेश

क्रिकेटमा रुचि भए तापनि त्यसलाई निरन्तरता दिन नसकेपछि उनी विदेश जाने योजनामा थिए । त्यसका लागि पासपोर्ट बनाउन उनी नेपाल फर्के । त्यहीबेला उनले क्षेत्रीय छनोट खेले । पोखरामा आएका करणलाई क्रिकेटमा एक अर्को मौकाका लागि प्रयास गरौं भन्ने लाग्यो । त्यसपछि धनगढीमा भएको सन् २०१४ को नेपाल प्रिमियर लिगमा पञ्चकन्याका लागि खेले र सात खेलमा १० विकेट लिए । त्यो पनि १३.४० को औसतले ।

त्यसपछि त उनी तात्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परिहाले । उनलाई त्यही वर्षको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–थ्रीका लागि प्रारम्भिक टिममा राखियो । तर खेल्न भने पाएनन् । नेपाल आएर क्रिकेट खेल्न थालेको आठ महिनामै उनी नेपाली राष्ट्रिय टिमसम्म पुगे । लगत्तै उनले बेंगलुरुमा भएको १० दिनको प्रशिक्षणमा भने भाग लिन पाए । उनी अहिले पुलिस क्लबसँग आवद्ध छन् र लगभग हरेक फ्रेञ्चाइज क्रिकेटमा सहभागी छन् । पछिल्लो पटक उनले नेपाली टी–२० मा फारवेस्ट युनाइटेडका लगि खेले ।

अन्तर्राष्ट्रिय क्रिकेट

करणले २०१५ को जनवरीमा नामिबियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टुमा नेपालको लागि लिस्ट ए डेब्यु गरेका थिए । त्यसपछि २०१५ कै जूनमा उनले नेदरल्यान्ड्समा भएको टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे । टी–२० मा भने उनले डेब्यु खेलमा नै विकेट लिएका थिए ।

करणले वान डे इन्टरनेशनलमा सन् २०१८ मा डेब्यु गरेका हुन् । त्यो नेदरल्यान्ड्स विरुद्धको ऐतिहासिक खेल नै थियो । उनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कीर्तिमान छन् ।

Read Full