+
Home Sports Cricket अर्जुन साउद

अर्जुन साउद : मुम्बईदेखि राष्ट्रिय टिमसम्म
नेपाल, विकेट किपर

Full Name: अर्जुन साउद
Nationality: नेपाल
Position: विकेट किपर

नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयाँ नयाँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् । २०७९ को भदौ १९-२० मा नेपाली टिमको केन्या भ्रमणमा अर्जुन साउदलाई पनि त्यो अवसर जुर्‍यो । उनले राष्ट्रिय टिममा डेब्यु गरे ।

घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल छन् अर्जुन  । सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए । उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे । जहाँ नाम चलेका खेलाडीहरुले खेल्छन् । उनको घरमा पारिवारिक अवस्था राम्रो थिएन ।

क्रिकेट किट किन्दिन सक्ने वातावरण पनि थिएन । तर उनलाई मैदानमा अर्काले क्रिकेट खेलेको देख्दा क्रिकेट खेलौखेलौ लाग्थ्यो । अर्काको क्रिकेट किट मागेर क्रिकेट सिक्थे । परिवारको अवस्था राम्रो थिएन । त्यस्तो अवस्थामा क्रिकेट किट मागेर मेरो क्रिकेटलाई अगाडि बढाए ।

त्यसपछि छिमेकी दाइहरूको सहयोगमा अर्जुन दिगम्बर पार्दलेको प्रशिक्षणमा पुगे । भारतमा प्रशिक्षणको अनुभव उनले आजसम्म पनि उपयोग गरिरहेका छन् । जसले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो ।

भारतका प्रशिक्षक दिगम्बर पार्दले अर्जुनको लागि क्रिकेटका द्रोणाचार्य हुन् । उनले अर्जुनजस्ता सयौंलाई क्रिकेट सिकाउँथे ।

उनी भारतमा पनि घरेलु प्रतियोगिताहरु खेल्थे, तर उनलाई नेपालको राष्ट्रिय टोलीबाट खेल्ने सपना थियो ।

भारतबाट धनगढी प्रिमियर लिग खेल्न पाँच वर्षअघि नेपाल आएका अर्जुनले लगातार राम्रो गर्दै गए । डीपीएल आयोजक सुबास शाहीले उनलाई नेपाल बोलाएका थिए । राम्रो प्रदर्शन पश्चात उनको नेपालमा क्रिकेट करिअर अगाडि बढ्यो । पाँच वर्ष अगाडि कसैले नचिन्ने अर्जुनले विस्तारै क्रिकेटमा आफ्नो पहिचान बनाउँदै गए ।

घरेलु प्रतियोगितामा अर्जुन विष्फोटक ब्याटिङ र राम्रो विकेटकिपरको रुपमा चिनिन्छन् । अझ भन्दा उनी अलराउण्डर पनि हुन् । उनी ब्याटिङ र विकेट किपिङसँगै मौकामा आइपरे अफस्पिन बलिङ पनि गर्छन् ।

जस्तोसुकै परिस्थितीमा पनि सम्हालिएर खेल्नु र टोलीका लागि शतप्रतिशत दिन उनले भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीबाट सिकेका छन् ।

उनले खेलाडी शारीरिक रुपमा फिट हुनुका साथै मानसिक रुपले पनि बलियो हुनु बुझेका छन् । ‘खेलाडीमा जुनसुकै देशको विरुद्ध खेले पनि हाम्रा टोली राम्रो र हामी सक्षम छौं भनेर खेल्नुपर्छ ।’

Read Full