
पोखरा एभेन्जर्स Pokhara Avengers

कुशल भुर्तेल

राजीव कुमार
धेरै रन लिएका | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | रन |
धेरै विकेट लिएका | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | विकेट | ||||||||||||||||
९ | |||||||||||||||||
६ | |||||||||||||||||
५ | |||||||||||||||||
५ | |||||||||||||||||
३ | |||||||||||||||||
२ | |||||||||||||||||
१ | |||||||||||||||||
१ | |||||||||||||||||
१ |
प्लेयर अफ दि म्याच | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | |||||||||||||||||
१ | |||||||||||||||||
१ |

पोखरा एभेन्जर्स

सुदूरपश्चिम रोएल्स
L
पोखरा एभेन्जर्स

काठमान्डु गुर्खाज
L
पोखरा एभेन्जर्स

विराटनगर किंग्स
W
कर्णाली याक्स

पोखरा एभेन्जर्स
L
लुम्बिनी लायन्स

पोखरा एभेन्जर्स
W
पोखरा एभेन्जर्स

जनकपुर बोल्ट्स
L
चितवन राइनोज

पोखरा एभेन्जर्स
L


















पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्स टिम प्रोफाइल
सन् २०२२ मा क्यानले नै आयोजना गरेको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिगमा पनि पोखरा एभेन्जर्सको टोली सहभागी थियो । नेपाल टी२० लिग खेल्ने एक मात्र टोली पोखरा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि छ ।
एनपीएलकै सबैभन्दा महँगो टोली पोखरा फ्रेन्चाइज टिम लिनकै लागि ३ करोड ५७ लाख खर्च गरिएको थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा विकास गर्न र ग्रासरुटबाटै क्रिकेट विकासमा योगदान दिनका लागि पोखरा एभेन्जर्सले एनपीएलमा सहभागिता जनाएको बताएका छन् ।
यसपटक पोखरा एभेन्जर्सले टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ । यस्तै पोखराले आईपीएलको अनुभव भएको प्रशिक्षकहरुलाई अनुबन्ध गरेको छ ।
चेन्नई सुपर किङ्सको सहायक तथा फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको पोखराले आईपीएलमै विभिन्न टिममा फिल्डिङ प्रशिक्षक रहिसकेका र पछिल्लो पटक लखनउ सुपर जायन्ट्समा फिल्डिङ प्रशिक्षक रहेका जोन्टी रोड्सलाई मेन्टर अनुबन्ध गरेको छ । फिल्डिङका बादशाहको रुपमा परिचित जोन्टी रोड्ससँग पोखराले तीन वर्षको लागि सम्झौता गरेको हो ।
राजीव कुमार र जोन्टी रोड्स जस्ता आईपीएलको अनुभव लिइसकेका प्रशिक्षक टिममा हुँदा नेपाली खेलाडीले धेरै विषयमा सिक्न पाउने र त्यसले आगामी दिनमा अझ फाइदा हुने टिमका निर्देशक मनोबल श्रेष्ठ बताउँछन् ।
पोखराको मार्की प्लेअरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् । टी२० का लागि सुहाउँदो खेलाडीका रुपमा रहेका कुशल पछिल्लो समयमा लेग स्पीन बलिङमा पनि चम्किरहेका छन् ।
कुशल बाहेक राष्ट्रिय टिमका स्पीनर सागर ढकाल अनि राष्ट्रिय टिमबाट खेलिसकेका युवा पेस बलर आकाश चन्द पनि पोखराको टिममा छन् ।
यस बाहेक राष्ट्रिय टिममा खेलिसकेका विकेटकिपर ब्याटर दिलिप नाथ, नेपाल ए टिमबाट खेलेका नारायण जोशी, किरण ठगुन्ना र गण्डकीको घरेलु खेलाडी बिपिन खत्री र अमृत खत्री उमेर समूहमा खेलेका तृत राज दास, अनी अष्ट्रेलियामा बसोबास गर्द क्रिकेट खेल्दै आएका सुनाम गौतम पोखराको टिममा छन् ।
यसबाहेक पोखराले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका बास डे लिडे, वेष्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिटले, स्कटल्याण्डका माइकल लिस्क र अमेरिकाका आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
पोखराले ६ विदेशी खेलाडी अनुबन्ध गरेकोमा ५ खेलाडी आउनेछन् । त्यसमा चार खेलाडी अलराउण्डर हुन् भने एक जना विकेटकिपर हुन् । सुरुमा वेष्ट इन्डिजका एण्डरसन फिलपलाई अनुबन्ध गरेपनि उनी नआउने भएपछि उनको स्थानमा रेइफरलाई अनुबन्ध गरिएको पोखरा टिम म्यानेजमेन्टले जनाएको छ ।
एसोसिएटकै उत्कृष्ट क्रिकेटर घोषित भइसकेका डच अलराउण्डर डे लिडेले यसअघि राष्ट्रिय टिमबाट नेपालमा आएर खेलिसकेको अनुभव छ । अमेरिकन गौस विकेटकिपर ब्याटर हुन् भने इंग्ल्याण्डका म्याट क्रिटले र वेष्ट इन्डिजमा रेइफर अलराउण्डर हुन् ।
इंग्ल्याण्डका म्याट क्रिटलेले अष्ट्रेलियन बिग बास लिग र इंग्ल्याण्डको भाइटालिटी ब्लास्टसहित दी हन्ड्रेड क्रिकेट पनि खेलेका छन् । उनी लेग स्पीन अलराउण्डर हुन् । यस्तै बास डे लिड र रेइफर पेस बलिङ अलराउण्डर हुन् भने माइकल लिस्क स्पीन अलारउण्डर हुन् ।
पोखरा एभेन्जर्सको टिम :
ओनर : नेपाली टी२० प्राली (सुबोध त्रिपाठी, मनोबल श्रेष्ठ)
मार्की प्लेअर : कुशल भुर्तेल
अन्य खेलाडी : सागर ढकाल, आकाश चन्द, दिलिप नाथ, सुनाम गौतम, तृत राज दास, नारायण जोशी, विपिन खत्री, अमृत गुरुङ, दिनेश खरेल, किरण ठगुन्ना
विदेशी खेलाडी : बास डे लिड, म्याट क्रिटले, रेमोन रेइफर, माइकल लिस्क, आन्द्रेस गौस, एन्डरसन फिलिप (विथड्र)
आइकोनिक प्लेअर : सुदिप अर्याल
ब्राण्ड एम्बासडर : सन्दीप क्षेत्री
मुख्य प्रशिक्षक : राजीव कुमार
मेन्टर : जोन्टी रोड्स
बलियो पक्ष : टप अर्डर र ब्याटिङ
पोखराको ब्याटिङ लाइनअप बलियो देखिन्छ । यस टिममा नेपाली र विदेशी खेलाडी टप अर्डरमा राम्रो देखिन्छन् । टप अर्डरमा मार्की कुशल भुर्तेलसहित अमेरिकी विकेटकिपर आन्द्रेस गौस र दिलिप नाथ ओपनिङमा खेल्नेछन् ।
यस बाहेक विदेशी खेलाडी र नेपाली खेलाडीहरु सम्मिलित पोखराको मिडल अर्डर पनि राम्रो देखिन्छ । अलराउण्डर धेरै भएकोले मिडल अर्डरमा पोखरालाई धेरै विकल्प छ ।
म्याट क्रिटले देखि बास डे लिड, माइकल लिस्क, रेमोन रेइफर जस्ता खेलाडी मिडल अर्डरमा जहाँ पनि खेल्न सक्छन् । अष्ट्रेलियामा खेल्दै आएका सुनाम गौतम पनि टप अर्डर र मिडल अर्डरमा खेल्न सक्छन् ।
त्यसमा नेपालका लोअर अर्डरमा हिट गर्न सक्ने नारायण जोशी र किरण ठगुन्ना समेत छन् । यस्तै स्पीन अलराउण्डर विपनि खत्री पनि लोअर अर्डरमा रन हान्न सक्छन् ।
पोखरामा पाँच मध्ये चार विदेशी अनुबन्ध भएकोले एक खेलमा चार जना मात्र खेलाउन पार्नेछ । यदी गौसलाई टप अर्डरमा खेलाएमा एक अलराउण्डर बाहिर हुनेछन् । यदी गौसलाई बेन्चमा राखेका नेपाली खेलाडीले ओपनिङ गर्नेछन् र मिडल अर्डरमा चार विदेशी खेलाडी हुनेछन् ।
कमजोर पक्ष : बलिङमा अनुभवको कमी
पोखरामा ब्याटिङमा राम्रो हुँदा बलिङ लाइनअप अली कम अनुभवी देखिन्छ । अलराउण्डर धेरै भएपनि पोखराको पेस बलिङ भने केही कमजोर देखिन्छ ।
स्पीनमा नेपाली र विदेशी खेलाडीको मिश्रणले सन्तुलित देखिएपनि पेसमा कमजोर छ । नेपालका लागि खेलिसकेका आकाश चन्द मात्र पेस बलरको रुपमा छन् । राष्ट्रिय टिममा समेत खासै अवसर नपाएका उनका लागि ठूलो लिग खेलेको अनुभव पनि धेरै छैन । यस्तोमा पोखराले बास डे लिड र रेइफरबाट पेस बलिङको सहायता लिनुपर्ने हुन्छ ।
स्पीनमा भने राष्ट्रिय टिमका सागर ढकाल सहित स्थानिय खेलाडी विपिन खत्री छन् । घरेलु क्रिकेटमा विपिनको प्रदर्शन राम्रो छ । विपिनले नेपाल ए टिमबाट आयरल्याण्ड ए विरुद्ध टीयू मैदानमा टी२० म्याच समेत खेलेका थिए ।
यस्तै म्याट क्रिटलेले लेग ब्रेक र माइकल लिस्कले अफ-ब्रेक बलिङ गर्दा स्पीन आक्रमक सन्तुलिन देखिएको छ । मार्की कुशल भुर्तेलले पनि आवश्यक परेको बेला पार्ट टाइम लेगस्पीन गर्छन् ।
समाचार


सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल



