Jhapa Vs Pokhara [LIVE]

Jhapa FC

Pokhara Thunders
Full Time
रातो कार्ड
पोखराका प्रशिक्षक नविन न्यौपानेले रातो कार्ड पाएका छन् । गोल खाएपछि आवेशमा आएका उनले पानीको बोतल झापाको एरियातिर फालेका थिए भने समय सकिएपछि पनि खेलाएको भन्दै रेफ्रीसँग विवाद गरेका थिए ।
- आभास लामिछानेको क्रस पोखराका गोलरक्षकले रोकेका थिए । तर पूर्ण रुपमा क्लियर गर्न सकेनन् । रिबाउन्समा ओचिलोवले गोल गरेका छन् ।

पोखराका किपर गुलियम प्रिसो र झापाका समिरराज थोकर डी बक्समा जुधेका छन् । थोकरको बुटले प्रिसोको टाउकोमा लागेको छ । मेडिकल टिमले मैदान प्रवेश गरेपछि उनी ठिक भएर खेल्न थालेका छन् ।

पोखराले खेलाडी परिवर्तन गरेको छ । स्टाइकर मोसेसलाई निकालेर पोखराले उनको ठाउँमा डिफेन्डर नरेन्द्र चौधरी मैदान प्रवेश गराएको छ ।

६ मिनेटको समय थपिएको छ ।
रातो कार्ड
- झापाका विशाल बस्नेतलाई फल गरेपछि पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् । ओहो ! यो उनको दोस्रो पहेँलो कार्ड भयो त्यसैले याे पहेँलोसँगै रातो कार्ड पाएकाले कमलबहादुरले मैदान छाड्नु पर्यो । कमलबहादुर ६७ सञ्जिव विष्टको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

झापाका विशाल बस्नेतलाई फल गरेपछि पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् । ओहो, यो उनको दोस्रो पहेँलो कार्ड भयो त्यसैले याे पहेँलोसँगै रातो कार्ड पाएकाले कमलबहादुरले मैदान छाड्नु पर्यो । कमलबहादुर ६७ सञ्जिव विष्टको ठाउँमा मैदान प्रवेश गरेका थिए ।
खेलाडी परिवर्तन
झापाबाट २ खेलाडी परिवर्तन । योगेश गुरुङ उज्वल राई मैदान प्रवेश गरेका छन् । गुरुङ फर्नान्डो टोरेसको ठाउँमा र राई जर्ज पियाज सान्चेजको ठाउँमा मैदान प्रवेश गरका हुन् ।
पहेंलो कार्ड
पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् ।
पहेंलो कार्ड
पोखराका मोसेस ग्याबहले पहेँलो कार्ड पाएका छन् ।

पोखराका स्टेफन कोजु पाप अनुरले दायाँ साइटबाट क्रश उपलब्ध गराएका थिए । तर त्यहाँ पोखराका खेलाडी पुग्न सकेनन् र बल झापाका डिफेन्डरले क्लियर गरे ।

पोखराका मोसेस ग्याबहले डी बक्सबाट गरेको प्रहार झापाका गोल रक्षक स्टेफन कुपिकको हातमा पुग्यो । मोसेसलाई जोय एडडुले राम्रो पास उपलब्ध गराएका थिए ।
खेलाडी परिवर्तन
झापाका लक्ष्मण रुचालको ठाउँमा प्रशान्त लक्सम मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
झापाका फर्नान्डो सी टोरेसले प्रहार गरेको कर्नर पोखराका किपरले पञ्च गरेर बचाए ।

झापाका जर्ज फेइजी सान्चेजले हानको प्रहार फर्स्ट बार हुँदै बाहिर गएको छ ।
खेलाडी परिवर्तन
हेडर गर्ने क्रममा टाउको जुधेपछि घाइते भएर मैदान प्रवेश गरे पनि अञ्जन विष्ट शतप्रतिशत फिट देखिएनन् । उनको ठाउँमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
पोखराबाट दुई खेलाडी परिवर्तन सञ्जित विष्टको ठाउँमा कमलबहादुर थापा र एन्जल महर्जनको ठाउँमा जीवन गुरुङ मैदान प्रवेश गरेका छन् ।

पोखराका मोसेसले अघि बढाएको बल छिरङ लामाले डी एरियाबाट क्लियर गरिदिएका छन् ।

अञ्जन उठेर मैदान प्रवेश गरेका छन् । दर्शकले उठेर ताली बजाउँदै उनको हौसला बढाएका छन् ।

अञ्जनको उपचार चलिरहेको छ । रेफ्रीले खेल सुरु गरेका छन् ।

- हेड हान्ने क्रममा अञ्जन र पोखराका पदम भट्टराइको टाउको ठोक्कियो । अञ्जन मैदानमा लड्न पुगे । एम्बुलेन्समा मेडिकल उपकरणसमेत रहेकाले मैदानमै लागिएको थियो । अहिले एम्बुलेन्स बाहिरिएको छ । मेडिकल टिमले मैदान बाहिर ल्याएर चौरमा नै अञ्जनको उपचार गरिरहेका छन् ।

प्रदीप लामाको क्रसमा अञ्जन विष्टको राम्रो हेड । तर पोखराका गोलकिपरले बल नियन्त्रणमा लिएका छन् ।
खेलाडी परिवर्तन
54'


पहेंलो कार्ड
पोखराका सन्जिव विष्टले पहेँलो कार्ड पाएका छन् ।

पोखराका आयुष घलानले डी बक्स बाहिरबाट दिएको पास मोसेस ग्याबाहले भेट्न सकेनन् । जुन बल सिधै गोलिकिपरको हातमा गयो ।

झापाका प्रदीप लामाले २४ यार्डबाट हानेको प्रहार क्रशबारको केही माथिबाट बाहिरियो ।
Second Half Kick Off

पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी डी मेचीसँग पराजित भएको झापा एफसीको यो दोस्रो खेल हो । पोखराको भने यो तेस्रो खेल हो । पहिलो खेलमा चितवलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर एफसीसँग गोलरहित बराबरी खेलको थियो ।
Half Time

पोखराका स्टेफेनले डी बक्सबाहिर बाया साइटबाट हानेको बल सेकेन्डबारमा लागेर फर्कियो । किपरसमेत अघि बढेको बेला पोस्ट खाली थियो । तर रिबाउन्डल बल झापाका खेलाडीले भेट्टाएर क्लियर गरे ।

- पोखराका आयुष घलान बलले लागेर टच लाइन नजिकै घाइते भएका छन् । सुमित श्रेष्ठले हानेको बल रोक्न खोज्दा खेरी उनको पेटमा बलले लागेको थियो । उनी उपचारपछि मैदान प्रवेश गरेका छन् ।

पहिलो हाफमा ६ मिनेटको समय थपिएको छ ।

पोखराका खेलाडीले ह्याण्ड गरेको भन्दै झापाका अफिसियल र खेलाडीले पेनाल्टी मागेका थिए । तर रेफ्रीले दिएनन् । झापाका मिडफिल्डर लक्ष्मण रुचाललाई रेफ्रीले पहेँलो कार्ड देखाए ।
पोखरा थन्डर्सले अग्रता लिएको छ। मोसेस ग्याबहले गोल गर्दै पोखरालाई अग्रता दिलाएका हुन् । जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडर गरेका थिए । जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । स्टेफनको दायाँ साइटमा पोल नजिकैबाट बलले जाली चुम्यो ।
Kick Start

नेपाल सुपर लिग एनएसल फुटबलमा झापा एफसी र पोखरा थन्डर्सबीचको खेलमा तपाईँलाई स्वागत छ ।
शनिबार दशरथ रंगशालामा तातिएको माहोलमा अन्तिम समयमा गोल गर्दै झापाले पोखरालाई बराबरीमा रोकेको छ । यो बराबरीसँगै झापाले पहिलो अंक पाएको छ । उसको दुई खेलबाट १ अंक भयो भने पोखराको ३ खेलबाट ५ अंक भएको छ । पोखराको यो दोस्रो बराबरी हो । यो खेलमा पोखराका प्रशिक्षक नविन न्यौपाने र खेलाडी कमलबहादुर थापाले रातो कार्ड पाएका छन् ।