Dhangadhi Vs Lalitpur

Dhangadhi FC

Lalitpur City FC
Full Time
पहेंलो कार्ड
धनगढीका रन्दिप पौडेलले पहेँलो कार्ड पाएका छन् । उनले ललितपुरका रोसन पहारीलाई फल गरेका थिए ।
खेलाडी परिवर्तन
धनगढीका साइमन लिम्बुको स्थानमा अविशेक गुरुङ, आशिष चौधरीको ठाउँमा मिलन राई मैदान प्रवेश गरेका छन् ।

५ मिनेटको समय थप गरिएको छ ।
पहेंलो कार्ड
धनगढीको आशिष चौधरीले पहेँलो कार्ड पाएका छन् ।

ललितपुरका सेसेहाङ आङदम्बेले दायाँ साइटबाट दिएको क्रश इमोन इजेकेइलले हेड गरेका थिए । तर गोल हुन सकेन ।
कर्नर किक
धनगढीका डिगाने फलाउले हानेको बल किपरले पञ्च गरेर बारमाथि बाहिर पठाएपछि कर्नर भएको थियो । कर्नर कमल श्रेष्ठले प्रहार गरे । तर बल क्लिय भयो ।
कर्नर किक
उडेर आएको बल धनगढीका किपरले समाउने क्रममा लाइनबाट बाहिर गयो । तर बल उनकै नियन्त्रणमा थियो । रेफ्रीले कर्नर दिए । त्यो कर्नर निखिल कदमले प्रहार गरेका थिए । धनगढीका साइमन लिम्बुले हेड गरेर क्लियर गरे ।

धनगढीका किपर मोहमद ताहा बल समाउने क्रममा घाइते भएका छन् । फिजियोले मैदानमै गएर उपचार गरेपछि उनी ठिक देखिएका छन् र उनले नै बल चलाएर खेल सुरु गरेका छन् ।

धनगढीका फोडे फोफानाले दाहिने साइटबाट दिएको क्रश ६ यार्ड बक्सबाहिरबाट अहमद हिजाजीले हेड गरेका थिए । तर त्यो बल फर्स्ट बार हुँदै बाहिर गयो ।
पहेंलो कार्ड
ललितपुरका डिफेन्डर ओमोलाजा करिमले पहेँलो कार्ड पाएका छन् ।

ललितपुरका अनिल महर्जनले हानेको फ्रिकिक डी एरियामा धनगढीका खेलाडीले हेड गरेर क्लियर गरे ।
खेलाडी परिवर्तन
धनगढीका अफिज ओलावालेको ठाउँमा फोडे फोफाना मैदान प्रवेश गरेका छन् ।
अफ साइड
- ललितपुरका दिनेश हेम्जनले डी बक्सबाहिरबाट प्रहार गरेको बल धनगढीका किपरले पञ्च गरे । त्यो बल इमोन इजिकेलले प्रहार गरेर जाली चुमाए । तर यसअघि नै एसिस्टेन्ट रेफ्रीले अफसाइडको झण्डा उठाइसकेका थिए । झण्डा उठाएको देखेपछि इमोनको सेलिब्रेसन रोकियो ।

धनगढीका आशिष चौधरीले बायाँ साइटबाट बल अघि बढाएर डी बक्समा पुर्याए । तर उनले त्यो बल प्रहार नगरी अझै अघि बढाउँदै ललितपुरका एक जना डिफेन्डरलाई बिट पनि गरे । तर अगाडी दुई जना डिफेन्डरलाई बिट गर्ने प्रयासमा बल उनले प्रहार गर्न पाएनन् र पास दिए । तर त्यो बल ललितपुरका खेलाडीको खुट्टामा पुग्यो ।
फ्री किक
धनगढीका कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिक किपरले पञ्च गरे । रिबाउन्डमा साइमल लिम्बुले हानेका थिए तर त्यसलाई ललितपुरका डिफेन्डरले रोके ।

ललितपुरबाट २ खेलाडी परिवर्तन । बिवेक पौडेलको ठाउँमा अनिल महर्जन र निरज चौधरीको ठाउँमा पापा ओबियु केबे मैदान प्रवेश गरेका छन् ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । रन्दिप पौडेलले दिनेश हेमजलाई फल गरेपछि पाएको फ्रिकिक निखिल कदमले प्रहार गरेका थिए । तर त्यो प्रहार किपरले पञ्च गरेर जोगाए ।

धनगढीका रिचर्ड ओसइले हानेको प्रहार ललितपुरका किपरले बचाए ।

धनगढीका रन्दिप पौडेलले दायाँ साइबाट राम्रो पास डी एरियामा फालेका थिए । जुन बल धनगढीका मोहमद हिजाजीले ६ यार्ड बक्समा भेट्टाएर प्रहार गरे । तर त्यो बल ललितपुरका किपर डाइभ गर्ने क्रममा उनको खुट्टामा लाग्यो र गोल हुन सकेन ।

रोहन कार्कीले डी एरियाबाहिर दायाँबाट दिएको पास मोहमद हिजाजीले बायाँ साइटबाट हेड गरेका थिए । त्यो बल ललितपुरका किपर जेफ्री विल्ली मार्सलले बचाए ।
खेलाडी परिवर्तन
दोस्रो हाफमा धनगढीले खेलाडी परिवर्तन गरेको छ । धनगढीका रामचन्द्र वाजीको ठाउँमा रोहन कार्की मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

लाखेको प्रस्तुतिपछि अब चियर लिडरको नृत्य सुरु भएको छ । मैदानमा वार्म अप गर्न गएका खेलाडी बेञ्चमा फर्केका छन् भने प्लेइङ ११ का खेलाडी मैदान प्रवेश गर्ने तयारीमा छन् ।

ललितपुरको खेलको दिन रंगशालामा धिमे बाजा र लाखे छुट्ने गरेको छैन । हाफ टाइमममा यसअघि चियर लिडर नाच्ने ठाउँमा धिमे बाजाका साथमा आज लाखे नाच भइरहेको छ ।

- शनिबार, अनि साँझको खेल : ललितपुर सिटी र धनगढी एफसीको खेल हेर्न दशरथ रंगशालामा उपस्थित दर्शक । ललितपुरका समर्थकहरु धिमे बाजा र लाखेसहित पुगेका छन् । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
Half Time

धनगढी कमल श्रेष्ठले बल अघि बढाइरहेका निखिल कदमलाई फल गरेपछि ललितपुरले फ्रिकिक पाएको छ । त्यो फ्रिकिक निखिलले प्रहार गरे । तर गोलकिपरले अघि बढेर त्यो बल क्लियर गरे ।

२ मिनेट समय थपिएको छ ।
पहेंलो कार्ड
धनगढीका फरवार्ड अहमद हिजाजीले पहेँलो कार्ड पाएका छन् ।

ललितपुरका निखिल कदमको प्रहार माथिल्लो बारमा लागेर तल भुईँमा झरे पनि त्यो बल किपरको ढाडमा लागेर गोल लाइन क्रश हुन पाएन । डीभन्दा धेरै बाहिरबाट अनन्त तामाङले पास दिएका थिए । जसमा निखिलले राम्रो प्रयास गरेका पनि हुन् तर ललितपुरको ब्याड लक ।
खेलाडी परिवर्तन
30'



कर्नर किक
ललितपुरका निखिल कदमले प्रहार गरेको कर्नर धनगढीले डिफेन्स गरेको छ ।

ललितपुरका निखिल कदमले सेन्टरबाट अघि बढाएको बल डी बक्स बाहिरबाट ओमोलाजा करिमलाई पास दिएका थिए । तर करिमले दायाँ साइटबाट बल अघि बढाउँदा धनगढीका डिफेन्डरलाई बिट गरेन सकेनने । धनगढीले बल क्लियर गरेको छ ।
कर्नर किक
धनगढीले पाएको कर्नर कमल श्रेष्ठले प्रहार गरेका थिए । तर त्यो प्रहार ललितपुरका खेलाडीले क्लियर गरे ।
फ्री किक
धनगढीका रिचर्ड ओसेइले इमोन इजकेललाई फल गरेपछि ललितपुरले डी बक्स नजिकैबाट फ्रिकिक पाएको छ । यो फ्रिकिक ओमोलाजा करिमले प्रहार गरे । त्यसलाई धनगढीका किपर मोहमद ताहाले पञ्च गरे । बल निक्कै आकाशियर डी बक्स बाहिर आयो ।
कर्नर किक
यो खेलको पहिलो कर्नर धनगढीलाई । कमल श्रेष्ठले हानेको कर्नर ललितपुरका डिफेन्डरले क्लियर गरे ।

फ्री किक
आशिष लडेको ठाउँबाट धनगढीलाई रेफ्रीले फ्रिकिक दिएका छन् । कमल श्रेष्ठले हानेको फ्रिकिक ललितपुरका किपरले पञ्च गरेर क्लियर गरे ।

खेलको पहिलो मिनेटमा नै धनगढीका आशिष चौधरी घाइते भएका छन् । बल अघि बढाइरहेका उनी डी बक्सबाहिर शेसेहाङ आङदाम्बेले बल रोक्न खोज्दा उनी डी बक्स बाहिर लडेका हुन् ।
Kick Start

- ललितपुर सिटी एफसी रातो र कालो मिश्रित जर्सीमा मैदान प्रवेश गरेको छ ।

- धनगढी एफसीका खेलाडी पहेँलो जर्सीमा मैदान प्रवेश गरेका छन् ।

खेलका लागि दुवै टिम मैदान प्रवेश गर्ने तयारीमा छन् ।

दशरथ रंगशालामा आजै भएको नाटकीय खेलमा पोखरा थन्डर्स र झापा एफसीले १-१ को बराबरी खेलेका थिए । पोखरा थन्डर्स र झापा एफसीबीचको खेलको समाचार पोखरा थन्डर्स र झापा एफसीबीचको खेलको लाइभ अपडेट

ललितपुर सिटी जारी सिजनमा अपराजित छ । पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराएको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढी र ललितपुर दुवै टिमको यो आफ्नो तेस्रो खेल हो । धनगढीले जारी सिजनमा आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले हराएको धनगढीले दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराएको थियो । के धनगढीले आफ्नो जितको यात्रालाई कायम राख्ला त ?

नमस्कार । नेपाल सुपर लिग एनएसलको म्याच नम्बर ११ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेलको लाइभ अपडेटमा तपाईँलाई स्वागत छ ।
एनएसएलमा तेस्रो खेलसम्म धनगढी र ललितपुर अपराजित यात्रा कायम राख्न सफल भएका छन् । धनगढीको यो पहिलो बराबरी हो भने ललितपुरको दोस्रो बराबरी । यो खेल सकिँदासम्म शीर्ष स्थानमा रहेको धनगढीको ७ अंक भएको छ भने ललितपुरको ५ अंक । पोखरा थन्डर्सको पनि ३ खेलबाट ५ अंक नै छ ।