Ilam Vs Butwal

Sporting Ilam De Mechi FC

Butwal Lumbini FC

Full Time
खेलाडी परिवर्तन
विकेश घाइते भएर मैदान बाहिर आएपछि उनको स्थामा समित श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

- घाइते विकेश कुथुलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनलाई उपचारका लागि नर्भिक अस्पताल, थापाथली लगिएको छ ।

बुटवलका स्टेफेन विनोङ एक्लै बल अघि बढाएका थिए । इलामका किपर विकेश कुथुले बक्सको लाइनमा आएर बल बचाउने क्रममा स्टेफेनसँग ठोक्किए । दुवै जना मैदानमा लडेका छन् । मेडिकल टिमले मैदानमै उपचार गरिरहेको छ ।कुथुले बल बचाउने क्रममा बल बक्स तिर गएको थियो । तर विनोङ लडेका कारण भेटेनन् । इलामका डिफेण्डरले बचाए ।
फ्री किक
इलामलाई फ्रिकिक । बुटवलका मणि कुमार लामाले अमाथ ड लाई लडाएपछि इलामले फ्रिकिक पाएको थियो । नविन लामाले हानेको फ्रिकिक बुटवलका खेलाडीले क्लियर गर्ने क्रममा मैदान बाहिर गई कर्नर किक भयो ।
खेलाडी परिवर्तन
इलामले खेलाडी परिवर्तन गरेको छ । फोडे कामाराको स्थानमा सुरज बस्नेत मैदान प्रवेश गरेका छन् ।

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
इलामका नविन लामाले हानेको फ्रिकिक बुटवलका खेलाडीले सहजै क्लियर गरिदिए ।
- बुटवलका कप्तान एरिक विष्टले फ्रिकिकमा सानदार गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका छन् । एरिकले करिब ३५ यार्डबाट हानेको फ्रिकिकले सेकेण्ड बार हुँदै जाली चुम्दा इलामका गोलकिपर विकेश कुथुले रोक्ने कुनै अवसर पाएनन् ।
फ्री किक
इलामलाई फ्रिकिक । नविन लामाले बक्स बाहिरबाट सेकेण्ड बारतर्फ हानेको फ्रिकिक बुटवलका गोलकिपर मोहमोदोउले उत्कृष्ट बचाउ गरे । आज मोहोमोदोले धेरै बचाउ गरिरहेका छन् ।
खेलाडी परिवर्तन
बुटवलले खेलाडी परिवर्तन गरेको छ । आशिष लामाको स्थानमा चन्दन दास मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
इलामले खेलाडी पररिवर्तन गरेको छ । सुरुमा रेफ्रीले जर्सी नम्बर ३० का फोडे कामाराको स्थानमा नविन लामालाई सब्सच्युट गरेको देखाएका थिए । तर पछि इलामका अफिसिलले जानकारी गराएपछि रेप्रीले सच्याएर जर्सी कामाराको सट्टा अमाथ ड लाई निकालेर नविन लामालाई मैदान प्रवेश गराए ।
इलामले बराबरी गोल फर्काएको छ । सन्तोष खत्रीले हानेको शक्तिशाली लङ प्रहार बुटवल लुम्बिनीका गोलकिपर मोहमोदोउले जम्प गर्दै रोकेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेको बलमा इलामका अब्दुलाय बा ले दौडेर गएर गोल गोल गरे ।

इलामले एकै पटकमा दुई मौका गुमायो । बुटवलका किपरले जोगाएको रिबाउन्ड पनि इलाम चुकेको हो ।

oh !! आत्मघाती गोलबाट जोगियो बुटवल । बुटवलका गौरव श्रेष्ठले दायाँ साइटबाट आएको क्रश जोगाउने क्रममा बल फर्स्ट बारमा लागेर जोगियो । गोल जोगिएको खुसीमा बुटवलका गोलरक्षक मोहमदउले पोललाई धनवाद दिएर खुसी मनाएका छन् ।
पहेंलो कार्ड
बुटवलका स्टेफेन विनोङलाई पहेँलो कार्ड देखाइएको छ । बल अगाडि बढाउने क्रममा पेनाल्टी बक्समा डाइभ हानेका उनले पेनाल्टी अपिल गरेका थिए । तर रेफ्रीले उनलाई पहेँलो कार्ड दिए ।
खेलाडी परिवर्तन
बुटवलका घाइते भएका सरोज तामाङको स्थानमा जन्म जय धामी मैदान प्रवेश गरेका छन् ।

बुटवलका खेलाडी सरोज तामाङ घाइते भएपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनको हातमा चोट लागेको छ ।

इलामले अर्को राम्रो अवसर गुमाएको छ । भरत खवासले दिएको पसामा अमाथ डले बायाँ भागबाट दिएको क्रसमा अब्दुलाए बाले सिक्स यार्ड बक्सबाट हानेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले बचाए ।

बुटवलका स्टेफेन विनोङले एक्लै बल अघि बढाइरहेको अवस्थामा विकेश कुथु पेनाल्टी बक्स बाहिर आएर बल बचाए ।
कर्नर किक
इलामलाई कर्नर ।

- बुटवलका आशिष लामाले दायाँ साइडमा बक्स भित्रबाट लाइनबाट हानेको बल इलामका गोलकिपर विकेश कुथुले बचाए ।
पहेंलो कार्ड
इलामका सन्तोष खत्रीलाई पहेँलो कार्ड । बुटवलका स्टेफेन विनोङलाई लडाएपछि रेफ्रीले फल दिएका थिए । त्यसमा आक्रोसित भएपछि सन्तोषलाई पहेँलो कार्ड देखाइएको छ ।

पेनाल्टी
- इलामलाई पेनाल्टी । बुटवलका सरोज तामाङले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि इलामले पेनाल्टी पाएको हो । तर फोडोे कामाराले दायाँ साइड च्यापेर हानेको पेनाल्टी प्रहार बुटवलका गोलकिपर मोहोमोदोउले डाइभ हानेर बचाए ।

बुटवल लुम्बिनीले अर्को अवसर बनाएको थियो । सर्ज सोङले दायाँ भागबाट बक्समा क्रस उपलब्ध गराएका थिए । तर उनको टिममेटले भेट्न सकेनन् ।
- बुटवल लुम्बिनीले यस सिजन एनएसएलकै पहिलो गोल गरेको छ । जिलेस्पी जंग कार्कीले बक्स भित्र बायाँ साइडबाट दिएको क्रसमा स्टेफेन समिर विनोङले सिक्स यार्ड बक्स नजिकबाट गोल गरे । इलामका गोलकिपर विकेश कुथुले रोक्न डाइभ हाने पनि सफल भएन । टिमका लागि यस सिजनकै पहिलो गोल गरेपछि लुम्बिनीका स्टेफन विनोङले समर सल्ट हानेर खुशीयाली मनाए ।
Second Half Kick Off

Half Time
फ्री किक
बुटवललाई अर्को फ्रिकिक । गौरब श्रेष्ठले प्रहार गरेको फ्रिकिक भेट्न जिलेस्पी जंग कार्की बक्समा गएका थिए । तर असिस्टेन्ट रेफ्रीले अफसाइडको इशारा गरे ।
फ्री किक
बुटवलका मणि कुमार लामाले हानेको फ्रिकिक इलामका किपर विकेश कुथुले अघि बढ्दै क्लियर गरे ।

पहिलो हाफमा तीन मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
बुटवललाई कर्नर । मणि कुमार लामाले हानेको कर्नरमा स्टेफेन विनोङको हेडर इलामका गोलकिपर विकेशले बचाए ।

बुटवलका एरिक विष्टले उपलब्ध गराएको पासमा स्टेफेन विनोङले बक्स बाहिरबाट हानेको भलि प्रहारले पोष्टको दिशा लिन सकेन ।
खेलाडी परिवर्तन
बुटवलका लागि खेलाडी परिवर्तन । अशोक थापाको स्थानमा सर्ज सोङ मैदान प्रवेश गरेका छन् ।
फ्री किक
इलामलाई फ्रिकिक । बुटवलका खेलाडी पेनाल्टी बक्स बाहिर इलामका फोडे कामारालाई लडाएपछि इलामले राम्रो स्थानमा फ्रिकिक पाएको थियो । अमाथ ड र इब्राहिम फ्रिकिक हान्न तयारी अवस्थामा थिए । तर इब्राहिमले हानेको किक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

बुटवलका अशोक थापाले बक्स भित्रबाट हानेको भलि प्रहार इलामका विकेश कुथुले सहजै क्याच गरेर बचाए ।

- इलामका अमाथ ड ले करिब ३० यार्ड बाट हानेको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरियो । बुटवलका गोलकिपर मोहमोदोउले सेभ गर्ने प्रयास गरेका थिए तर भेट्न सकेनन् ।

इलामका फोडे कामाराले दायाँ भागबाट उपलब्ध गराएको पासमा अमाथ ड ले पेनाल्टी बक्सबाट सेकेण्ड बार च्यापेर प्रहार गरेका थिए । तर बल पोष्टको दिशा नलिई बायाँ तर्फ गयो ।


इलामका दिपेश घलेले दायाँ भागबाट बक्स बाहिरबाट क्रस गरेको बल सिक्स यार्ड बक्सबाट फोडे कामाराले हेड गरेका थिए ।तर उनको हेडरले पोष्टको दिशा लिन सकेन । बल क्रस बार माथिबाट बाहिरियो ।

इलामका फोडेले बक्स बाहिरबाट हानेको बल आकाशिएर बक्स भित्र पुगेपछि फोडे कामारा र अमाथ ड बल प्रहार गर्न अगाडि बढेका थिए । तर बुटवल लुम्बिनीका गोलकिपर मोहमोदोउले पन्च गर्दै बचाए ।

बुटवल लुम्बिनीलले गोलको लागि राम्रो अवसर बनाएको थियो । जिलेस्पी जंग कार्कीले बायाँ भागबाट एक्लै बल अघि बढाउँदै बक्स भित्र पुर्याएका थिए । उनको स्टेफेन बिनोङलाई पास दिए पनि उनले हान्न सकेनन् । त्यसपछि मणिकुमार लामाले बल पाएका थिए । तर उनको प्रहार इलामका खेलाडीले क्लियर गरे ।

इलामका दिपेश घलेले दायाँ भागबाट अर्को राम्रो क्रस उपलब्ध गराएका थिए । तर बक्समा रहेका फोडे कामाराले गरेको हेडरले पोष्टको दिशा लिन सकेन । उनको हेडर क्रस बार भन्दा माथि बाट बाहिरियो ।

इलामका दिपेश घलेले दायाँ भागबाट बक्सका क्रस उपलब्ध गराएपनि टिममेटले भेट्न सकेनन् ।


Oh ! इलामका फोडे कमाराले पासमा भरत खवासले सिक्स यार्ड बक्समा हानेको स्लाइडिङ सट । बल सेकेण्ड बारमा लागेर फर्कियो ।

इब्राहिमको पासमा अमाथ एनडको हेडर क्रसबार माथिबाट बाहिरियो ।
Kick Start

- इलाम मरुन जर्सीमा मैदान प्रवेश गरेको छ ।

- बुटवल सेतो जर्सीमा मैदान प्रवेश गरेको छ ।

खेलका लागि दुवै टिमका खेलाडी मैदान प्रवेश गर्ने तयारीमा छन् ।

जारी सिजनमा इलाम र बुटवल दुवैको यो आफ्नो तेस्रो खेल हो । बुटवलले यसअघिका दुवै खेल हारेको छ भने इलामले एक खेल जितेको छ । बुटवलले जारी प्रतियोगितामा १ गोल पनि गर्न सकेको छैन ।

नमस्कार । एनएसएलको म्याच नम्बर १२ । स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीचको यो खेलको लाइभ अपडेटमा तपाईँलाई स्वागत छ ।