Jhapa Vs Kathmandu

Jhapa FC

Kathmandu Rayzrs FC



Full Time

काठमाडौंका कप्तान कुलदिपको क्रसमा जुनियरले बक्सबाट डाइभिङ हेडर प्रयास गरेका थिए तर सफल भएनन् ।

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
झापाको खेलाडी परिवर्तन । जोर्ज सान्चेजको स्थानमा पेमा तामाङ मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
काठमाडौंको खेलाडी परिवर्तन । शोखरुखको स्थानमा दिपेश गुरुङ मैदान प्रवेश गरेका छन् ।

ohh!! काठमाडौंले गोल गर्ने राम्रो अवसर गुमाएको छ । एनकुनगुए जुनियरले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार झापाका गोलकिपर क्युपिकले बचाए ।
पहेंलो कार्ड
काठमाडौंका राजिव लोप्चनलाई पहेँलो कार्ड देखाइएको छ ।
फ्री किक
झापालाई अर्को फ्रिकिक । आवास लामिछानेको हानेको फ्रिकिक सेकेण्ड बार माथिबाट बाहिरियो ।
फ्री किक
काठमाडौंका आन्द्रेस नियाले सुदिप श्रेष्ठला२ फल गरेपछि झापालाई मैदानको मध्यभाग नजिकै फ्रिकिक । समन्दर ओचिलोभको हानेको फ्रिकिक काठमाडौंका खेलाडीले क्लियर गरे ।

फ्री किक
काठमाडौंले बक्स नजिकै फ्रिकिक पाएको छ । समन्दरले एनकुनगुए जुनियरलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो । तर कोमिवनले हानेको फ्रिकिक क्रसबारको थोरै माथिबाट बाहिरियो ।

काठमाडौंका राजिव लोप्चनले शोखरुखको पासमा पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको छ ।
खेलाडी परिवर्तन
झापाको दुई खेलाडी परिवर्तन । प्रदिप लामाको स्थानमा भरत चौधरी र समिराज थोकरको स्थानमा प्रशान्त लक्षम मैदान प्रवेश गरेका छन् । दुई मिडफिल्डर निकालेर झापाले एक मिडफिल्डर एक डिफेण्डर मैदान प्रवेश गराएको छ ।

काठमाडौंका कप्तान कुलदिप कार्कीले दायाँ भागबाट दुई राम्रो क्रस बक्समा उपलब्ध गराएका थिए । तर दुवै पटक त्यहाँ काठमाडौंका खेलाडीले सदुपयोग गर्न सकेनन् ।
फ्री किक
झापालाई फ्रिकिक । झापाका समन्दर ओचिलोभले हानेको फ्रिकिक पोष्टको फ्रेममा पर्न सकेन । क्रस बार भन्दा माथिबाट बाहिरियो ।

पहेंलो कार्ड
झापाका जोर्ज सान्चेजलाई जर्सीमा तानेर लडाएपछि काठमाडौंका अन्जन राईलाई पहेँलो कार्ड देखाइएको छ ।

काठमाडौंका कोमिलोभले दुई डिफेण्डर बिट गर्दै हानेको प्रहार पोष्ट भन्दा धेरै माथिबाट बाहिरियो ।
पहेंलो कार्ड
झापाका आवास लामिछानेलाई पहेँलो कार्ड ।

काठमाडौंलाई मौका थियो । राजिव लोप्चनले बायाँ भागबाट दिएको पासमा शोखरुखले फितलो प्रहार गरे । बल किपर क्युपिकले सहजै बचाए ।
कर्नर किक
झापाले एकै मिनेटमा लगातार दुई कर्नर पाएको थियो । तर त्यसमा झापाले गोलको अवसर बनाउन सकेन ।

झापालाई मौका । झापाका ओचिलोभले हानेको प्रहार काठमाडौंका खेलाडीलाई डिफ्लेक्ट हुादै पोष्टटतिर गएको थियो । तर काठमाडौंका गोलकिपर अभिषेक बरालले उत्कृष्ट सेभ गरे ।

खेलाडी परिवर्तन
झापाको खेलाडी परिवर्तन । झापाका कार्यवाह कप्तान लक्ष्मण रुचालको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् । लक्ष्मण मैदान बाहिर आएपछि कप्तानको आर्मब्याण्ड आवास लामिछानेले लगाएका छन् ।

कर्नर किक
काठमाडौंलाई कर्नर । राजीव लोप्चनले हानेको कर्नर झापाका खेलाडीले बक्सबाट क्लियर गरे । त्यसैमा पाएको बलमा कोमिलोभले हानेको पावरफुल सट झापाका खेलाडीलाई लाग्दै पोष्ट बाहिर गयो । त्यसमा कोमिलोभले नै हानेको कर्नर झापाका खेलाडीले क्लियर गरे ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । शोखरुखलाई झापाका समन्दर ओचिलोभले लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो । कप्तान कुलदिपले हानेको फ्रिकिक झापाका खेलाडीले ब्लक गरिदिए ।

झापाका जोर्ज सान्चेजे बक्स भित्र काठमाडौंका एक खेलाडीलाई बिट गर्दै हानेको बल काठमाडौंका किपर अभिषेकले सहजै क्याच गरे ।
खेलाडी परिवर्तन
काठमाठौंले दोस्रो हाफको सुरुमै दुई खेलाडी परिवर्तन गरेको छ । मार्की हिसुव थपलियाको स्थानमा राजिव लोप्चन तथा प्रशान्त अवस्थीको स्थानमा गणेश हमाल मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

झापा र काठमाडौंबीच पहिलो हाफको खेल दुवैतर्फबाट कुनै गोल हुन सकेको छैन ।दुवै टोलीले धेरै आक्रमण गर्न सकेनन् ।
Half Time
कर्नर किक
झापाका प्रदिप लामाको पासमा जोर्ज सान्चेजले बक्सभित्र पाएको बल पोष्ट भित्र प्रहार गर्न सकेनन् । उनको प्रहार गर्नुअघि नै काठमाडौंका किपर अभिषेक बरालले बचाउने क्रममा बल बाहिर गयो र झापाले कर्नर पायो । झापाका लक्ष्मण रुचालले हानेको कर्नर टिममेट भेट्टाउन सकेनन् र काठमाडौंका खेलाडीले क्लियर गरे ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । अन्जन राईले हानेको फ्रिकिक झापा बक्स नजिक पुगेको थियो र तर झापाका खेलाडीले क्लियर गरे ।

पहिलो हाफमा दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
झापालाई कर्नर । काठमाडौंका खेलाडीले बल क्लियर गर्ने क्रममा बाहिर गएपछि झापालाई कर्नर किक । तर कर्नर किक अर्को छेउमा पुग्दा कुनै खतरा भएन । त्यसमा दायाँ भागबाट सुदिप श्रेष्ठले हानेको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।


- काठमाडौं र झापाको खेल हेर्न महानायक राजेश हमाल पनि दशरथ रंगशालमा उपस्थित भएका छन् । उनी श्रीमती मधु सहित आएका छन् । उनी काठमाडौंको मालिक बसेको प्यारापिटमा बसेर खेल हेर्दैछन् ।
खेलाडी परिवर्तन
40'



झापाका सुदिप श्रेष्ठ मैदानमा लडेपछि उनलाई मेडिकल टिमले मैदानमै सामान्य उपचार गरेको छ । उनी खेल्ने तयार भइसकेका छन् ।

झापाका समिराज थोकरले दायाँ साइडबाट फस्ट बारमा हानेको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बराले बचाए ।
फ्री किक
काठमाडौंका किनगुए ओलिभरले झापाका जोर्ज सान्चेजलाई लडाएपछि झापाले फ्रिकिक पाएको छ ।
पहेंलो कार्ड
काठमाडौंका हिसुब थपलियालाई लडाएपछि झापाका योगेश गुरुङलाई पहेँलो कार्ड देखाइएको छ । त्यसपछि काठमाडौंले बक्सको ठिक बाहिर फ्रिकिक पाएको छ । तर शोखरुखले हानेको फ्रिकिक क्रस बार माथिबाट बाहिरिएको छ ।

- ohh !! झापाका जोर्ज सान्चेजले हानेको बल काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाउने प्रयास गरेका थिए । तर उनको हातबाट बल फुत्किएपछि झापाका समिराज थोकर गोल गर्ने प्रयासमा उफ्रेका थिए । बल पोष्ट भित्र गएपनि काठमाडौंका किपर अभिषेक लडेकाले रेफ्रीले गोल दिएनन् ।
कर्नर किक
झापाका खेलाडीले हान्न लागेको बल काठमाडौंका हिसुब थपलियाले क्लियर गर्ने क्रममा मैदान बाहिर गएपछि झापालाई कर्नर । कप्तान लक्ष्मण रुचालले हानेको कर्नरमा कुनै खतरा भएन । काठमाडौंका खेलाडीले क्लियर गरे ।
कर्नर किक
काठमाडौंलाई कर्नर । कोमिलोभले हानेको कर्नरमा एनकुनएगए जुनियरले हेड गर्ने प्रयास गरेका थिए तर सफल भएनन् । बल बाहिर मैदान बाहिर गयो ।

काठमाडौंका प्रशान्त अवस्थीले दायाँ भागबाट हानेको बल झापाका खेलाडीले क्लियर गरेका थिए । त्यसमा प्राप्त बलमा काठमाडौंका आन्द्रेस नियाले प्रहार गरेका थिए तर हिसुब थपलियाले भेट्टाउन सकेनन् ।

झापालाई फ्रिकिक । काठमाडौंका आन्द्रेस नियाले झापाका प्रदिप लामालाई तानेर लडाएपछि झापाले फ्रिकिक पाएको छ ।
कर्नर किक
झापाका समिराज थोकरले बक्समा प्रदिप लामालाई पास दिएका थिए । तर काठमाडौंका अन्जन राईले क्लियर गरे । त्यसैमा पाएको कर्नर झापाका लक्ष्मण रुचाले हानेका थिए । तर काठमाडौंका खेलाडीले क्लियर गरे ।

काठमाडौंका कप्तान कुलदिप कार्कीले दायाँ भागबाट हानेको लामो पासमा बक्समा रहेका हिसुबले बललाई पोष्टतर्फ हानेका थिए । तर झापाका गोलकिपर क्युपिकले बचाए ।

- नेपाल सुपर लिगमा झापा र काठमाडौंको खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका विद्यार्थीहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
फ्री किक
काठमाडौंलाई फ्रिकिक ।झापाका सुदिप श्रेष्ठले शोखरुखलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो । कोमिलोभले बायाँ भागबाट हानेको फ्रिकिक सिधै झापाका गोलकिपर स्टेफन क्युपिकको हातमा परेको थियो । उनको हातबाट बल फुत्किएको थियो । तर तत्कालै बचाए ।

फ्री किक
काठमाडौंका शोखरुखले हानेको फ्रिकिक पोष्टको भन्दा धेरै माथिबाट बाहिरियो ।
पहेंलो कार्ड
झापाका छिरिङ लामालाई पहेँलो कार्ड देखाइएको छ । उनले बल ह्यान्ड गरेपछि कार्डको सामना गरेका हुन् ।
कर्नर किक
काठमाडौंलाई कर्नर । प्रशान्त अवस्थीले प्रहार गरेको कर्नर पेनाल्टी बक्समा रहेका अन्जन राईले भेट्टाएका थिए । उनले प्रहार गरेको भली पोष्ट भन्दा माथिबाट बाहिरियो ।
Kick Start

- झापाका खेलाडीले घाइते खेलाडीहरु अन्जन विष्ट, लकेन लिम्बु र धिरज थताली मगरको जर्सी नम्बर देखाएर टिम फोटो खिचाएको छ ।

काठमाडौं रेजर्स रातो जर्सीमा मैदान उत्रिएको छ ।

झापा एफसी निलो जर्सी लगाएर खेल्दैछ ।



- खेलअघि दुवै टोली मैदान प्रवेश गरेका छन् । झापा र काठमाडौं दुवैको यो तेस्रो खेल हो ।

नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १३औं खेलमा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच खेल हुँदैछ । हामी लाइभ अपडेट लिएर उपस्थित भएका छौँ ।