+
+

Lalitpur Vs Birgunj [LIVE]

LIVE
२०८० मंसिर १९, मंगलबार
Lalitpur City FC
Lalitpur City FC
Imoh Ezekiel(13),Nikhil Sureshraq Kadam(27)
2 - 2 Full Time
Birgunj United
Birgunj United
william opoku Asiedu(10),Kripa Kanta Mahato Tharu(52)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
ललितपुरले लगातार तेस्रो बराबरी खेल्दै ४ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमै कायम छ । उता जारी सिजन यसै खेलबाट गोलको खाता खोलेको वीरगंजले यसै खेलबाट पहिलो एक अंक पनि जोडेको छ । वीरगंज ३ खेलबाट १ अंकसहित नवौँ स्थानमा छ ।
Commentry
ललितपुर र वीरगंजबीचको खेल २-२ को रोमाञ्चक बराबरीमा सकिएको छ । पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा एक गोल मात्र भयो । यस सिजन यो सबैभन्दा धेरै चार गोल भएको खेल हो ।
Full Time
Full Time
90+6'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगंजका ओबेडले ललितपुरका सेसेहाङलाई लडाएपछि ओबेडलाई पहेँलो कार्ड । ललितपुरले फ्रिकिक पाएको छ । ललितपुरका कप्तान अनन्तले हानेको फ्रिकिकले वीगरंजका गोलकिपर दिपले पन्च गर्दै बचाए । बल बचाउने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको छ । तर कर्नर वीरगंजका खेलाडीले क्लियर गरिदिए ।

90+5'
Commentry

ललितपुरका दिनेश हेन्जनले दायाँ भागबाट क्रस गरेको बल सिधै वीरगंजका गोलकिपर दिप कार्कीको हातमा । उनले बल क्याच गरेर बचाए । ललितपुरका कुनै खेलाडी त्यहाँ पुग्न सकेनन् ।

90+3'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 90+1'

90'
Commentry

खेलको अन्त्यमा ६ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

89'
Commentry
करिम ओमालाजा ठिक भएर मैदान प्रवेश गरेका छन् ।
86'
Commentry

ललितपुरका करिम ओमालाजा घाइते भएका छन् । उनलाई मैदान मेडिकल टिमले ट्रिटमेन्ट गरेपछि मैदान बाहिरि ल्याइएको छ । केही मिनेट रोकिएको खेल फेरि सुरु भएको छ ।

82'
Commentry

वीरगंजका दिपेन्क राज सिंहले करिब ३५ यार्डबाट हानेको लङ सट पोष्ट भन्दा माथिबाट बाहिरियो ।

Commentry

81'
Commentry

वीरगंजका जय गुरुङ सामान्य घाइते भएका छन् । उनलाई मैदान बाहिर ल्याएर मेडिकल टिमले उपचार गरिरहेको छ । उनी ठिक भएर मैदान प्रवेश गरेका छन् ।

76'
फ्री किक

फ्री किक

वीरगंजका ओबेडले ललितचपुरका इमोन इजेकेललाई लडाएपछि ललितपुरले फ्रिकिक पाएको छ । ओमालाजा करिमले हानेको फ्रिकिक वीरगंजका खेलाडीले क्लियर गरे ।

74'
Commentry

ललितपुरलाई लागि गोल गर्ने राम्रो अवसर थियो । सनिश श्रेष्ठले दायाँ भागबाट भलि क्रस दिएका थिए । तर बक्समा रहेका इमोनको हेडर पोष्टमाथिबाट बाहिरियो ।

72'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

69'
फ्री किक

फ्री किक

ललितपुरका सन्जित राईले वीरगंजका ओबेड ओसुवुलाई लडाएपछि वीरगंजले फ्रिकिक पाएको छ । त्यसमा विलियमले ओपोकुले  फ्रिकिक प्रहार गरेका थिए ।  तर उनको प्रहार फितलो रह्यो । ललितपुरका खेलाडीले सहजै क्लियर गरिदिए ।

66'
substitute

खेलाडी परिवर्तन

ललितपुरले दुई खेलाडी परिवर्तन गरेको छ । अनिल महर्जनको स्थानमा रोशन पहारी र निखिल कदमको स्थानमा अनिल राई मैदान प्रवेश गरेका छन् ।

60'
पहेंलो कार्ड

पहेंलो कार्ड

  • वीरगंजका खेलाडीलाई लडाएपछि ललितपुरका सनिश श्रेष्ठले पहेँलो कार्ड पाएका छन् ।  विलियम ओपोकुले हानेको फ्रिकिक ललितपुरका गोलकिपर बाल्टुसले पन्च गरेर बचाए ।

57'
Commentry

ohh !! chance for birgunj वीरगंजका जय गुरुङले हानेको शक्तिशाली प्रहार सेकेण्ड बारमा लाग्दा गोल हुन सकेन । बारमा लागेर फर्केपछि ललितपुरका गोलकिपर जेफ्री बनल्टुसले बल समाते ।

54'
corner

कर्नर किक

वीरगंजले कर्नर पाएको छ । विलियमको कर्नर बक्समा रहेका वीरगंजका खेलाडीले भेट्ट नसकेपछि ललितपुरका खेलाडी बल क्लियर गरे ।

52'
Goal
Birgunj United - Kripa Kanta Mahato Tharu
GOAL !

  • goal !! विलियम ओपोकुले करिब ३५ यार्डबाट हानेको पावरफुल फ्रिकिक क्रस बारमा लागेर फर्किएको थियो । त्यसैममा पेनाल्टी बक्समा रहेका कृपा कान्तले गोल गरे । यो गोलपछि वीरगंजले खेल २-२ को बराबरी गरेको छ । यस सिजन यो खेल अहिलेसम्म एकै खेलमा धेरै गोल भएको खेल बनेको छ ।

51'
फ्री किक

फ्री किक

वीरगंजलाई फ्रिकिक । ललितपुरका विवेक पौडेलले विलियमलाई लडाएपछि वीरंगजले फ्रिकिक पाएको थियो ।

46'
substitute

खेलाडी परिवर्तन

वीरगंजले दोस्रो हाफको सुरुमै दुई खेलाडी परिवर्तन गरेको छ । सुदिप गुरुङको स्थानमा जय गुरुङ र सुनिल खड्काको स्थानमा कृपा कान्त महतो मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
ललितपुर सिटी र वीरगंज युनाइटेडबीचको पहिलो हाफको खेल रोमाञ्चक रह्यो । तीन गोल हुँदा ललितपुरले २-१ को अग्रता बनाएको छ । के ललितपुरले यो अग्रता जोगाउला त ? हामी हाफ टाइम ब्रेकपछि दोस्रो हाफको लाइभ अपडेट लिएर आउनेछौँ ।
Half Time
Half Time
45+3'
Commentry

अनिल महर्जनको पासमा निखिल कदमले पोष्टतर्फ प्रहार गरेका थिए । तर वीरगंजका गोलकिपर दिप कार्कीले पन्च गर्दै बचाए । दिपले संकट टारिदिए ।

45+2'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । अनिल महर्जनले हानेको कर्नर वीरगंजका किपर दिप कार्कीले क्याच गरे ।

45'
Commentry

पहिलो हाफको अन्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक । विसोन गुरुङले दिनेश हेन्जनलाई लडाएपछि ललितपुरले फ्रिकिक पाएको छ । उनले सट पास दिए ।

40'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । अनिलम महर्जनले कर्नर हानेका थिए । कप्तान अनन्तले गरेको हेडर वीरगंजका खेलाडीले क्लियर गरिदिए । कुनै खतरा भएन ।

39'
फ्री किक

फ्री किक

वीरगंजलाई फ्रिकिक । ललितपुरका खेलाडीले तेज तामाङलाई लडाएपछि वीरगंजले फ्रिकिक पाएको थियो । विलियम ओपोकुकुले हानेको फ्रिकिक पोष्टमा समेत पुगेन । कुनै खतरा भएन ।

37'
Commentry

वीरगंजका विशोन गुरुङको क्रसमा ओबेड ओसुवुको हेडर क्रसबार भन्दा माथिबाट बाहिरियो । बक्स भित्र ओबेडले फ्रि हेडर पाए पनि फ्रेममा पर्न सकेन ।

Commentry
पहिलो खेलमै बुटवल लुम्बिनीलाई २-० ले पराजित गरेपछि ललितपुरले पछिल्ला दुई खेलमा गोल गर्न सकेको थिएन । आज पहिलो आधा घण्टामै ललितपुरले दुई गोल गरिसकेको छ ।
32'
फ्री किक

फ्री किक

वीरगंजका गुस्ताभो डीजाडले इमोनलाई लडाएपछि ललितपुरलाई फ्रिकिक ।निखिलले हानेको फ्रिकिक वीरगंजका खेलाडीले हेड गर्दै क्लियर गरे । कुनै खतरा भएन ।

29'
corner

कर्नर किक

वीरगंजलाई कर्नर । विलियम ओपोकुले हानेको कर्नर ललितपुरका ओमालाजा करिमले क्लियर गरे ।

27'
Goal
Lalitpur City FC - Nikhil Sureshraq Kadam
GOAL !

  • goal!! दिनेश हेन्जनले दिएको पासमा वीरगंजका खेलाडी बल रोक्न प्रयास गरेका थिए तर सफल नहुँदा बल ललितपुरका निखिलको खुट्टामा पर्‍यो । निखिल बक्सको एजबाट हानेको प्रहार गोलमा परिणत भयो । ललितपुरलाई २-१ को अग्रता ।

24'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । निखिल कदमले हानेको बल वीरगंजका खेलाडीलाई लाग्दै बाहिर गएपछि ललितपुरले कर्नर पाएको थियो । अनिनल महर्जनले प्रहार गरेको कर्नर किकमा अनन्तले हेडर गरेका थिए । तर फ्रेममा पर्न सकेन ।

23'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगंजका दिपेंक राज सिंहलाई पहेँलो कार्ड । सनिश श्रेष्ठला२ लडाएपछि दिपेंकलाई पहेँलो कार्ड देखाइएको हो ।  ललितपुरलाई फ्रिकिक ।  निखिल कदमले हानेको फ्रिकिक वीरगंजका खेलाडीले क्लियर गरे ।

21'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक  । सनिश श्रेष्ठले बक्समा रहेका कप्तान अनन्तला२ पास दिएका थिए । तर अनन्तको हेडर वीरजंगका सुदिप गुरुङले क्लियर गरे ।

18'
Commentry

ललितपुरका अनिल महर्जनले बक्स बाहिरबाट हानेको ग्राउण्ड सट पोष्ट नजिकबाट बाहिरियो ।

Commentry
दुवै टोली सुरुवात देखि नै आक्रमक देखिएका छन् । जसले गर्दा पहिलो १५ मिनेटमै दुई गोल भइसकेको छ ।
13'
Goal
Lalitpur City FC - Imoh Ezekiel
GOAL !

  • Goal !! ललितपुरले दुई मिनेटपछि नै बराबरी गोल फर्काएका छन् । इमोन इजेकेले गोलकिपर दिपसँग वान भर्सेस वानको स्थितीमा किपरलाई बिट गर्दै गोल गरेका हुन् । ललितपुरका विवेक पौडेलले दिएको लामो पासमा वीरगंजका खेलाडीले बल रोक्ने प्रयास गरेका थिए । तर  इमोनले बल प्राप्त गरे अनी छक्काउँदै खाली पोष्टमा गोल गरे ।

10'
Goal
Birgunj United - william opoku Asiedu
GOAL !

  • Goal !! विलियम ओपोकुले गोल गर्दै वीरगंजलाई अग्रता दिलाएका छन् । ओबेड ओसुवुले दिएको पासमा ललितपुरका खेलाडीले क्लियर गर्न नसक्दा विलियमले गोल गरेका हुन् । जारी लिगमा वीरगंजको यो पहिलो गोल हो भने ललितपुरले पहिलो गोल खाएको हो ।

6'
Commentry

ललितपुरलाई अर्को कर्नर । अनिल महर्जनले नै कर्नर प्रहार गरेका थिए । तर यस पटक कुनै खतरा भएन । वीरगंजका खेलाडीले क्लियर गरे ।

5'
Commentry

ohhh whata a chance!! ललितपुरलाई कर्नर किक । अनिल महर्जनको कर्नरमा कप्तान अनन्त तामाङले गरेको हेडर वीरगंजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । बल बाहिर गएपछि ललितपुरले फेरि कर्नर पाएको छ ।

5'
Commentry

ललितपुरका दिनेश हेन्जनलाई लडाएपछि प्राप्त फ्रिकिक । ओमालाजा करिमको फ्रिकिक प्रहार वीरगंजका खेलाडीले क्लियर गर्ने क्रममा क्रस बारको थोरैमाथिबाट बाहिरियो । ललितपुरलाई कर्नर ।

4'
Commentry

ललितपुरको सनिश श्रेष्ठको क्रसमा दिनेशको हेडर पोष्टको फ्रेममा पर्न सकेन ।

3'
Commentry

वीरगंजका लागि अवसर । तर बक्समा रहेका विलियम ओपोकुको हेडरले पोष्टको दिशा लिन सकेन ।

Kick Off
Kick Start
Commentry
अपराजित ललितपुर ३ खेलबाट ५ अंक सहित दोस्रो स्थानमा छ । उसले एक खेल जित्दा दुई खेल बराबरी खेलेको थियो । आजको खेल जित्दै ललितपुरलाई शीर्ष स्थानमा उक्लने मौका छ । दुवे खेल हारेको वीरगञ्ज पहिलो जितको खोजीमा छ ।
Commentry
  • वीरगञ्ज युनाइटेड सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • ललितपुर रातो कालो जर्सी लगाएर खेल्दैछ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १४औं खेलमा आज ललितपुर सिटी एपसी र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । आफै खेलको लाइभ अपडेट लिएर उपस्थित भएका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC