+
+

Birgunj Vs Jhapa [LIVE]

LIVE
२०८० मंसिर २२, शुक्रबार
Birgunj United
Birgunj United
0 - 0 Full Time
Jhapa FC
Jhapa FC
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
करिब २० मिनेट दश खेलाडीमा रहेर खेलेको झापा एफसीले वीरगंज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ । चार खेल खेल्दा दुवै टोली अझै जितविहिन छन् । तेस्रो बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमै यथावत छ । यस्तै दोस्रो बराबरी खेलेको वीरगंज २ अंकसहित अन्तिम स्थानमै छ । बराबरीले दुवै टोलीको प्लेअफ पुग्ने सम्भावनामा पनि धक्का लागेको छ ।
Full Time
Full Time
95'
Commentry

ohhh !! jhapa unlucky this time. उज्वल राईले बायाँ भागबाट सेकेण्ड बार च्यापेर हानेको प्रहार क्रस बारमा लागेर फर्कियो ।

94'
corner

कर्नर किक

झापालाई कर्नर । झापका किपर क्युपिक अघि बढेका थिए । तर आफ्नै पोष्टमा फर्किए ।

90'
Commentry

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । ओचिलोभले हानेको फ्रिकिक वीरगंजका खेलाडीले ब्लक गरे ।

89'
फ्री किक

फ्री किक

झापाको छिरिङ लामाले विलियमलाई लडाएपछि वीरगंजले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिक पाएको छ । unlucky bigunj!! तेज तामाङले हानेको फ्रिकिक क्रस बारमा लागेर फर्किएको छ ।

87'
Commentry

वीरगंजका तेज तामाङको ब्याक पासमा सुशिल लामाले हानेको प्रहार फ्रेममा पर्न सकेन ।

86'
corner

कर्नर किक

झापालाई दुई कर्नर । तर सदुपयोग गर्न सकेन । एक खेलाडी कम भएपनि जापा वीरगंजमाथि दबाब बनाउँदैछ ।

85'
Commentry

ह्याण्ड बल । झापालाई बक्सको थोरै बाहिर फ्रिकिक प्राप्त भएको छ । गोल गर्ने अवसर छ । समान्दार ओचिलोभको हानेको फ्रिकिक डिफ्लेक्ट हुँदै फर्केको थियो । समिराजले थोकरले हानेको बल वीरगंजका खेलाडीलाई लाग्दै बाहिरियो ।

83'
substitute

खेलाडी परिवर्तन

वीरगंजको खेलाडी परिवर्तन ।  ओबेड ओवुसुको स्थानमा सुनिल खड्का मैदान प्रवेश गरेका छन् ।

Commentry
अब खेलको अन्तिम दश मिनेट बाँकी छ । के वीरगंजले एक खेलाडी कम भएको झापा विरुद्ध गोल गर्ला ? कि झापाले सरप्राइज गर्ला ?
77'
substitute

खेलाडी परिवर्तन

झापाले दुई खेलाडी परिवर्तन गरेको छ । जोर्ज सान्चेजको स्थानमा विशाल बस्नेत र सुरज विष्टको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन्। सुरज पनि मैदान बाहिर आएपछि आवास लामिछानेले कप्ताद्दी आर्मब्याण्ड लगाएका छन् ।

73'
रातो कार्ड

रातो कार्ड

  • झापाका  योगेश गुरुङलाई सिधै रातो कार्ड । वीरगंजका विलियमले बल अगाडि बढाइरहेका बेला उनलाई तानेर लडाएपछि रेफ्रीले योगेशलाई सिधै रातो कार्ड देखाए । झापा दश खेलाडीमा समेटियो । वीरगंजले पाएको फ्रिकिक विलियमले नै हानेका थिए । तर झापाको वाल क्रस गर्न सकेन ।

71'
substitute

खेलाडी परिवर्तन

वीरगंजका लागि खेलाडी परिवर्तन । विशोन गुरुङको स्थानमा सुशिल लामा मैदान प्रवेश गरेका छन् ।

70'
Commentry

वीरगंजका ओबेडको पासमा विलियम ओपोकुले हानेको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।

66'
Commentry

झापाका सुमित श्रेष्ठले बायाँ भागबाट हानेको प्रहार वीरगंजका किपर दिप कार्कीले सहजै बचाए ।

66'
corner

कर्नर किक

वीरगंजलाई कर्नर ।

65'
substitute

खेलाडी परिवर्तन

झापाले दुई खेलाडी परिवर्तन गरेको छ । लक्ष्मणल रुचालको  स्थानमा समिराज थोकर  र प्रशान्त लक्षमको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् । लक्ष्मण निस्केपछि झाापको कप्तानी आर्मब्याण्ड सुरज विष्टले लगाएका छन् ।

Commentry
एक घण्टाको खेल सकिँदा दुवैतर्फबाट कुनै गोल भएको छैन ।
58'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका छिरिङ लामालाई पहेँलो कार्ड । वीरगंजलाई फ्रिकिक । विलियम ओपोकुले हानेको फ्रिकिक क्रस बार भन्दा माथिबाट बाहिर गयो ।

56'
फ्री किक

फ्री किक

वीरगंजका खेलाडीले झापाका आवास लामिछानेलाई लडाएपछि झापालाई बायाँ भागमा फ्रिकिक । सुरज विष्टले फ्रिकिक सिधै बक्समा प्रहार गरेका थिए । तर वीरगंजका खेलाडीले क्लियर गरे ।

54'
फ्री किक

फ्री किक

झापाका सुरज विष्टले बायाँ भागबाट फ्रिकिक छिरिङ लामालाई पास दिए ।

53'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगंजका सिमान्त थापालाई पहेँलो कार्ड ।

51'
Commentry

वीरगंजलाई अर्को अवसर । तर विलियम ओपोकुले बक्समा रहेका ओबेड ओवुसुका लागि क्रस उपलब्ध गराएका थिए  ।तर ओबेडले बक्स भित्रबाट हानेको प्रहार क्रस बार भन्दा माथि गयो ।

50'
Commentry

झापाका छिरिङ लामाको प्रहार वीरगंजका किपर दिप कार्कीले पन्च गर्दै बचाएका थिए । त्यसमा आवास लामिछानेले हानेको प्रहार क्रस बार भन्दा धेरै माथि गयो ।

'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक ।

47'
Commentry

double chance for birgunj but unluck. वीरगंजका  कृपा कान्तले जय गुरुङको पासमा दायाँ साइडबाट हानेको प्रहार सेकेण्ड बारमा लागेर फर्कियो । झापाका खेलाडीले क्लियर गर्न नसकेपछि रिबाउन्डमा बएको बलमा ओबेड ओवुसुले सिक्स यार्ड बाट हानेको प्रहार झापाका किपर क्युपिकले बचाए ।

46'
substitute

खेलाडी परिवर्तन

वीरगंको दुई खेलाडी परिवर्तन । सुभाष गुरुङको स्थानमा कृपा कान्त महतो थारु र दिवाकर चौधरीको स्थानमा जय गुरुङ मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
वीरगंज र झापाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलका लागि आकर्षक मुभहरु बनाउन सकेनन् । वीरगंजको तुलनामा झापाले गोलका केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।  के दोस्रो हाफमा गोल होला त ? stay with us !!
Half Time
Half Time
45+3'
corner

कर्नर किक

झापालाई कर्नर । लक्ष्मण रुचालले हानेको कर्नर वीरगंजका खेलाडीले सहजै क्लियर गरे ।

45'
Commentry

पहिलो हाफको अन्त्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

43'
Commentry

झापाका जोर्ज सान्चेजको सट । तर वीरगंका गोलकिपर दिप कार्कीले विफल पारे ।  झापाका छिरिङ लामाको लङ पासमा जोर्ज सान्चेजले अफसाइड ट्रयाप बिट गर्दै बक्स बाहिरबाट सिधा पोष्टमा प्रहार गरेका थिए । प्रहार वीरगंजका किपर दिप कार्कीले बचाउने प्रयास गरेका थिए । तर पूर्ण रुपमा रोक्न नसक्दा बल  पोष्ट नजिकबाट बाहिरियो ।

40'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । समान्दार ओचिलोभले करिब ३० यार्डबाट हानेको फ्रिकिक सेकेण्ड बारको छेउ हुँदै बाहिरियो ।

39'
Commentry

वीरगंजका तेज तामाङको क्रसमा सुभाष गुरुङले बक्सभित्रबाट डाइभिङ हेडर गरेका थिए । तर झापाका किपर क्युपिकले बचाए ।

35'
Commentry

वीरगंजका विलियम ओपोकुले आफ्नो भाग्य परिक्षण गर्ने क्रममा करिब ४० यार्डबाट सिधा पोष्टमा प्रहार गरेका थिए । तर बल क्रस बार माथिबाट बाहिरियो ।

33'
फ्री किक

फ्री किक

झापाका कप्तान लक्ष्मण रुचाले दायाँ भागबाट फ्रिकिक प्रहार गरेका थिए । बक्समा रहेका जोर्ज सान्चेजले हेडर गर्ने प्रयास गरेका थिए तर उनले बल भेटेनन् ।

33'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगंजका गुस्ताभोलाई पहेँलो कार्ड ।

32'
Commentry

झापालाई राम्रो मौका । कप्तान लक्ष्मण रुचालले बक्समा अपसाइड ट्रयाप बिट गर्दै प्रहार गरेको बल सिधै वीरगंजका किपर दीप कार्कीको हात ।

30'
Commentry

झापाका आवास लामिछाने सुमित श्रेष्ठको लङ पासमा दायाँ भागबाट सिधै पोष्टमा भलिबल प्रहार गरेका थिए । तर उनको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।

Commentry

27'
corner

कर्नर किक

झापाका सुमितले श्रेष्ठले बायाँ भागबाट बक्समा प्रहार गरेका थिए । उनले जोर्ज सान्चेजका लागि क्रस उपलब्ध गराएका थिए । तर उनले भेट्नु अघि नै वीरगंजका दिवकार चौधरीले क्लियर गर्ने क्रममा बल बाहिर गएपछि झापालाई कर्नर किक । लक्ष्मण रुचालले हानेको कर्नर वीरगंजका खेलाडीले क्लियर गरे ।

25'
Commentry

झापाका जर्ज सान्चेज कानिलासले बक्सको एजबाट हानेको प्रहार सिधै वीरगंजका गोलकिपर दिप कार्कीको हातमा । दिपलाई सहजै बल रोके ।

23'
फ्री किक

फ्री किक

वीरगंजलाई फ्रिकिक । तेज तामाङले हानेको फ्रिकिक झापाका खेलाडीले क्लियर गरेका थिए । त्यसमा प्राप्त रिबाउन्डमा सुभाष गुरुङले हानेको प्रहार सिधै झापाका गोलकिपर स्टेफान क्युपिकको हातमा । उनलै सहजै क्याच गरे ।

22'
Commentry

झापाका प्रशान्त लक्षमले दायाँ भागबाट हानेको लङ सट पोष्टको फ्रेममा पर्न सकेन ।

19'
corner

कर्नर किक

झापालाई फेरी दुई कर्नर । प्रशान्त लक्षमले हानेको पहिलो कर्नर वीरगंजका डिफेण्डरले क्लियर गरे । त्यसमा फेरि प्राप्त कर्नर प्रशान्तले नै हानेका थिए तर वीरगंजका खेलाडीले क्लियर गरे ।

18'
corner

कर्नर किक

झापालाई दुई कर्नर । लक्ष्मण रुचालले प्रहार गरेको कर्नर वीरगंजका खेलाडीले रोक्ने क्रममा बाहिर गएपछि झापाले फेरि कर्नर पायो । लक्ष्मण रुचालले नै हानेको कर्नर वीरगंजका किपर दिप कार्कीले पन्च गर्दै बाहिर फाले ।

16'
Commentry

वीरगंजका तेज तामाङले बक्स भित्रबाट हानेको प्रहार झापाका खेलाडीलाई लाग्दै पर्केको थियो । त्यसमा  ओबेड ओसुवुले हानेको लेफ्ट हुटेट सट क्रस बार भन्दा माथिबा६ बाहिरियो ।

12'
Commentry

ohh!!! झापाका समान्दार ओचिलोभले  करिब ३० यार्ढबाट हानेको प्रहार सेकेण्ड बारमा लागेर फर्कियो । वीरगंका किपर दिपले पन्च गर्ने प्रयास गरेका थिए तर भेटेनन् । वीरगंजको संकट टरेको छ ।

11'
corner

कर्नर किक

झापालाई कर्नर । लक्ष्मण रुचाले कर्नर किकलाई बक्स बाहिर समान्दार ओचिलोभका लागि पास दिएका थिए । ओचिलोभको प्रहार सिधै वीरगंजका किपर दिप कार्कीको हातमा पुग्यो । उनले सहजै बचाए ।

10'
Commentry

पहिलो दश मिनेटमा दुवै टोलीले पोष्टमा आक्रमण गर्न सकेका छैनन् ।

9'
Commentry

वीरगंजका सुभाष गुरुङले बक्समा राम्रो क्रस दिएका थिए । तर टिममेटले भेट्न सकेनन् ।

Kick Off
Kick Start
Commentry
आज पनि झापाका मार्की तथा कप्तान अन्जन विष्ट बेन्चमै छन् । लक्षमण रुचालको झापाको कप्तानी गर्दैछन् ।
Commentry
आज वीरगंज वा झापा कुन टोलीले पहिलो जित निकाल्ला?
Commentry
  • झापा एफसी निलो जर्सी लगाएर मैदान उत्रिएको छ ।
Commentry
  • वीरगञ्ज सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
वीरगंज र झापा नेपाल सुपर लिगका नयाँ टिम हुन् र यस सिजन यी दुईले समान तीन खेल खेल्दा जितविहिन छन् । दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा छन् । अंक तालिकामा पनि यी दुई टोली नै पूछारमा छन् । झापा २ अंकसहित आठौं र वीरगञ्ज १ अंकसहित नवौँ स्थानमा छन् ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १७औं खेलमा आज वीरगंज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भएका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC