Dhangadhi Vs Ilam

Dhangadhi FC

Sporting Ilam De Mechi FC

Full Time

unlucky dhangadhi अभिषेक गुरुङको पासमा रामचन्द्र वाजीले बक्स भित्रबाट हानेको प्रहार क्रस बारमा लागेर पर्कँदा धनगढी जतिबाट बन्चित भएको छ ।
खेलाडी परिवर्तन
धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । अहमद हिजाजीको स्थानमा मिलन राई र रोहन कार्कीको रामचन्द्र वाजी मैदान प्रवेश गरे्का छन् ।

खेलको अन्त्यमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
इलामले खेलाडी परिवर्तन गरेको छ । ओमार थियमको स्थानमा दिपेश घले मैदान प्रवेश गरेका छन् ।

ओलावाले आफिज मैदान प्रवेश गरेपछि धनगढी आक्रमक देखिएको छ ।

धनगढीलाई फ्रिकिक ।
खेलाडी परिवर्तन
इलामले खेलाडी परिवर्तन गरेको छ । भरत खवासको स्थानमा सौरभ लिम्बु मैदान प्रवेश गरेका छन् ।
धनगढीले बराबरी गोल फर्काएको छ । फोडे फोफानाले दायाँ भागबाट दिएको क्रसमा आफिज ओलावालेले बक्स भिबाट हेडर गर्दै गोल गरेका हुन् । इलामका किपर समितले रोक्ने अवसर नै पाएनन् ।
फ्री किक
इलामका इब्राहिमले हानेको फ्रिकिक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।
पहेंलो कार्ड
धनगढीका रिचर्डलाई पहेँलो कार्ड देखाइएको छ । इलामका अमाथ ड बल बल अघि बढाइरहेको बेला फल गरेपछि रिचर्डलाई पहेँलो कार्ड देखाइएको हो । इलामले बक्स नजिकै फ्रिकिक पाएको छ ।

खेलाडी परिवर्तन
धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । गोलकिपर मोहमद ताहाको स्थानमा टिकेन्द्र थापा र मार्की आशिष चौधरीको स्थानमा आफिज ओलावाले मैदान प्रवेश गरेका छन् ।

धनगढीका मार्की आशिष चौधरीले बायाँ कर्नर छेउबाट हानेको क्रस इलामका गोलकिपर समितले सहजै बचाए ।


एक गोल गरेपछि धनगढी फेरि आक्रमण बनाउँदै । अहमद हिजाजीको पासमा रोहन कार्कीले हानेको प्रहार इलामका किपर समित श्रेष्ठले डाइभ गर्दै बचाए ।
goal!! धनगढीले गोल गरेको छ । धनगढीका रिचर्ड ओसेईले पेनाल्टीमा सहजै गोल गरे । यो गोलपछि धनगढीले गोल अन्तर का गरेको छ । के धनगढीले बराबरी गोल फर्काउला ?

पेनाल्टी
panelty for dhangadhi !! के धनगढीले गोल गर्ला ? इलामका इब्राहिमले फोडे फोफानालाई पेनाल्टी बक्समा फल गरेपछि धनगढीलाई पेनाल्टी दिइएको हो ।

धनगढीलाई मौका । मार्की आशिष चौधरीको क्रसमा फोडे फोफानाले बक्सबाट हानेको हेडर इलामका किपर समित श्रेष्ठले सहजै क्याच गरे ।
पहेंलो कार्ड
धनगढीका रणदिप पौडेललाई लडाएपछि इलामका भरत खवासलाई पहेँलो कार्ड देखाइएको छ ।

धनगढीका फोडे कामाराले दायाँ भागबाट पोष्टका प्रहार गरेका थिए । तर इलामका किपर समित श्रेष्ठले बचाए ।
फ्री किक
धनगढीलाई बक्स बाहिर फ्रिकिक । धनगढीका रोहन कार्कीलाई इलामका इब्राहिमले लडाएपछि धनगढीले फ्रिकिक पाएको हो । इलामका सुरज बस्नेतलाई रेफ्रीसँग प्रतिवाद गरेकोमा पहेँलो कार्ड देखाइएको छ । कमल श्रेष्ठको फ्रिकिक प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

इलामलाई मौका । अमथ ड को क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्सबाट हानेको सट धनगढीका किपर मोहमद ताहाले बचाए । ताहा पहिल्यै लडेका थिए तर उनको खुट्टामा लागेर बल फर्कियो ।

इलामका फोडे कामाराले लेफ्ट फुटेड सट प्रहार गरेका थिए । तर पोष्टको फ्रेममा पर्न सकेन ।

धनगढीका रणदिप पौडेलले बायाँ भागबाट बक्समा लामो प्रहार गरेका थिए । त्यसमा हेडिङ गर्न फोडे फोफाना बक्समा पुगेका थिए । तर इलामका किपर समित श्रेष्ठले बल क्लियर गरे । त्यस क्रममा लडेका उनी सामान्य ट्रिटमेन्टपछि ठिक भइसकेका छन् ।

इलामका अमाथको क्रसमा भरत अवासले हानेको प्रहार धनगढीका गोलकिपर मोहमद ताहाले बचाए ।
कर्नर किक
इलामले कर्नर पाएको छ । नविन लामाको कर्नरमा फोडे कामाराले हेडर गरेका थिए । तर उनको हेडर क्रस बार माथिबा६ बाहिर गयो ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । साइमन लिम्बुको स्थानमा अभिषेक गुरुङ मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

Half Time
goal!! इलामले अर्को गोल गरेको छ । नविन लामाको कर्नर प्रहार धनगढीका किपर मोहमद ताहले बचाउने प्रयास गरेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि ओमारले गोल गरेका हुन् । धनगढी ०-२ इलाम ।

पहिलो हाफको अन्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
goal!!! इलामले अग्रता लिएको छ । अमाथ ड ले बक्स भित्रबाट दिएको पासमा फोडे कामाराले सिक्स यार्ड नजिकैबाट गोल गरे ।

इलामले लगातार पोष्टमा चार्ज गर्ने प्रयास सफल नभएपछि फोडे कामाराले बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार आकाशियो ।
कर्नर किक
इलामलाई कर्नर । इलामका सुरज बस्नेतले हानेको क्रस इलामका रणदिप पौडेलले रोक्ने क्रममा बल बाहिर गएपछि इलामले कर्नर पाएको हो ।

इलामका अमाथ ड ले बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गर्दै सट प्रहार गरेका थिए । तर उनको प्रहार फितलो रह्यो । धनगढीका किपर मोहमद ताहले सहजै बल बचाए ।
कर्नर किक
इलामका नविन लामाको कर्नरमा बक्समा रहेका ओमार थियमले हेड गरेका थिए । तर उनको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।
पहेंलो कार्ड
इलामका भरत खवासलाई फल गरेपछि धनगढीका रणदिप पौडेललाई पहेँलो कार्ड देखाइएको छ । इलामले फ्रिकिक पाएको छ । इब्राहिमले हानेको फ्रिकिक धनगढीका किपर मोहमद ताहाले पन्च गर्दै बचाए । इलामले कर्नर पाएको छ ।
कर्नर किक
धनगढीलाई कर्नर । धनगढीका रोहन कार्कीले हानेको प्रहार इलामका किपर समित श्रेष्ठले बचाउने क्रममा बाहिर गएपछि धनगढीले कर्नर पाएको हो । आशिषले हानेको कर्नर किक अर्को साइडमा पुग्यो ।
कर्नर किक
धनगढीलाई कर्नर । फोडे फोफानाको क्रस क्लियर गर्ने क्रममाइ ब्राहिमले बल बाहिर फालेपछि धनगढीले कर्नर पाएको हो । मार्की आशिष चौधरीले कर्नर हानेका थिए ।

धनगढीका रोहन कार्कीले अहमद हिजाजीको ब्याक पासमा बक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको फ्रेममा पर्न सकेन ।

धनगढीका अहमद हिजाजी एक्लै बल अघि बढाउँदै इलामको बक्समा पुगेका थिए । तर बल प्रहार गर्नुअघि नै उनी आफैँ लडे ।
कर्नर किक
इलामलाई कर्नर ।
फ्री किक
धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले मध्यभाग नजिकबाट हानेको फ्रिकिक फितलो रह्यो ।
पहेंलो कार्ड
सन्तोष खत्रीलाई पहेँलो कार्ड देखाइएको छ ।
फ्री किक
धनगढीलाई फ्रिकिक । इलामका विमल पाण्डेले अहमद हिजाजीलाई फल गरेपछि धनगढीले फ्रिकिक पाएको छ ।कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक क्लियर भएको छ ।

इलामका अब्दुलाए बा घाइते हुँदै मैदान बाहिर आएका छन् । सुरुमै इलामले खेलाडी चेन्ज गर्नुपरेको छ । उनको स्थानमा नविन लामा मैदान प्रवेश गरेका छन् ।
Kick Start





