Pokhara VS Chitwan

Pokhara Thunders

FC Chitwan
खेलाडी परिवर्तन
चितवनले खेलाडी परिवर्तन गरेको छ । टोरिक जेबरिनको स्थानमा अमृत श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

दोस्रो हाफको अन्त्यमा ६ मिनेटको समय थप गरिएको छ ।
खेलाडी परिवर्तन
90'


खेलाडी परिवर्तन
85'



- पोखरालाई अग्रता दिलाएका मोसेलको गोल सेलिब्रेसन । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

पोखराका जोए आइडुले बक्स बाहिरबाट प्रहार गरेको बल चितवनका गोलकिपर विशाल श्रेष्ठले फिंगर टिप्स सेभ गरे ।
खेलाडी परिवर्तन
चितवनले दुई खेलाडी परिवर्तन गरेको छ । उत्सव राईको स्थानमा हेम तामाङ र राजेश परियारको स्थानमा रोशन राना मगर मैदान प्रवेश गरेका छन् ।
- पोखराले खेलमा अग्रता लिएको छ । स्टेफेन कोजोको पासमा मोसेलले गोल गर्दै पोखरालाई अग्रता दिलाए । मोएजले सेकेण्ड बार च्यापेर हानेको बल गोलमा परिणत भएको हो ।

पोखराका आयुषलाई चितवनका डिफेण्डरले बक्समा लडाएपछि पेनाल्टीको अपिल गरिएको थियो । तर रेफ्रीले चासो देखाएनन् ।

पोखराका आयुष घलानको फ्रिकिकमा बक्समा रहेमा मोसेसले हेडर गर्ने प्रयास गरेका थिए । तर रेफ्रीले अफसाइडको इशारा गरे ।
पहेंलो कार्ड
चितवनका युसुफ मुबारिकलाई पहेँलो कार्ड देखाइएको छ ।
खेलाडी परिवर्तन
63'


अफ साइड
- सुरज ज्यु ठकुरी करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकमा बक्समा रहेका दिनेश राजवंशीले गोल हानेका थिए । तर रेफ्रीले अफसाइड दिए ।

चितवनको लामो पास । तर रफिक अमिनुले बल भेट्नु अघि नै पोखराका गोलकिपर प्रिसोले बक्स बाहिर आएर बल क्लियर गरेका छन् ।
Second Half Kick Off
Half Time
फ्री किक
चितवनका अफ्रिए अक्वाह प्रहार गरेको फ्रिकिक पोखराका खेलाडी क्लियर गर्ने क्रममा बाहिर गएको छ । चितवनलाई कर्नर किक ।

पहिलो हाफको अन्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

चान्स । पोखराका आयुष घलानले उपलब्ध गराएको क्रसमा स्टेफेनले बललाई पोष्टको दिशा दिन सकेनन् । छिरिङको उत्कृष्ट क्लियरेन्स
पहेंलो कार्ड
पोखराका खेलाडीलाई बल खोस्ने क्रममा फल हानेपछि चितवनका उत्सव राईलाई पहेँलो कार्ड देखाइएको छ ।


चान्स !! चितवनका टोरिक जेबरिनले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
कर्नर किक
पोखराका मोसेसले बक्सबाट हानेको पावरफुल सट चितवनका डिफेण्डरलाई लाग्दै बाहिरिएपछि पोखराले कर्नरले पाएको थियो । एन्जल महर्जनले हानेको कर्नर कि मोसेसले हेड गर्ने प्रयास गरेपनि भेट्न सकेनन् ।

पोखराका मोसेसको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सहजै बचाए ।

चितवनका विमल घर्ती मगरले राम्रो क्रस दिएका थिए । तर बक्समा रहेका रफिक अमिनुले हेड गर्ने प्रयास गरेका थिए तर बल भेट्न सकेनन् ।

पोखराका मोसेसले डी बक्स भित्र राम्रो पास निकालेका थिए । तर उनको पासमा स्टेफेन कोजोले गरेको प्रहार चितवनका डिफेन्डरलाई लागेर फर्कियो ।


पोखराका मार्की आयुष घलानले बक्स बाहिरबाट प्रहार गरेको लेफ्ट फुटेट सट पोष्ट नजिकैबाट बाहिरियो ।

पोखरा र चिनवन दुवैमा आइकोनिक प्लेअर छन् । अष्ट्रेलिया गएका दिनेश राजवंशी र विमल घर्ती मगर एनएसएलमा आइकोनिक प्लेअर बनेर पर्किएका छन् । दिनेश पोखराको कप्तान समेत हुन् । विमल चितवनबाट जर्सी नम्बर १० लगाएर खेलिरहेका छन् ।

पोखराका मोसेस ग्यावाहको क्रस सहकर्मी स्टेफेन कोजोले भेट्न सकेनन् ।

सुरुवाती दश मिनेटमा चितवनले आक्रमक खेल खेलिरहेको छ । टोरिक जेबरिनले दायाँ भागमा विमललाई पास दिएका थिए तर भेट्न सकेनन् ।

चितवनका रफिक अमिनुले बक्सभित्रबाट गोल गर्ने अवसर गुमाए । उनलाई टोरिक जेबरिनले पास दिएका थिए । तर फिनिस गर्न सकेनन् ।



नेपाल सुपर लिग २०२३ को दोस्रो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
Full Time