+
+

Pokhara Vs Kathmandu

२०८० मंसिर २५, सोमबार
Pokhara Thunders
Pokhara Thunders
Aayush Ghalan(59)
1 - 2 Full Time
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Nkgngue Junior(83),Shokhrukh Mahmudxojiyev(90+4)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
अन्तिम सात मिनेटमा दुई गोल गर्दै काठमाडौंले पोखरा विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । यससँगै काठमाडौंले लगातार तीन खेलको जितविहिन यात्रा टुङ्ग्याएको छ । ५ खेलबाट ८ अंक जोड्दै शीर्ष चारमा उक्लेको छ । काठमाडौंले पोखरा र धनगढी एफसी समान अंक जोडेको छ । पोखराको चार खेलको अपराजित यात्रा समाप्त भएको छ ।
Full Time
Full Time
९0+6'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका पेम्बा शेर्पालाई पहेँलो कार्ड ।

90+5'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक।  गोलकिपर प्रिसो पनि अन्तिममा अघि आएका छन् । सुरज ज्युको फ्रिकिकमा पोखराका खेलाडीको हेडर बाहिर गएको छ ।

90+4'
Goal
Kathmandu Rayzrs FC - Shokhrukh Mahmudxojiyev
GOAL !

goal!! काठमाडौंले इन्जुरी टाइममा गोल गर्दै अग्रता लिएको छ । काठमाडौंका शोखरुले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए । उनले पोखराका किपर प्रिसो अघि बढेको अवस्थामा उनलाई बिट गर्दै भलिबल प्रहार गरेको बल गोल भएको हो ।

90+2'
substitute

खेलाडी परिवर्तन

काठमाडौँले खेलाडी परिवर्तन गरेको छ । दिपेश गुरुङको स्थानमा अमिल रावल मैदान प्रवेश गरेका छन् ।

90'
Commentry

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

87'
substitute

खेलाडी परिवर्तन

पोखराले पनि खेलाडी परिवर्तन गरेको छ । मोसेस ग्याबाहको स्थानमा पदम कुमार तामाङ मैदान प्रवेश गरेका छन् ।

87'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले  खेलाडी परिवर्तन गरेको छ । राजिव लोप्चनको स्थानमा पेम्बा डी लामा मैदान प्रवेश गरेका छन् ।

83'
Goal
Kathmandu Rayzrs FC - Nkgngue Junior
GOAL !

Goal !! काठमाडौंले बराबरी गोल फर्काएको छ । एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएको हो । पोखराका किपर प्रिसोले बचाउने प्रयास गरे पनि सकेनन् ।

82'
Commentry

पोखराका मोसेस ग्याबाहको प्रहारले काठमाडौंका किपर अन्जल श्रेष्ठलाई बिट गरिकसेको थियो । तर आन्द्रे नियाले बचाए ।

79'
corner

कर्नर किक

पोखरालाई कर्नर । आयुष घलानले कर्नर पास जोए आइडुलाई दिए । आइडुले फास्ट पोष्टका प्रहार गरेका थिए । तर काठमाडौँका किपर अन्जल श्रेष्ठले जम्प गर्दै बचाए ।

75'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका गोलकिपर प्रिसोलाई पहेँलो कार्ड देखाइएको छ । असिस्टेन्ट रेफ्रीसँग वादविवाद गर्न गएपछि उनलाई पहेँलो कार्ड देखाइएको हो ।

73'
Commentry

ohh chance for pokhara. पोखराका सुरज ज्यु ठकुरीले मोसेस ग्याबाहका लागि बक्समा क्रस उपलब्ध गराएका थिए । तर मोसेसले बक्स भित्रबाट हानेको प्रहार फितलो रह्यो ।

70'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । आन्द्रेस नियाको फ्रिकिक फितलो रह्यो । पोखराका खेलाडीले बक्स बाहिर आएर सहजै क्लियर गरे ।

68'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । हिसुब थपलियाले हानेको कर्नर पोखराका खेलाडीले क्लियर गरे ।

64'
corner

कर्नर किक

काठमाडौंका लागि कर्नर । कोमिवनले कर्नर पास कुलदिपलाई दिएका थिए । कुलदिपले फेरि कोमिवनलाई पास दिए । कोमिवनले हानेको प्रहारमा एनकुनगुए जुनियरले हेडर गरेका थिए तर बल पोष्ट नजिकैबाट बाहिरियो ।

60'
पहेंलो कार्ड

पहेंलो कार्ड

आयुष घलानलाई पहेँलो कार्ड देखाइएको छ । गोलपछि सेलेब्रेसन गर्दै ढिला आफ्नो भागमा फर्केपछि उनलाई पहेँलो कार्ड देखाइएको छ ।

59'
Goal
Pokhara Thunders - Aayush Ghalan
GOAL !

गोलपछि खुसी मनाउँदै आयुस । Goal !!  पोखराले अग्रता लिएको छ । मार्की आयुषले गोल गरे । स्टेफेन कोजो एनोरले हानेको शक्तिशाली प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाउने क्रममा पूर्ण रुपमा रोक्न सकेनन् र रिबाउन्डमा आयुषले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् ।

56'
corner

कर्नर किक

पोखरालाई कर्नर । सुरज ठकुरीको कर्नरमा कप्तान दिनेश राजवंशीले हेड गरेका थिए । तर त्यसपछि दिपेश आले मगरले पाएको बल प्रहार गर्न सकेनन् ।

53'
फ्री किक

फ्री किक

आयुष घलानले शोखरुखलाई लडाएपछि काठमाडौंलाई फ्रिकिक । कोमिवनले हानेको फ्रिकिक पोखराका खेलाडीले क्लियर गरे ।

48'
Commentry

  पोखराका मोसेस ग्याबाहले दायाँ भागबाट प्रहार गरेको बल काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाए ।

46'
substitute

खेलाडी परिवर्तन

काठमाडौँले खेलाडी परिवर्तन गरेको छ । सुशीलकुमार यादवको स्थानमा कुलदीप कार्की मैदान प्रवेश गरेका छन् । अन्जन राईले कप्तानी आर्मब्याण्ड कुलदीपलाई दिएका छन् ।

46'
substitute

खेलाडी परिवर्तन

पोखरा थण्डर्सले खेलाडी परिवर्तन गरेको छ ।  सन्जिव विष्टको स्थानमा दिपेश बले मगर  मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा पोखरा र काठमाडौंले गोलरहित बराबरी खेलेका छन् । पोखराले गोलका केही राम्रो अवसर पाएपनि काठमाडौंका खेलाडीले राम्रो बचाउ गरे भने क्रस बार पनि बाधक बन्यो ।
Half Time
Half Time
45+3'
फ्री किक

फ्री किक

काठमाडौँलाई आफ्नै भागबाट फ्रिकिक ।

45+2'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका मोसेस ग्याबाहलाई पहेँलो कार्ड देखाइएको छ ।

45+2'
Commentry

काठमाडौंका शोखरुखले हानेको प्रहार पोखराका किपर प्रिसोले बचाए ।

45'
Commentry

पहिलो हाफमा दुई मिनेट थप गरिएको छ ।

44'
corner

कर्नर किक

काठमाडौंका शोखरुखले हानेको प्रहार पोखराका कप्तान दिनेश राजंवशीले बचाउने क्रममा बाहिर गएपछि काठमाडौंले कर्नर पाएको छ ।

42'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । हिसुबले हानेको कर्नर पोखराका खेलाडीले क्लियर गरे ।

substitute खेलाडी परिवर्तन 41'

40'
offside

अफ साइड

पोखराका मोसेसले सट प्रहार गरेका थिए । उनको प्रहार क्रस बारमा लागेर पोष्ट भित्र पसेको थियो । तर सहायक रेफ्रीले अफसाइड झण्डा देखाए ।

38'
Commentry

पोखरालाई अर्को मौका तर यहाँ अभागी । सुरज ज्यु ठकुरीको लामो क्रसमा बक्समा रहेका मोसेसले हेड गरेका थिए । तर उनको हेडर क्रस बारमा लागेर फर्कियो । काठमाडौंको संकट फेरि टरेको छ ।

35'
corner

कर्नर किक

Ohh! another save from Kathmandu !! पोखराका सुरज ज्यु ठकुरीको कर्नरमा मोसेसले दायाँ साइटको ६ यार्ड बक्सबाहिरबाट हेड गरेका थिए । तर काठमाडौंका राजिव लोप्चनले गोल लाइनबाटै हेड गरेर बल क्लियर गरे ।

34'
Commentry

ohh!! काठमाडौंका आन्द्रेस नियाले बल क्लियर गर्दै संकट टारेका छन् । पोखराका मोसेसले हानेको बलमा काठमाडौंका किपर अन्जल श्रेष्ठ बिट भइसकेको अवस्थामा नियाले बल बाहिर फाल्दै बचाए । मोसेस गोल हुनेमा ढुक्क जस्तै देखिएका थिए । तर नियाले दाहिने साइटबाट आएर गोल लाइन नजिकैबाट बल बाहिर पठाए । पोखरालाई कर्नर ।

32'
Commentry

काठमाडौंका कप्तान अन्जन राईले दायाँ भागबाट बक्समा क्रस उपलब्ध गराएका थिए । तर उनका कुनै पनि टिममेट बल सम्म पुग्न सकेनन् ।

31'
Commentry

काठमाडौंका सुशिल कुमार यादवले बायाँ कर्नर साइडबाट हानेको लङ सट क्रस बारको माथिबाट बाहिर गयो ।

30'
corner

कर्नर किक

काठमाडौंका खमिर गिल्सनले हानेको कर्नरमा एनकुनगुए जुनियरले हेड गरेका थिए । तर उनको हेडर बाहिर गयो ।

29'
फ्री किक

फ्री किक

काठमाडौँलाई बक्स बाहिर फ्रिकिक प्राप्त भएको छ । शोखरुखले सिधै पोष्टमा हानेको किक पोखराका किपर प्रिसोले बचाएका छन् । बचाउने क्रममा बाहिर गएपछि काठमाडौँलाई कर्नर ।

27'
Commentry

काठमाडौंका शोखरुखले बक्समा प्राप्त बल कन्ट्रोल गरेर हान्ने प्रयास गरेका थिए । तर सफल भएनन् ।

27'
offside

अफ साइड

पोखराका खेलाडी अफसाइड ।

24'
Commentry

पोखरा लगातार आक्रमणमा छ । सुरज ज्युको पासमा मोसेसले दायाँ साइटबाट हानेको प्रहार काठमाडौंका गोलकिपर अन्जल महर्जनले बचाए ।

23'
corner

कर्नर किक

पोखराका मोसेसले हानेको बल काठमाडौँका अन्जन राईलाई लागेर बाहिर गएपछि पोखरालाई कर्नर । सुरज ज्यु ठकुरीले हानेको कर्नर काठमाडौंका अन्जन राईले क्लियर गरे ।

18'
Commentry

पोखराका मोसेस ग्याबाहले काठमाडौंका आन्द्रेस नियालाई छक्काउँदै दायाँ साइडबाट सिधै पोष्टमा हानेको प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले सहजै बचाए ।

15'
corner

कर्नर किक

पोखराका आयुष घलानले दायाँ साइडबाट हानेको कर्नर काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले पन्च गर्दै बचाए ।

14'
Commentry

पोखराका मोसेस ग्याबाहले बक्स बाहिरबाट सेकेण्ड बारमा हानेको प्रहार काठमाडौंलाई लाग्दै पोष्ट नजिकैबाट बाहिरियो । पोखरालाई कर्नर ।

12'
Commentry

पोखराका कप्तान दिनेश राजवंशीले बायाँ भागमा प्राप्त फ्रिकिक सुरज ज्यु ठकुरीलाई सट पास दिएका थिए ।  सुरज ज्यु ठकुरीको क्रसमा फ्रांकलिन क्युटे टालाले हानेको हेडर पोष्टको फ्रेममा पर्न सकेन ।

10'
offside

अफ साइड

पोखराका खेलाडी अफसाइड ।

9'
फ्री किक

फ्री किक

पोखरालाई आफ्नो क्षेत्रबाट फ्रिकिक ।

4'
Commentry

पोखराका मोसेस ग्याबाहले करिब ३० यार्डबाट हानेको लङ सट बारमाथिबाट बाहिरियो । उनले आफ्नो भाग्य परिक्षण गरेपनि बल फ्रेममा पर्न सकेन ।

3'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

Kick Off
Kick Start
Commentry
पोखरा थण्डर्स निलो र काठमाडौं रेजर्स रातो जर्सी (तस्वीर) लगाएर खेल्दैछ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
Commentry
काठमाडौं रेजर्सविरुद्ध पोखराको प्लेइङ ११ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।   अपराजित पोखरा चार खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ । पोखरालाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । साविक विजेता काठमाडौं भने पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएपछि चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
Commentry
साविक विजेता काठमाडौंले पोखरा विरुद्धको खेलका लागि पहिलो रोजाईँमा चार खेलाडी परिवर्तन गरेको छ । जसमा कप्तान कुलदिप कार्की, मार्की हिसुब थपलिया, गोलकिपर अभिषेक बराल र गणेश हमाल बेन्चमा छन् । उनीहरुको सट्टा गोलकिपर अन्जल श्रेष्ठसहित राजिव लोप्चन, दिपेश गुरुङ र खमिर गिल्सन पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत २१औं खेलमा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC