Butwal Vs Jhapa

Butwal Lumbini FC

Jhapa FC

Full Time
पहेंलो कार्ड
बुटवलका एर्नेस्ट तम्पीलाई पहेँलो कार्ड देखाइएको छ ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । जोर्ज सान्चेजको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
झापालाई लगातार दुई कर्नर ।
फ्री किक
झापाका ओचिलोभले फ्रिकिकलाई बक्समा रहकेा प्रदिप लामालाई पास दिएका थिए ।तर प्रदिपको प्रहार फितलो रह्यो । बल पोष्ट नजिकबाट बाहिरियो ।
पहेंलो कार्ड
बुटवलका मुख्य प्रशिक्षक विजय महर्जनलाई पहेँलो कार्ड ।
फ्री किक
झापालाई फ्रिकिक ।

खेलको अन्त्यमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
झापाका किपर क्युपिकलाई पहेँलो कार्ड ।

बुटवलका जिलेस्पी जंग कार्कीको फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
खेलाडी परिवर्तन
बुटवलले दुई खेलाडी परिवर्तन गरेको छ । पासाङ लामाको स्थानमा अशोक थापा र मणि कुमार लामाको स्थानमा जन्मे जय धामी मैदान प्रवेश गरेका छन् ।

झापाका आवासको पासमा जोर्ज सान्चजेको प्रहार बुटवलका किपर मोहमोदवउले बचाउने क्रममा पोष्टमा लागेर फर्कियो । रिबाउन्डमा समिराज थोकरले हानेको हेडर किपरले बचाए ।
खेलाडी परिवर्तन
झापाले दुई खेलाडी परिवर्तन गरेको छ । कप्तान अन्जन विष्टको स्थानमा उज्वल राई तथा प्रशान्त लक्षमको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन्

झापाका प्रदिप लामाले बक्समा राम्रो अवसर पाएका थिए तर उनले बल प्रहार गर्न ढिला गरे ।
फ्री किक
बुटवललाई बक्स भन्दा केही बाहिर फ्रिकिक प्राप्त भएको छ । तर एरिक विष्टको प्रहार फितलो रह्यो । एरिक विष्टले ग्राउण्ड सट हानेका थिए । झापा खेलाडीलाई लाग्दै फर्केको बलमा उनले पेरि गरेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

बुटवलका स्टेफेन विनोङले बक्स भित्र पाएको पासलाई कन्ट्रोल गर्दै प्रहार गरेका थिए । तर पोष्ट भन्दा बाहिर गयो ।

बुटवलका सर्ज सोङले बक्स बाहिरबाट हानेको लेफ्ट फुटेट सट फ्रेममा पर्न सकेन ।
फ्री किक
बुटवल लुम्बिनीलाई फ्रिकिक । कप्तान एरिक विष्टले सिधै पोष्टमा हानेको प्रहार झापाका किपर क्युपिकले सहजै बचाए ।


झापाका सुदिप श्रेष्ठ घाइते भएपछि मैदान बाहिर ल्याएर मेडिकल टिमले ट्रिटेमेन्ट गर्दैछ । उनी ठिक भएर मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
बुटवलले पनि खेलाडी परिवर्तन गरेको छ । आशिष लामाको स्थानमा चन्द दास मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । लक्ष्मण रुचालको स्थानमा प्रदिप लामा मैदान प्रवेश गरेका छन् ।

झापाका समन्दरले आवास लामिछानेलाई सट पास दिएका थिए । आवासले अन्जन विष्टलाई पास दिएका थिए । अन्जनले बल कन्ट्रोल गर्दै बक्स भित्रबाट हानेको भलिबल क्रस बार माथिबाट बाहिरियो ।
फ्री किक
झापालाई आफ्नै क्षेत्रमा फ्रिकिक
पहेंलो कार्ड
बुटवलका कप्तान एरिक विष्टलाई पहेँलो कार्ड देखाइएको छ ।
पहेंलो कार्ड
- बुटवलका मणि कुमार लामालाई पहेँलो कार्ड देखाइएको छ । मणि कुमारले पाएको यो तेस्रो पहेँलो कार्ड हो । उनले अब एक खेल गुमाउनेछन् ।
Second Half Kick Off

Half Time

पहिलो हाफमा दुई मिनेट थप गरिएको छ ।

झापालाई आफ्नो क्षेत्रमा फ्रिकिक ।
खेलाडी परिवर्तन
बुटवलले खेलाडी परिवर्तन गरेको छ । सरोज तामाङको स्थानमा गौरव श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

झापालाई अर्को अवसर । सुमित श्रेष्ठको पासमा सान्चेजले हानेको प्रहार बुटवलका खेलाडीलाई लागेर बाहिर गयो । झापाले कर्नर पाएको छ । अन्जनले ओचिलोभला२ सट पास दिएका थिए तर उनको प्रहार बाहिर गयो ।
- GOAL !!! झापाले अग्रता लिएको छ । कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्याएर प्रहार गरेको बल गोल भएको हो । यस सिजन झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।
पहेंलो कार्ड
- झापाका कप्तान अन्जन विष्टलाई विपक्षीको बक्समा डाइभ हानेको भन्दै रेफ्री सुरोजित दासले पहेँलो कार्ड देखाएका छन् ।
फ्री किक
बुटवललाई फ्रिकिक । सरोज तामाङले हानेको फ्रिकिक पोष्टको फ्रेममै पर्न सकेन ।
कर्नर किक
बुटवललाई कर्नर । मणि कुमार लामाले हानेको कर्नर झापाका खेलाडीले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि बक्समा सर्ज सोङले भेट्टाएका थिए । तर सोङको प्रहार बार माथिबाट बाहिरियो ।

झापाका लक्ष्मण रुचालको क्रसमा कप्तान अन्जनले बक्सबाट हानेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

झापाका छिरिङ लामाको क्रसममा बक्समा रहेका जर्ज सान्चेज कानिलासले हानेको प्रहार बुटवलका किपर मोहमोदोउले बचाए । झापा लगातार आक्रमण गरिरहे पनि गोल गर्न सकेको छैन ।

- झापाका कप्तान अन्जन विष्टले प्रशान्त लक्षमको पासमा बक्स बाहिरबाट हानेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले बचाएका थिए । त्यससपछि रिबाउन्डमा लक्ष्मण रुचालले हानेको प्रहार बाहिर गयो ।

झापाका सुदिप श्रेष्ठले बक्स बाहिर प्राप्त बल सिधै पोष्टमा प्रहार गरेका थिए । तर उनको प्रहार सेकेण्ड बार भन्दा बाहिर गयो ।

- Ohh!! बुटवलले राम्रो मौका गुमाएको छ । सरोज तामाङले बायाँ साइडबाट दिएको क्रसमा स्टेफेन विनोङले सर्ज सोङलाई पास मिलाइ दिएका थिए । सोङले हानेको बल सेकेण्ड बारमा लागेर फर्कियो । रिबाउन्डमा सोङले नै हानेको प्रहार झापाका किपर क्युपिकले बचाउने क्रममा बाहिर गयो । बुटवललाई कर्नर ।

झापाका अन्जन विष्टको पासमा जोर्ज सान्चेजको प्रहार बुटवलका किपर मोहमोदोउले बचाउने क्रममा बाहिर गएपछि झापालाई कर्नर । समानदर ओचिलोभले हानेको कर्नर बुटवलका किपर मोहमोदोउले पन्च गर्दै बचाए ।

झापाका लागि अवसर थियो । सुमित श्रेष्ठले बायाँ भागबाट बक्सका क्रस दिएका थिए । तर जोर्ज सान्चेजले बल प्रहार नगरी छाडे ।

बुटवलका स्टेफेन विनोङले बक्सबाट आशिष लामालाई क्रस दिएका थिए । तर आशिषको प्रहार डिफ्लेक्ट हुँदै झापाका किपर स्टेफन क्युपिकको हातमा पुग्यो ।

झापाका सुमित श्रेष्ठको क्रसमा जवर्ज सान्चेजले बक्समा बल पाएका थिए । तर उनले बल प्रहार गर्न सकेनन् र मैदानमा लडे ।


Kick Start



