Birgunj Vs Ilam

Birgunj United

Sporting Ilam De Mechi FC



- रेफ्रीले खेल सकिएको हुसिल फुकेपछि इलामका खेलाडीहरु रेफ्रीप्रति आक्रमक देखिएका छन् । कप्तान विकेशले रेफ्रीसँग विवाद गर्दा दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड देखाए । इलामका खेलाडीहरु मैदानमा झन् उत्तेजित बनिरहेका छन् ।
Full Time
कर्नर किक
इलामलाई कर्नर ।
कर्नर किक

इलामका सन्तोष खत्रीको प्रहार वीरगंजका किपर दिप कार्कीले बचाए ।

रातो कार्ड
इलामका गोलकिपर प्रशिक्षक उज्वल मानन्धरलाई रातो कार्ड देखाइएको छ ।
GOAL !! विलियम ओपोकुुले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गरे । वीरगंजले २-१ को अग्रता बनाएको छ ।
पहेंलो कार्ड
इलामका कप्तान विकेश कुथुलाई पहेँलो कार्ड देखाइएको छ ।
पेनाल्टी
penalty!! यहाँ खेलले नाटकिय मोड लिएको छ । अन्तिम समयमा रेफ्री कबिन व्यन्जनकारले वीरगंजलाई पेनाल्टी दिएका छन् । वीरगंजका सुनिल खड्काले बल अगाडि बढाइरहेको बेला बल रोक्ने प्रयासमा लडेका इलामका सुरज बस्नेतले बल ह्याण्ड गरेको भन्दै वीरगंजले पेनाल्टी दिइएको छ । सुरजले जानेर बल ह्यान्ड गरेका थिएनन् । उनको हाले हल्का छोएको जस्तो देखिएको थियो ।
कर्नर किक
इलामलाई अर्को कर्नर ।
कर्नर किक
इलामलाई कर्नर ।
फ्री किक
इलामलाई फ्रिकिक । नविन लामाले हानेको फ्रिकिक वीरगंजका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएको छ ।

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
इलामले दुई खेलाडी परिवर्तन गरेको छ । आशिष चापागाईँको स्थानमा सौरभ लिम्बु र भरत खवासको स्थानमा नविन लामा मैदान प्रवेश गरेका छन् ।

इलामका आशिष चापागाईँले बक्सबाट हानेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको छ । उनी केही घाइते भएका छन् । मैदानमै उनको टिटमेन्ट भइरहेको छ ।
खेलाडी परिवर्तन
वीरगंजले खेलाडी परिवर्तन गरेको छ । घाइते विशोन गुरुङको स्थानमा सुनिल खड्का मैदान प्रवेश गरेका छन् ।

वीरगंजका विशोन गुरुङ घाइते भएका छन् । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएको छ । उनी मैदान बाहिर आएपछि आफैँ हिँडेर प्लेअर बक्सतिर आउँदैछन् ।
फ्री किक
इलामलाई फ्रिकिक ।

वीरगंजले राम्रो अवसर बनाएको थियो । तर सदुपयोग गर्न सकेन ।सुरुमा तेज तामाङको क्रसमा कृपा कान्तले हानेको प्रहार फितलो रह्यो । त्यसपछि विशोन गुरुङले सट हान्ने प्रयास गरेपनि सफल भएनन् र इलामका खेलाडीले क्लियर गरेको बल वीरगंजका दिपेन्क सिंहले पाए । उनको पासमा विलियम ओपोकुले बक्सबाट हानेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
खेलाडी परिवर्तन
वीरगंजको खेलाडी परिवर्तन । ओबेड ओसुवुको स्थानमा कृपा कान्त महतो थारु मैदान प्रवेश गरेका छन् ।

कर्नर किक
वीरगंजलाई कर्नर । विलियम ओपोकुको कर्नर इलामका खेलाडी क्लियर गरिदिए ।
खेलाडी परिवर्तन
इलामको खेलाडी परिवर्तन । ओमार थिओमको स्थानमा दिपेश घले मैदान प्रवेश ।

इलामका इब्राहिमले बायाँ भागबाट गरेको क्रममा आशिष चापागाईँले हानेको हेडरले पोष्टको दिशा लिन सकेन ।
फ्री किक
इलामलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक । तर इब्राहिमको प्रहार वीरगंजका खेलाडीले क्लियर गरे ।
फ्री किक
इलामका सन्तोष खत्रीलाई फल । इलामले आफ्नै क्षेत्रमा फ्रिकिक पाएको छ ।
कर्नर किक
इलामलाई कर्नर । इब्राहिमको कर्नर वीरगंजका खेलाडीले क्लियर गरे ।
Second Half Kick Off

Half Time
कर्नर किक
इलामलाई कर्नर ।

इलामका अमाथ ड ले बक्सको थोरै बाहिरबाट अर्को प्रहार गरेका थिए । तर यस पटक पनि बल पोष्टको फ्रेममा पर्न सकेन ।

इलामका अमाथ ड ले करिब २५ यार्डबाट हानेको ग्राउण्ड सटले पोष्टको दिशा लिन सकेन ।

वीरगंजका ओबेड ओवुसुको प्रहार फितलो रह्यो । इलामका किपर विकेश कुथुले सजिलै बल बचाए ।

पहिलो हाफमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
वीरगंजले कर्नर पाएको छ ।
कर्नर किक
इलामले कर्नर पाएको छ ।
पहेंलो कार्ड
- वीरगंजका सुदिप गुरुङलाई फल गरेपछि इलामको अमाथ डलाई ले पहेँलो कार्ड देखाइएको छ ।

- वीरगंजका खेलाडी सिमान्त थापालाई उपचारका लागि एम्बुलेन्समा अस्पताल नै लगिएको छ ।
- GOAL !! वीरगञ्जले बराबरी गोल फर्काएको छ । सुशील लामाको बक्समा हानेको क्रसमा विशोन गुरुङले वान टचमा गोल गरे । इलामका किपर विकेश कुथुले बचाउने प्रयास सफल भएन । बल उनको दुई खुट्टामा लागेर टाङमुनिबाट छिरेर जाली चुम्न पुग्यो । विशोनले बल बोकेर साथीहरुसँग खुसी मनाए ।
फ्री किक
इलामलाई फ्रिकिक । इब्राहिमले जिटेको हानेको फ्रिकिक वीरगंजका खेलाडीले क्लियर गरे ।
पहेंलो कार्ड
वीरगंजका अइकिन्स बाफोरलाई पहेँलो कार्ड देखाइएको छ ।
फ्री किक
वीरगंजका विलियम ओपोकुकले हानेको फ्रिकिक सिधै पोष्टमा । तर इलामका किपर विकेश कुथुको अगाडि ड्रप भयो र विकशले सहजै बचाउ गरे ।

- वीरगंजका खेलाडी सिमान्त थापा घाइते भएका छन् । उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।
कर्नर किक
वीरगंजले गोल पर्काउने प्रयास विफल भएको छ । विलियम ओपोकुको कर्नरमा अइकिन्स बाफोउरले हानेको प्रहार इलामका सुरज बस्नेतले किपर विकेश कुथु भन्दा अघि बाट क्लियर गरे ।

इलामले लगातार पोष्टमा आक्रमण गरिरहेको छ । सुरज बस्नेतको क्रशमा ओमार थिओमले बक्सबाट प्लाइङ सट हानेका थिए । तर बल क्रस बार माथिबाट बाहिरियो ।

इलामलाई मौका । इब्राहिम जिटेको क्रसमा पोडे कामाराले बक्सबाट हानेको प्रहार आकाशियो ।
- GOAL !! इलामले अग्रता लिएको छ । वीरगञ्जका ३ जना डिफेन्डरबाट बिट भएको बललाई आशिष चापागाईँले बक्स भित्रबाटै हानेर सिधै जाली चुमाए । वीरगञ्जका किपर दीप कार्कीले बल रोक्न सामान्य प्रयास त गरेका थिए । तर त्यो प्रयास प्रयाप्त भएन ।
फ्री किक
इलामलाई फ्रिकिक । इब्राहिमको फ्रिकिक वीरगंजका खेलाडीले क्लियर गरे ।

इलामका अमाथ ड ले लामो प्रहार प्रयास गरेका थिए । तर उनको सट पोष्टको फ्रेममा पर्न सकेन ।

इलामका इब्राहिम जिटे सामान्य समस्यामा देखिएका छन् । उनी मैदान बाहिर आएर ठिक हुँदै मैदान प्रवेश गरिसकेका छन् ।

- इलामका गोलकिपर विकेश कुथुले बक्स बाहिर आएर हेड गर्दै बल क्लियर गरे ।

पहिलो मिनेटमै आक्रमणका वीरगंज । विलियम ओपोकुलुे बक्समा प्राप्त बल सिधै प्रहार गरेका थिए । तर फ्रेममा पर्न सकेन ।
Kick Start


- घाइते भएकोले पछिल्लो खेल गुमाएका इलामका मार्की तथा कप्तान विकेश कुथु आज पहिलो रोजाईँमा खेल्दैछन् ।


- इलाम मरुन र वीरगंज सेतो जर्सी लगाएर खेल्दैछ ।

