Chitwan Vs Dhangadhi

FC Chitwan

Dhangadhi FC

Full Time
फ्री किक
चितवनका अक्वाहले फ्रिकिक हानेका थिए तर धनगढीका खेलाडीले क्लियर गरे ।
पहेंलो कार्ड
धनगढीका डियाग्ने फालोउलाई पहँलो कार्ड देखाइएको छ । चितवनले फ्रिकिक पाएको छ ।
कर्नर किक
चितवनलाई कर्नर । राजेश परियारको कर्नर सुरुमा धनगढीका किपर टिकेन्द्र थापाले पन्च गरेका थिए । तर त्यसमा रिबाउन्ड बल चितवनका अक्वाहले पोष्टमा प्रहार गरेका थिए । धनगढीका रिचर्डले गोल लाइनबाट बल क्लियर गर्दै संकट टारे ।

खेलको अन्त्यमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

धनगढीका सुरेश कुमाल र चितवनका गोलकिपर विशाल श्रेष्ठ बलतर्फ कुद्दा एक आपसमा जुधेर हल्का समस्यामा छन् । सामान्य ट्रिटमेन्ट पछि दुवै खेल्न तयार ।
खेलाडी परिवर्तन
चितवनले पनि खेलाडी परिवर्तन गरेको छ । नवयुग श्रेष्ठको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । रोहन कार्कीको स्थानमा हेमन्त श्रेष्ठ र अहमद हिजाजीको स्थानमा सुरेश कुमाल मैदान प्रवेश गरेका छन् ।

चितवनका विक्रम धिमालको क्रसमा नवयुग श्रेष्ठले हेड मार्फत मिलाएको पासमा रफिक अमिनुले बक्सबाट हेड गरेको बल सिधै धनगढीका किपर टिकेन्द्र थापाको हातमा ।

धनगढीका निशान लिम्बुको लामो पासमा अहमद हिजाजीले बल कन्ट्रो गर्दै बक्ससम्म पुर्याएका थिए । तर उनको प्रहार टार्गेटमा रहन सकेन ।
खेलाडी परिवर्तन
चितवनले खेलाडी परिवर्तन गरेको छ । मार्को इभानोभिचको स्थानमा विक्रम धिमाल मैदान प्रवेश गरेका छन् ।

धनगढीका निशान लिम्बुले दायाँ साइडबाट बक्समा क्रस दिएका थिए । तर अहमद हिजाजीले बल भेट्नुअघि नै चितवनका खेलाडीले क्लियर गरे ।
पहेंलो कार्ड
बल रिलिज गर्न ढिला गरेपछि रेफ्रीले धनगढीका किपर टिकेन्द्र थापालाई पहेँलो कार्ड देखाएका छन् ।

धनगढीका रणदिप पौडेलले बायाँ भागबाट बक्समा लामो क्रस गरेका थिए । बल चितवनका गोलकिपर विशाल श्रेष्ठले जम्प गर्दै बचाउने क्रममा हातबाट भुँइमा ड्रप भयो र पछि समाते ।

चिनवनका टोरिक जेबरिनले लङ सट प्रहार गरेका थिए । तर बल पोष्टको फ्रेममा पर्न सकेन ।
खेलाडी परिवर्तन
चितवनले खेलाडी परिवर्तन गरेको छ । एक राज बुढाथोकीको स्थानमा रोशन राना मगर मैदान प्रवेश गरेका छन् ।

धनगढीका रामचन्द्र वाजीको प्रहार फ्रेममा पर्न सकेन ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । आफिज ओलावालेको स्थानमा निशान लिम्बु मैदान प्रवेश गरेका छन् ।
फ्री किक
धनगढीका फालोउले टोरिकलाई लडाएपछि चितवनले फेरि फ्रिकिक पाएको छ ।
फ्री किक
चिनवनलाई फ्रिकिक । विमल घर्तीमगरले हानेको फ्रिकिक बक्समा रहेका टिममेटले भेट्न सकेनन् । बल बाहिर गयो ।
कर्नर किक
धनगढीलाई कर्नर । कमल श्रेष्ठले हानेको कर्नरमा बक्समा डियाग्ने फालोउले हेड गर्ने प्रयास गरेका थिए तर उनले बल भेटेनन् ।

what a miss!! धनगढीका आशिष चौधरीले खाली पोष्टमा गोल हान्न सकेनन् । ओलावाले आफिजले चितवनका किपर विशाल श्रेष्ठलाई बिट गर्दै बायाँ भागबाट बक्समा क्रस दिएका थिए । तर मार्की आशिषले फ्रि चान्समा पनि गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो । धनगढीले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।
खेलाडी परिवर्तन
- धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । फोडे फोफानाको स्थानमा आशिष चौधरी र अभिषेक गुरुङको स्थानमा राम चन्द्र वाजी मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर ।
कर्नर किक
चितवनलाई कर्नर ।
फ्री किक
चितवनलाई फ्रिकिक । अक्वाहको फ्रिकिकमा बक्समा रहेका नवयुग श्रेष्ठले हेड गरेका थिए । तर धनगढीका किपर टिकेन्द्रले पन्च गर्दै बचाए ।
फ्री किक
चितवनका खेलाडीले फोडे फोफानालाई लडाएपछि धनगढीलाई फ्रिकिक प्राप्त । कमल श्रेष्ठले हानेको फ्रिकिक चितवनका खेलाडीले क्लियर गरेका छन् ।

चितवनका अक्वाहले बक्स बाहिरबाट विमल घर्ती मगरलाई बक्समा पास दिएका थिए । तर धनगढीका रणदिप पौडेललाई बिट गर्दै प्रहार गरेको बल चितवनका किपर विशाल श्रेष्ठले बचाए ।
Second Half Kick Off

Half Time
कर्नर किक
चितवनका टोरिक जेबरिनले हानेको कर्नर धनगढीले खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि चितवनले फेरि कर्नर पाएको छ । जेबरिनले नै हानेको कर्नर टिकेन्द्रले पन्च गरेका थिए । त्यसपछि पनि चितवनले थप तीन कर्नर हानेपनि गोल गर्ने सकेन ।

Penalty saved !! चितवनका विमल घर्ती मगरले हानेको पेनाल्टी धनगढीका किपर टिकेन्द्र थापाले बचाएका छन् । टिकेन्द्रले दायाँ तर्फ डाइभ गर्दै बचाएको बल बाहिर गएपछि चितवनले कर्नर पाएको छ ।
पेनाल्टी
penalty!! चितवनले पेनाल्टी पाएको छ । धनगढीका रिचर्डले बल ह्यान्ड गरेपछि चितवनलाई पेनाल्टी ।

धनगढीका अभिषेक गुरुङ केही समस्यामा देखिएका छन् । उनलाई मैदान बाहिर ल्याइएको छ ।

पहिलो हाफमा ४ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
चितवनले कर्नर पाएको छ । विमलले हानेको कर्नर बाहिर गयो ।
फ्री किक
चितवनका छिरिङ गुरुङले अहमद हिजाजजीलाई लडाएपछि धनगढीले बायाँ कर्नर साइडमा फ्रिकिक पाएको छ । तर कमल श्रेष्ठले हानेको कर्नर दायाँ साइडबाट बाहिर गएको छ ।

चितवनका छिरिङ गुरुङले हानेको प्रहार धनगढीका खेलाडीलाई लागेर बाहिर गएपछि चितवनलाई कर्नर प्राप्त । विमलले हानेको कर्नर धनगढीका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि चितवनले फेरि कर्नर पाएको छ ।
पहेंलो कार्ड
धनगढीका फोडे फोफानालाई पहेँलो कार्ड ।

चितवनका रफिक अमिनुले एक्लै बल अगाडि बढाइरहेका थिए । तर उनले पास नदिई बक्स बाहिरबाट सिधा प्रहार गरेको बल पोष्टको फ्रेममा पर्न सकेन ।
फ्री किक
चितवनलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक । धनगढीका खेलाडी यो निर्णयबाट सन्तुष्ट छैनन् । फोडे फोफानाले रेफ्रीसँग असन्तुष्टी पोखेका थिए । चितवनका अक्वाहले हानेको फ्रिकिकमा चितवनका खेलाडी अफसाइड भए ।
अफ साइड
चितवनका खेलाडी अफसाइड ।
पहेंलो कार्ड
- धनगढीले आफिज ओलावालेले पहेँलो कार्डको सामाना गरेका छन् । उनलेचितवनका मार्को इभानोभिच लडेका बेला बल हान्ने प्रयास गर्दा पहेँलो कार्ड पाएका हुन् ।
फ्री किक
चितवनलाई मध्य भाग नजिकबाट फ्रिकिक । अफ्रिसिए अक्वाहले हानेको फ्रिकिक धनगढीका खेलाडीले क्लियर गरे ।
फ्री किक
धनगढीका कप्तान देवेन्द्र तामाङले मध्य भाग नजिकबाट हानेको फ्रिकिक बक्समा टिममेटले भेट्न सकेनन् ।
कर्नर किक
धनगढीलाई कर्नर । कमल श्रेष्ठले कर्नर पास अहमद हिजाजीलाई दिएका थिए । हिजाजीले फेरि कमलला२ बल दिए । कमलको प्रहार चितवनका खेलाडीले क्लियर गरे ।
कर्नर किक
चितवनलाई कर्नर । विमल घर्ती मगरले हानेको कर्नर चितवनका खेलाडीले हेड गर्ने प्रयास गरेका थिए । तर धनगढीका फोडे फोफानाले क्लियर गरिदिए ।
फ्री किक
धनगढीलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक ।


- धनगढीले आज फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको छ । त्यसको परिणामले धनगढीले सुरुमै गोलको खाता समेत खोलेको छ । आज धनगढीका किपर मोहमद ताहा बेन्चमा छन् र उनको स्थानमा टिकेन्द्र थापाले पहिलो पटक पहिलो रोजाईँमा खेलिरहेका छन् ।
फ्री किक
चितवनका विमलले हानेको फ्रिकिक क्रस बार भन्दा माथिबाट बाहिरियो ।
पहेंलो कार्ड
चितवनका विमल घर्ती मगरलाई लडाएपछि धनगढीका रणदीप पौडेललाई पहेँलो कार्ड देखाइएको छ । चितवनले बक्स बाहिर फ्रिकिक पाएको छ ।
पहेंलो कार्ड
चितवनका मार्को इभानोभिचले पहेँलो कार्ड पाएका छन् ।
- GOAL !! धनगढीले दोस्रो मिनेटमै अग्रता लिएको छ । ओलावाले आफिजले उत्कृष्ट गोल गरे । रोहन कार्कीले दिएको पासमा ओलावालेले बक्स बाहिर चितवनका एक डिफेण्डरलाई छलाउँदै सेकेण्ड बारमा प्रहार गरेको बलले जाली चुम्यो । चितवनका किपर विशाल श्रेष्ठले रोक्ने कुनै अवसर पाएनन् ।

खेलको पहिलो मिनेटमै धनगढी आक्रमणमा । अहमद हिजाजीको पासमा ओलावाले आफिजले बक्स भित्रबाट हानेको प्रहार चितवनका खेलाडीले गोल लाइन अघिबाट बचाएका थिए । तर सहायक रेफ्रीले अफसाइड झण्डा उठाइदिए ।
Kick Start

- धनगढी पहेँलो जर्सी लगाएर मैदान उत्रिँदै छ ।


- आज चितवन निलो जर्सी लगाएर खेल्दैछ ।

