Lalitpur Vs Jhapa

Lalitpur City FC

Jhapa FC

Full Time

ललितपुरलाई मौका । विवेक पौडेलले बक्समा लामो क्रस दिएका थिए । इमोह इजेकेलले चेस्टले बल कन्ट्रवल गरेका थिए तर प्रहार गर्न भ्याएनन् । झापाका किपर क्युपिकले बचाए ।
फ्री किक
ललितपुरका फ्रिकिक । अनिल महर्जनको फ्रिकिकमा कप्तान अनन्त तामाङले हेडर गरेका थिए । तर बल सिधै झापाका किपर स्टेफन क्युपिचको हातमा गयो । उनले सहजै बचाए ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । जोर्ज सान्चेजको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
ललितपुरले दुई खेलाडी परिवर्तन गरेको छ । दिनेश हेन्जनको स्थान आदित्य शाक्य तथा निखिल कदमको स्थानमा अनिल महर्जन मैदान प्रवेश गरेका छन् ।
फ्री किक
झापालाई फ्रिकिक । समन्दर ओचिलोभले हानेको फ्रिकिक बक्समा कुनै खेलाडीले भेट्न सकेन ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त लक्षमको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
झाापले कर्नर पाएको छ । उज्वल राईले हानेको कर्नर अर्को छेउमा पुग्यो ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । ओमालामा करिमले हानेको बल झापाका खेलाडीलाई लाग्दै फर्केर मैदान बाहिर गयो ।
खेलाडी परिवर्तन
ललितपुरले खेलाडी परिवर्तन गरेको छ । सेसेहाङ आङदम्बे को स्थानमा रोशन पहारी मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
ललितपुरले कर्नर पाएको छ । निखिल कदमको कर्नर झाापका किपर क्युपिकले पन्च गरेर बचाए ।
फ्री किक
झापालाई फ्रिकिक । आवास लामिछानेको फ्रिकिक प्रहार सिधै ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले हातमा ।
खेलाडी परिवर्तन
- झापाले दुई खेलाडी परिवर्तन गरेको छ । अन्जन विष्टको स्थानमा प्रदिप लामा र लक्ष्मण रुचालको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् । अन्जनले कप्तानको आर्मब्यान्ड आवास लामिछानेलाई दिएका छन् ।

ललितपुरका निखिल कदमको पासमा दिनेश हेन्जनाले बक्स बाहिरबाट हानेको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरियो ।

झापाका अन्जन विष्ट फेरि समस्यामा देखिएका छन् । उनलाई ललितपुरका इजेकेलले फल गरेका थिए । केही बेरपछि अन्जन ठिक भएर उठेका छन् र खेल्न थालेका छन् ।

झापाका कप्तान अन्जन विष्टले आवास लामिछानेको पासमा बायाँ साइडबाट हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

ललितपुरका इमोह इजेकेलले एक्लै बल अगाडि बढाउँदै बक्सका रहेका पापा इबोउलाई पास दिएका थिए । तर पापाको प्रहार झापाका किपर स्टेफन क्युपिकले डाइभ गर्दै सेभ गरे ।

दोस्रो हाफको सुरुमै ललितपुर केही आक्रमक देखिएको छ । दिनेश हेन्जनले बक्समा क्रस दिएको बल निखिल कदमले ट्याप इन गर्ने प्रयास गरेपनि भेटेनन् । त्यसपछि सनिश श्रेष्ठले दायाँ साइडबाट दिएको क्रममा पापा इबोउले बक्सबाट हानेको हेडर बाहिरियो ।
Second Half Kick Off

Half Time
फ्री किक
झापाका समन्दर ओचिलोभले हानेको फ्रिकिक पोष्ट बाहिर गयो ।

ललितपुरका सनिश श्रेष्ठले लडाएपछि झापाका कप्तान अन्जन विष्ट केही समस्यामा देखिएका छन् । उनलाई मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ । अन्जनका लागि मैदानमा स्ट्रेचर नै लगिएको थियो । तर केही समयपछि अन्जन आफैँ मैदान बाहिर आए ।
फ्री किक
झापालाई फ्रिकिक ।

पहिलो हाफमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

Ohh!! ललितपुरका कप्तान अनन्तले बक्समा पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि झापाका जोर्ज सान्चेजले प्रहार रगेका थिए तर ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।

झापाका आवास लामिछानेले सुदिप श्रेष्ठको पासमा करिब ३५ यार्डबाट लामो सट हान्दै भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

ललितपुरका निखिल कदमको क्रमा इमोह इजेकेलल बक्सबाट हानेको हेडर फ्रेममा पर्न सकेन । पोष्ट भन्दा बाहिर गयो ।
कर्नर किक
ललितपुरका इमोह इजेकेलले हानेको बल झापाका विशाल बस्नेतले बचाउने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको छ । निखिख कदमको कर्नरमा कप्तान अनन्त तामाङको हेडर फितलो रह्यो ।
कर्नर किक
ललितपुरले कर्नर पाएको छ । पापा इबोउ केबेको बल झापाका विशालले रोक्ने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको हो ।
पहेंलो कार्ड
ललितपुरका विवेक पौडेलले अन्जन विष्टलाई लडाएपछि झापाले फ्रिकिक पाएको छ । रेफ्रीले विवेकलाई पहेँलो कार्ड देखाएका छन् ।
कर्नर किक
यहाँ अर्को ड्रामा भएको छ । ललितपुरका कप्तान अनन्त तामाङले बल रोक्न खोज्दा आफ्नै पोष्टको बाहिर गएको थियो । झापाका जोर्ज सान्चेज बलतर्फ दौडिरहेका थिए । असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको बलमा रेफ्री राम दासले निर्णय चेन्ज गर्दै झापालाई कर्नर दिएका छन् ।
कर्नर किक
ललितपुरले कर्नर पाएको छ ।
फ्री किक
झापालाई फ्रिकिक । तर समन्दर ओचिलोभले बायाँ भागबाट हानेको बल पोष्ट भन्दा बाहिर गयो ।

बक्सतर्फ बल अगाडि बढाइरहेका झापाका अन्जनलाई ललितपुरका सनिश श्रेष्ठले लडाएपछि झापाले पेनाल्टी अपिल गरेको थियो । तर रेफ्रीले दिएनन् । पेनाल्टी अपिल गर्ने क्रममा झाापका जोर्ज सान्चेजको हातले लागेर सनिश लडे ।
पहेंलो कार्ड
रेफ्री राम दासले झापाका विशाल बस्नेत, ललितपुरका इमोह इजेकेल र ललितपुरका प्रशिक्षक इयान गिलियनलाई पहेँलो कार्ड देखाएका छन् ।

- दुई टिमका खेलाडीबीच केही हात ठेमलठेल भएको छ । बल बाहिर गएपछि झापाका आवास लामिछानेले ललितपुरका इमोह इजेकेललाई धकेलेका थिए । त्यसपछि केही बेर दुवै टोलीका खेलाडीहरु आक्रमक बनेकाथिए ।

झापाका आवास लामिछानेले ललितपुरका निखिललाई फल गरेपछि ललितपुरलाई फ्रिकिक प्राप्त भएको छ । खेलमा केही बेर तनाव हुन खोजेको थियो तर रेफ्री राम दासले कन्ट्रोल गरे ।
कर्नर किक
ललितपुरलाई कर्नर । निखिलले हानेको कर्नर झापाका खेलाडीले क्लियर गरे । बल बाहिर गएपछि ललितपुरलाई थ्रो इन ।
पहेंलो कार्ड
- झापाका ओचिलोभलाई पहेँलो कार्ड देखाइएको छ । दिनेश हेन्जनलाई ओचिलोभले फल गरेका थिए । ललितपुरले फ्रिफ्रिक पाएको छ । निखिल कदमले हानेको फ्रिकिक झापाका खेलाडीले क्लियर गरे ।
कर्नर किक
झापालाई कर्नर प्राप्त ।
फ्री किक
झापालाई अट्याकिङ क्षेत्रमा फ्रिकिक ।

झापाका कप्तान अन्जन विष्टले बक्समा पाएको बल दुई खेलाडीलाई छलाएर बक्स बाहिर रहेका आवास लामिछानेलाई पास दिएका थिए । तर आवासको प्रहार सटिक रहन सकेन । उनको प्रहार फितलो रह्यो ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।

ohh!! ललितपुरका दिनेश हेन्जनले करिब ३० यार्डबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर उनको प्रहार क्रस बारमा लागेर फर्कियो ।
Kick Start


- झापा आज निलो जर्सी लगाएर खेल्दैछ ।


- आज ललितपुर कालो-रातो जर्सी लगाएर खेल्दैछ ।


