+
+

Birgunj Vs Pokhara

२०८० मंसिर ३०, शनिबार
Birgunj United
Birgunj United
Aikins kyei Baffour(11)
1 - 2 Full Time
Pokhara Thunders
Pokhara Thunders
Joe Aidoo(6),Moses Gyabaah Twum(45)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
पहिलो हाफमै तीन गोल भएको खेलमा पोखराले वीरगंज युनाइटेडलाई २-१ ले पराजित गरेको छ । यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भएपनि पोखरा गोल अन्तरमा पछि छ । वीरगंज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।
Full Time
Full Time
90+4'
Commentry

वीरगंजका विलियम ओपोकुले करिब २५ यार्डबाट सिधा पोष्टमा प्रहार गरेको बल आकाशियो ।

90+2'
corner

कर्नर किक

वीरगंजलाई कर्नर । विलियम ओपोकुले हानेको कर्नर पोखराका खेलाडीले क्लियर गरे ।

90'
Commentry

खेलको अन्तिममा ७ मिनेट थप गरिएको छ ।

88'
Commentry

पोखराका जोए आइडुले बक्स बाहिरबाट हानेको प्रहार वीरगंजका किपर दीप कार्कीले पन्च गर्दै बचाए । बल बाहिर गएपछि पोखरालाई कर्नर ।

88'
substitute

खेलाडी परिवर्तन

वीरगंजले खेलाडी परिवर्तन गरेको छ । सुशिल लामाको स्थानमा हरिश भट्ट मैदान प्रवेश गरेको छ ।

77'
Commentry

पोखराले अर्को राम्रो अवसर बनाएको थियो । तर पदम तामाङले बायाँ भागबाट दिएको क्रसमा आयुष घलानले सिक्स यार्ड बक्सबाट हानेको प्रहार पोष्टको दिशा दिन सकेन ।

77'
substitute

खेलाडी परिवर्तन

वीरगंजले खेलाडी परिवर्तन गरेको छ । सिमान्त थापाको स्थानमा सुरज गुरुङ मैदान प्रवेश गरेका छन् ।

74'
Commentry

पोखराले राम्रो अवसर गुमाएको छ । स्टेफेन एनोरले बायाँ भागबाट बल क्रस दिएका थिए । तर सिक्स यार्ड बक्समा रहेका सन्जिव विष्टले वीरगंझका किपर बिट भइसकेको अवस्थामा समेत उक्त क्रस सदुपयोग गर्न सकेनन् ।

71'
Commentry

वीरगंजका सिमान्त थापाले दायाँ साइडबाट लामो थ्रो गर्दै बक्समा बल पुर्‍याएका थिए । पोखराका कप्तान दिनेश राजवंशीले हेड मार्फत बल क्लियर गर्न खोजेका थिए । त्यसपछि वीरगंजका विवेक चौधरीले बल पाए र उनले हानेको प्रहार पोखराका किपर प्रिसोले बचाए ।

71'
substitute

खेलाडी परिवर्तन

पोखराले खेलाडी परिवर्तन गरेको छ । दिपेश बले मगरको स्थानमा पदम कुमार तामाङ मैदान प्रवेश गरेका छन् ।

69'
Commentry

पोखराका आयुष घलानको क्रसमा स्टेफेन एनोरलको हेडरले पोष्टको दिशा लिन सकेन ।

68'
Commentry

पोखराका जोए आइडुको क्रसममा सन्जिव विष्टले हेड गर्न प्रयास गरेको बल वीरगंका खेलाडीले क्लियर गरेप५ि स्टेफेन अनोरले पाएका थिए । उनले बल पोष्टमा प्रहार रग्न सकेनन् ।

66'
corner

कर्नर किक

पोखराले कर्नर पाएको छ । सुरज ज्यु ठकुरीले वीरगंजका खेलाडीले हेड गर्दै क्लियर गरे ।

64'
Commentry

वीरगंजका विलियम ओपोकुले बक्समा बल प्रहार गर्ने क्रममा ठोक्किएपछि पोखराका किपर प्रिसो लडेका छन् ।

61'
फ्री किक

फ्री किक

वीरगंजले फ्रिकिक पाएको छ । सुशिल लामाको फ्रिकिक भेट्ने क्रममा वीरगंजका खेलाडी अफसाइड भएका छन् ।

60'
substitute

खेलाडी परिवर्तन

वीरगंजले दुई खेलाडी परिवर्तन गरेको छ । ओबेड ओसुवुको स्थानमा सुनिल खड्का र सुदिप गुरुङको स्थानमा विवेक चौधरी मैदान प्रवेश गरेका छन् ।

58'
corner

कर्नर किक

वीरगंजले कर्नर पाएको छ । सुशिल लामाको हानेको कर्नर पोखराका खेलाडीले क्लियर गरे ।

55'
Commentry

पोखराका आयुष घलानले बायाँ साइडबाट अगाडि बढाउँदै लगेको बल वीरगंजका डिफेण्डर क्लियर गर्ने क्रममा बाहिर गएपछि पोखराले कर्नर पायो । सुरज ज्यु ठकुरीले हानेको कर्नर वीरगंजले क्लियर गर्‍यो ।

53'
corner

कर्नर किक

वीरगंजका तेज तामाङले दायाँ साइडबाट क्रस गरेको बल पोखराका कप्तान दिनेश राजवंशीले क्लियर गर्ने क्रममा बाहिर गएपछि वीरगंजले कर्नर पाएको थियो । तेज तामाङको कर्नर पोखराका किपर प्रिसोले बचाउने क्रममा बाहिर गयो ।

53'
Commentry

वीरगंजका सुशिल लामाले दायाँ कुनाबाट हानेको प्रहार फ्रांकलिन क्युटे टालाले बचाए ।

52'
substitute

खेलाडी परिवर्तन

पोखराका मोसेस ग्याबाह केही समस्यामा देखिएका छन् । उनी मेडिकल टिमसँगै बाहिर निस्किए र उनको स्थानमा पोखराले सन्जिव विष्टलाई मैदान पठाएको छ ।

Second Half Time
Second Half Kick Off
Commentry
जारी एनएसएलको पहिलो हाफमै तीन गोल भएको यो पहिलो खेल हो । पहिलो हाफमा पोखराले २-१ को अग्रता लिएको छ । दोस्रो हाफमा पोखराले गोल थप्ला वा वीरगंजले गोल फर्काउला?
Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा पाँच मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
Goal
Pokhara Thunders - Moses Gyabaah Twum
GOAL !

  • Goal!! पोखराले पहिलो हाफको अन्तिमतिर फेरि अग्रता लिएको छ । स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २-१ को अग्रता दिलाए ।

43'
Commentry

पोखराका मोसेस ग्याबाहले लामो पासलाई कन्ट्रोल गर्दै वीरगंजको बक्स भित्र लगेर हान्ने प्रयास गरेका थिए । तर वीरगंजका खेलाडीले ब्लक गरिदिए ।

40'
substitute

खेलाडी परिवर्तन

पोखराको खेलाडी परिवर्तन । घाइते हुँदै मैदान बाहिर आएका पदम भट्टराईको स्थानमा अभिषेक लामा मैदान प्रवेश गरेका छन् ।

38'
Commentry

पोखराका पदम भट्टराई केही समस्यामा देखिएका छन् । उनको ह्यामस्ट्रिङमा समस्या भएपछि स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।

34'
पहेंलो कार्ड

पहेंलो कार्ड

एक आपसमा धकेलेपछि पोखराका जोए आइडु र वीरगंजका जय गुरुङलाई रेफ्रीले पहेँलो कार्ड देखाएका छन् ।

28'
corner

कर्नर किक

पोखरालाई कर्नर । आयुष घलानलको कर्नरमा मोसेस ग्याबाहले हेड गरेका थिए तर वीरगंजका किपर दिप कार्कीले सहजै बचाए ।

21'
Commentry

पोखरलाई कर्नर । मोसेस ग्याबाहले हानेको प्रहार वीरगंजका खेलाडीले रोक्ने क्रममा बाहिर गएपछि पोखराले कर्नर पाएको हो । आयुष घलानले हानेको कर्नर क्युटे टालाले हेड गर्ने प्रयास गरेका थिए । तर उनको हेडरले सही दिशा लिन सकेन ।

17'
corner

कर्नर किक

पोखराले पाएको कर्नर आयुष घलानले हानेका थिए । वीरगंजका गोलकिपर दिप कार्कीले बल क्याच गर्दै बचाए ।

16'
फ्री किक

फ्री किक

ह्यान्ड बल । पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको फ्रिकिक प्रहार वीरगंजका किपर दिप कार्कीले रोक्ने क्रममा उनको हातमा लागेर बाहिर गयो । पोखरालाई कर्नर ।

14'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

11'
Goal
Birgunj United - Aikins kyei Baffour
GOAL !

  • Goal!!  वीरगंजले पाँच मिनेटपछि नै बराबरी गोल फर्काएको छ । सुशिल लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

11'
फ्री किक

फ्री किक

वीरगंजलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक ।

6'
Goal
Pokhara Thunders - Joe Aidoo
GOAL !

  • Goal !! पोखराले अग्रता लिएको छ । जोए आइडुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । सुरुमा आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए । एनोरले मोसेस ग्याबाहलाई पास दिए । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगंजका किपर दिप कार्कीले रोक्ने अवसर पाएनन् ।

Kick Off
Kick Start
Commentry
  • पोखरा अरेन्ज कलरको जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • वीरगंज आज सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ र आज जित निकाल्दै शीर्ष स्थानको धनगढी एफसीसमान अंक जोड्ने अवसर छ । वीरगंज ५ खेलबाट ५ अंकसहित आठौं स्थानमा छ । शीर्ष चारमा हरँदै प्लेअफ होडमा रहन वीरगंजलाई पनि जित आवश्यक छ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत २६औं खेलमा आज वीरगंज युनाइटडले पोखरा थण्डर्सको सामना गर्दैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC