Ilam Vs Lalitpur

Sporting Ilam De Mechi FC

Lalitpur City FC


Full Time
खेलाडी परिवर्तन
इलामले खेलाडी परिवर्तन गरेको छ । फोडे कामाराको स्थानमा आयुष तिम्सिना मैदान प्रवेश गरेका छन् ।

खेलको अन्तिममा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

oh! ललितपुरलाई मौका थिय । पापा इबोरउ केबेको क्रसमा इमोह इजेकेलको हेडर गरेका थिए । इलामका किपर विकेश कुथु बिट भइसकेको अवस्थामा इलामका खेलाडी आशिष गुरुङले हेड मार्फत बल क्लियर गरे ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
इलामलाई फ्रिकिक । नविन लामाको फ्रिकिक बक्समा रहेका अब्दोल्जव बा ले हानेका थिए तर बल बाहिर गयो ।
कर्नर किक
ललितपुरलाई कर्नर । सेसेहाङले हानेको कर्नरमा बक्समा सनिश श्रेष्ठले बल पाएका थिए । उनले प्रहार गरेको बल पोष्टको फ्रेममा पर्न सकेन आकाशियो ।

इलामका फोडे कामाराले गोलकिपर विकेश कुथुको लामो बलमा सेन्टर भागबाट बल अगाडि बढाउँदै ललितपुरको बक्ससम्म पुर्याएका थिए । तर उनले बल प्रहार गर्नुअघि नै ललितपुरका किपर जेफ्रीले बल भेटे र बचाए ।
फ्री किक
इलामले खेलाडी परिवर्तन गर्दै फ्रिकिक प्रहार गर्न ढिलाई गरेको थियो । नविन लामाको प्रहार ललितपुरका किपर जेफ्री बाल्टुसले सहजै बचाए ।
खेलाडी परिवर्तन
इलामले खेलाडी परिवर्तन गरेको छ । आशिष चापागाईँको स्थानमा अब्दोउल्ज बा मैदान प्रवेश गरेका छन् ।
फ्री किक
ललितपुरका ओमालाजा करिमले फोडे कामारलाई लडाएपछि इलामलाई फ्रिकिक ।
खेलाडी परिवर्तन
ललितपुरले खेलाडी परिवर्तन गरेको छ । अनिल महर्जनको स्थानमा आदित्य शाक्य मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
इलामका सौरभ लिम्बुले राम्रो अवसर पाएका थिए । तर उनले बल प्रहार गर्नुअघि नै ललितपुरका खेलाडीले क्लियर गर्दा बल बाहिर गयो । इलामलाई कर्नर ।

इलामका आशिष चापागाईँले बक्सको एजबाट हानेको प्रहार सिधै ललितपुरका किपर जेफ्रीको हातमा । उनले सजिलै बचाए ।
खेलाडी परिवर्तन
इलामका दिपेश घले घाइते भएका छन् । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याएपछि इलामले खेलाडी परिवर्तन गरेको छ । दिपेश घलेको स्थानमा सौरभ लिम्बु मैदान प्रवेश गरेका छन् ।
goal!! इलामले ललितपुर विरुद्ध अग्रता लिएको छ । फोडे कामारले ललितपुरलाई ओमालाजा करिमलाई छलाउँदै बक्स भित्र बल पुर्याएपछि पोष्टमा प्रहार गरेका थिए । बलले जाली चुम्दा ललितपुरका किपर जेफ्री बाल्टुसले बल रोक्ने अवसर नै पाएनन् ।
कर्नर किक
इलामलाई कर्नर । नविन लामाको हानेको कर्नरमा फोडे कामाराले हानेको हेडर बाहिरियो ।
कर्नर किक
ललितपुरलाई कर्नर । अनिल महर्जनले हानेको कर्नर कप्तान अनन्त तामाङले हेड गरेका थिए तर इलामका खेलाडीले क्लियर गरे ।
Second Half Kick Off

Half Time

पहिलो हाफमा २ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

इलामका फोडे कमाराले बायाँ साइडको बक्सबाट हानेको प्रहार फितलो रह्यो । ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।
फ्री किक
इलामका इब्राहिम जिटेले दायाँ भागबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर ललितपुरका किपर जेफ्री बाल्टुसले पन्च गर्दै क्लियर गरे ।
फ्री किक
इलामलाई फ्रिकिक ।

इलामका सुरज बस्नेतले दायाँ साइडबाट सिधै पोष्टमा प्रहार गर्दै भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
फ्री किक
- Ohh !! ललितपुरका कप्तान अनन्त तामाङले क्विक फ्रिकिक हानेका थिए । इलामका गोलकिपर विकेश कुथुले मुस्कलले पन्च गर्दै बल रोके अनी पोष्ट भित्र पुगेका विकेशले अगाडि बढेर बल क्याच गरे ।
कर्नर किक
इलामलाई कर्नर ।
फ्री किक
इलामलाई बक्स भन्दा केही बाहिर फ्रिकिक । नविन लामाले हानेको हेडर ललितपुरका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गयो । इलामलाई कर्नर ।
कर्नर किक
ललितपुरका इमोहले बायाँ साइडबाट कर्नर प्रहार गरेका थिए । तर बक्समा ललितपुका खेलाडीले भेट्टाउन सकेनन् ।
कर्नर किक
ललितपुरलाई कर्नर । अनिल महर्जनले हानेको कर्नर इलामका गोलमकिपर विकेश कुथुले पन्च गर्दै बारमाथिबाट बाहिर फाले । ललितपुरलाई फेरि कर्नर ।
पहेंलो कार्ड
इलामका इब्राहिम जिटेलाई पहेँलो कार्ड देखाइएको छ ।
फ्री किक
ललितपुरका अनिल महर्जनले सन्तोष खत्रीलाई फल गरेपछि इलामलाई फ्रिकिक ।

ललितपुरका इमोह इजेकेले दायाँ साइडबाल बल अगाडि बढाउँदै बक्स भित्र पुर्याएर प्रहार गरेको लेफ्ट फुटेट सट आकाशियो ।
फ्री किक
ललितपुरका इमोहको फ्रिकिकमा सनिश श्रेष्ठले हानेको बल इलामका विमल पाण्डेले क्लियर गरे ।

ललितपुरका कप्तान अनन्त तामाङले बक्समा प्राप्त बल एक खेलाडीलाई छलाउँदै प्रहार गरेका थिए । इलामका किपर विकेश कुथुले बचाए ।
कर्नर किक
ललितपुरका अनिल महर्जनले हानेको कर्नर इलामका आशिष गुरुङले क्लियर गरे ।

ललितपुरको राम्रो प्रयास । इमोहले दायाँ साइडबाट दिएको पासमा दिनेश हेन्जनले बक्सबाट हानेको प्रहार इलामका किपर विकेश कुथुले पन्च गर्दै बाहिर पठाए । ललितपुरलाई कर्नर ।

इलामका नविन लामाले बक्स बाहिरबाट हानेको भलिल प्रहार क्रस बारको थोरै माथिबाट बाहिरियो ।

ललितपुरका पापा इबोउ केबेले हानेको प्रहार इलामका आशिष गुरुङले क्लियर गरे । बल बाहिर पुगेपछि ललितपुरलाई थ्रो ।


- ललितपुर लगातार आक्रमण बनाउँदै छ । बक्समा बल पुर्याए पनि फिनिसिङ राम्रो हुन सकेको छैन ।

इलामका फोडे कमाराले बक्स बाहिरबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

ललितपुरलाई अवसर तर पापा इबोउ केबेले इलामका विमल पाण्डेलाई छलाउँदै दायाँ साइडबाट दिएको क्रम बक्समा पुगेका दिनेश हेन्जनले भेट्न सकेनन् ।
कर्नर किक
ललितपुरले कर्नर पाएको छ । इमोहले हानेको बल इलामका खेलाडीले बचाउने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको हो । अनिल महर्जनले हानेको कर्नरमा सनिश श्रेष्ठले हेड गरेका थिए तर पोष्ट भन्दा बाहिर गयो ।
खेलाडी परिवर्तन
विवेक घाइते भएर बाहिरिएपछि ललितपुरले उनको स्थानमा अर्का खेलाडी रोशन पहारी मैदान पठाएको छ ।

ललितपुरका विवेक पौडेल घाइते भएपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको छ ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । सनिश श्रेष्ठले फ्रिकिक प्रहार गरेका थिए तर ललितपुरका खेलाडी अफसाइड भए ।
Kick Start


- ललितपुर सेतो जर्सी लगाएर खेल्दैछ ।


- इलाम मरुन जर्सी लगाएर खेल्दैछ ।

