Lalitpur Vs Butwal

Lalitpur City FC

Butwal Lumbini FC
रातो कार्ड
ललितपुरका मुख्य प्रशिक्षक इयान गिलिनलाई रातो कार्ड देखाइएको छ । उनलाई दोहोरो पहेँलो कार्ड देखाइएको हो ।

खेलाडी परिवर्तन
ललितपुरले खेलाडी परिवर्तन गरेको छ । दिनेश हेन्जनको स्थानमा निरज चौधरी मैदान प्रवेश गरेका छन् ।

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
ललितपुरका मुख्य प्रशिक्षक इयान आन्द्रे गिलानलाई पहेँलो कार्ड देखाइएको छ ।
अफ साइड
ललितपुरको अफसाइड
कर्नर किक
ललितपुरका दिनेश हेन्जनले कर्नर किक सहकर्मीलाई क्विक पास दिए ।
फ्री किक
ललितपुरका दिनेश हेन्जनले फ्रिकिक प्रहार गरे । बुटवलका खेलाडीले बल क्लियर गर्ने क्रममा बल बाहिरिएको छ र ललितपुरले कर्नर पाएको छ ।

बुटवल लुम्बिनीका चन्द दासको क्रसमा स्टेफेन विनोङको हेडर पोष्ट भन्दा माथिबाट बाहिरियो ।
खेलाडी परिवर्तन
घाइते अनिलको स्थानमा आदित्य शाक्य मैदान प्रवेश गरेका छन् ।

ललितपुरका खेलाडी अनिल महर्जन घाइते । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याएको छ ।
कर्नर किक
ललितपुरले कर्नर पाएको छ । दिनेश हेन्जनले १५ यार्डबाट हानेको प्रहार बुटवलका गोलकिपरले पन्च गर्दै बाहिर फालेपछि कर्नर पाएको हो । तर कर्नर बुटवलका खेलाडीले क्लियर गरे ।
खेलाडी परिवर्तन
75'


खेलाडी परिवर्तन
73'



कर्नर किक
बुटवल लुम्बिनीले दुई कर्नर प्रहार गरेपनि ललितपुरलाई कुनै खतरा भएन ।
फ्री किक
बुटवलका मणि कुमार लामाको फ्रिकिक पोष्ट नजिकबाट बाहिरियो ।

बुटवल लुम्बिनीका सर्ज सोङले दायाँ भागबाट दिएको पसामा स्टेफेन विनोङको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

बुटवलको लागि अवसर । मणि कुमार लामाले मध्य भागबाट उपलब्ध गराएको लामो पासलाई स्टेफन विनोङले सदुपयोग गर्न सकेन । उनले बक्स भित्र वान भर्सेस वानको अवस्थामा हानेको भलिल पोष्ट बाहिर गयो ।
कर्नर किक
खेलाडी परिवर्तन
पहिलो हाफमा दुई गोलले पछि परेको बुटवल लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ । प्रकाश बुढाथोकीको स्थानमा निराजन धामी र जिलेस्पी जंक कार्कीको स्थानमा आशिष लामा मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off
Half Time
कर्नर किक
बुटवल लुम्बनीका कप्तान एरिक विष्टले हानेको कर्नर ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले क्लियर गरे । त्यसअघि बुटवलका मणि कुमार लामाले हानेको लामो प्रहार पनि गोलकिपर बाल्टुसले बचाउने क्रममा बल बाहिर गएपछि बुटवलले कर्नर पाएको थियो ।

पहिलो हाफको अन्त्यमा दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
बुटवल लुम्बिनीका मणि कुमार लामाले करिब ३० यार्डबाट हानेको फ्रिकिक क्रसबार भन्दा माथिबाट बाहिरियो ।

ललितपुरका इमोहले मैदानको मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै बक्स भित्रबाट गरेको प्रहार बुटवल लुम्बिनीका गोलकिपरले बचाए ।


ललितपुरको लगातार आक्रमण । इमोहको पासमा पास इबोउको प्रहार पोष्ट नजिकैबाट बाहिरिए । त्यसअघि उनको प्रहार गोलकिपरले सेभ गरेका थिए । रिबाउन्डमा हानेको प्रहार थोरैले बाहिरियो ।
ललितपुरको अर्को गोल । अनिल महर्जनको कर्नरमा कप्तान अनन्त तामाङले हेडमार्फत गोल गरे ।
कर्नर किक
पापा इबोउ केबेको सट पासमा अनमार्क रहेका दिनेश हेन्जनले गोल गर्दे ललितपुरलाई अग्रता दिलाएका छन् ।

ललितपुरका अनिल महर्जन सट हान्ने प्रयासमा बुटवलका मणि कुमार लामासँग ठोक्किँदा सामान्य घाइते भएका छन् । उनलाई हल्का उपचार पछि खेल्न तयार ।

ललितपुरका लागि इमोहको क्रस बक्समा तर दिनेश हेन्जनले बल भेट्टाउन सकेनन् ।
अफ साइड
पहेंलो कार्ड
ललितपुरका विवेक पौडेललाई मैदानको सेन्टर नजिकै फल गरेपछि बुटवल लुम्बिनीका मणि कुमार लामालाई पहेँलो कार्ड देखाइएको छ ।
अफ साइड

दुवै टिममा विदेशी गोलकिपर छन् । ललितपुरमा फ्रान्सका जेफ्री बाल्टुस तथा बुटवल लुम्बिनीमा भारतका मोहमदुउ छन् ।

ललितपुरका इमोहले दिएको पासमा सनिश श्रेष्ठले सिक्स यार्ड बक्सबाट गरेको प्रहार किपरले विफल पारे ।

ललितपुरका सन्जित श्रेष्ठले बक्समा राम्रो क्रस निकालेका थिए । तर ललितपुरका कुनै फरवार्डले त्यसको सदुपयोग गर्न सकेनन् । बुटवललाई कुनै खतरा भएन ।

एफसी बुटवल लुम्बिनीका आइकोनिक प्लेअर आशिष लामा बेन्चमा छन् । मिडफिल्डर एरिक विष्टले टिमको कप्तानी गर्दैछन् । उनी मार्की पनि हुन् । ललितपुर सिटीको मार्की र कप्तानमा अनन्त तामाङ छन् ।
Kick Start

नेपाल सुपर लिग २०२३ को तेस्रो खेल ललितपुर सिटी एफ र बुटवल लुम्बिनीबीच हुँदैछ ।
Full Time