Jhapa Vs Dhangadhi

Jhapa FC

Dhangadhi FC

Full Time
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । कप्तान अन्जन विष्टको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर । कमल श्रेष्ठको कर्नर किक झापाका खेलाडीले क्लियर गरे ।
फ्री किक
धनगढीका कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक क्रस बार भन्दा माथिबाट बाहिरियो ।

खेलको अन्तिममा ७ मिनेटको इन्जुरी टाइम थप गरेको छ ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । जोर्ज सान्चेजको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् ।
फ्री किक
धनगढीलाई फ्रिकिक । मिलन राईको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । रणदिप पौडेलको स्थानमा मिलन राई मैदान प्रवेश गरेको छ ।
कर्नर किक
झापाले कर्नर पाएको छ ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । अभिषेक गुरुङको स्थानमा ओम प्रकाश चौधरी मैदान प्रवेश गरेका छन् ।
फ्री किक
झापालाई फ्रिकिक ।
फ्री किक
धनगढीले पाएको फ्रिकिक कप्तान देवेन्द्र तामाङले प्रहार गरेका थिए । बक्समा रहेका डियाग्नेले हेड गरे । त्सपछि ओलावाले आफिजले पाएको बल प्रहार गरेका थिए तर झापाका खेलाडीले क्लियर गरे ।
रातो कार्ड
- झापाका धिरज थतालीले रेड कार्ड पाएका छन् । उनले धनगढीका साइमन लिम्बुलाई अगाडिबाट ट्याकल गरेका थिए । धिरज प्रशान्त लक्षमको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यो उनको दोस्रो खेल थियो । जारी प्रतियोगिताको पहिलो खेलमै घाइते भएका उनी त्यसपछि मैदान उत्रिएका थिएनन् । यो खेलमा रातो कार्ड पाएपछि उनले अब चितवनसँगको खेल गुमाउने छन् ।
Goal!! झापाले अर्को गोल गरेको छ । समिराज थोकरले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका छन् । सुरुमा धिरज थतालीले दिएको प्रदिप लामालाई पास दिएका थिए । प्रदिपले जोर्ज सान्चेजलाई पास दिए । सान्चेजले हानेको बलले गोल लाइन क्रस गर्नै लाग्दा समिराजले टच गर्दै गोल गरे ।

धनगढीका कमल श्रेष्ठले हानेको फ्रिकिक झापाका खेलाडीलाई डिफ्लेक्ट भएको थियो । अन्तिममा धनगढीका डियाग्ने हानेको प्रहार पोष्ट बाहिर गयो ।
फ्री किक
धनगढीलाई फ्रिकिक ।
खेलाडी परिवर्तन
झापाले दुई खेलाडी परिवर्तन गरेको छ । आवास लामिछानेको स्थानमा प्रदिप लामा र लक्ष्मण रुचालको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

धनगढीका लागि अवसर । तर अभिषेक लिम्बुले दायाँ भागबाट दिएको क्रसमा बक्समा रहेका फोडे फोफानाले हेड गरेका थिए । उनको हेडर झाापका किपरलाई लाग्दै क्रस बारमाथिबाट बाहिरियो ।
फ्री किक
धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले दायाँ भागबाट हानेको प्रहार झापाका खेलाडीले बक्सबाट क्लियर गरे ।
खेलाडी परिवर्तन
Triple substitute !! धनगढीले एकै पटक तीन खेलाडी परिवर्तन गरेको छ । आशिष चौधरीको स्थानमा ओलावाले आफिज, रामचन्द्र वाजीको स्थानमा साइमन लिम्बु र रोहन कार्कीको स्थानमा मनोज राई मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
धनगढीलाई अर्को कर्नर ।
कर्नर किक
धनगढीलाई कर्नर ।
- goal!! कप्तान अन्जन विष्टले गोल गर्दै झापालाई अग्रता दिलाएका छन् । छिरिङ लामाले दायाँ भागबाट दिएको क्रसमा अन्जनले बक्स भित्रबाट हेड मार्फत गोल गरे । जारी सिजन अन्जनको यो पहिलो गोल हो भने झापाले गरेको तेस्रो गोल हो ।
कर्नर किक
झापालाई कर्नर । लक्ष्मण रुचालले दायाँ साइडबाट हानेको कर्नर अर्को छेउमा पुगेको थियो । धनगढीका फोडे फोफानाले क्लियर गर्ने क्रममा बाहिर गएपछि झापाले थ्रो पाएको छ ।

झापका सुमित श्रेष्ठले बायाँ भागबाट हानेको प्रहार सिधै धनगढीका किपर मोहम्मद ताहाको हातमा ।
खेलाडी परिवर्तन
झापाले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त लक्षमको स्थानमा धिरज थताली मगर मैदान प्रवेश गरेका छन् । थतालीको यो दोस्रो खेल हो । जारी प्रतियोगिताको पहिलो खेलमै घाइते भएका उनी त्यसपछि मैदान उत्रिएका थिएनन् ।
Second Half Kick Off

Half Time

पहिलो हाफमा २ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
धनगढीका डियाग्ने फालोउले मध्यभागबाट हानेको फ्रिकिक बक्समा फोडे फोफानाले पाएका थिए तर उनको हेडर सिधै झापाका किपर क्युपिको हातमा । उनले सहजै बचाए ।

झापाका प्रशान्त लक्षमको पासमा जोर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा बल पुर्याएर हानेको प्रहार धनगढीका किपर मोहमम्द ताहाले पन्च गर्दै बचाए । रिबाउन्डमा लक्ष्मण रुचालले बल हान्न खोजेपनि सफल भएनन् ।
कर्नर किक
झापालाई लगातार दुई कर्नर तर सदुपयोग गर्न सकेन ।
फ्री किक
झापालाई फ्रिकिक । आवास लामिछानेले हानेको फ्रिकिक धनगढीका कमल श्रेष्ठले क्लियर गर्ने क्रममा बाहिर गएपछि झापाले कर्नर पाएको छ ।
फ्री किक
धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले बायाँ भागबाट हानेको फ्रिकिक झापाका किपर क्युपिकले पन्च गर्दै बचाए । त्यसपछि रिबाउन्ड बल धनगढीका खेलाडीले हान्न खोजे पनि सफल भएनन् र झापाका खेलाडीले क्लियर गरे ।
फ्री किक
झापालाई फ्रिकिक । समन्दर ओचिलोले सिधै पोष्टमा प्रहार गर्न खोजेका थिए । तर उनको प्रहार पोष्टको नजिकबाट बाहिर गयो ।

- झापाका लक्ष्मण रुचालले जोर्ज सान्चेजका लागि पास दिएका थिए । तर सान्चेजले बक्समा बल कन्ट्रोल गर्ने क्रममा प्रहार गर्न भ्याएनन् र धनगढीका खेलाडीले क्लियर गरे । बल बाहिर गएपछि झापाले कर्नर पाएको छ ।
कर्नर किक
धनगढीका कमल श्रेष्ठले नै कर्नर अभिषेक गुरुङलाई पास दिएका थिए । अभिषेकले फेरि कमललाई दिए । तर कमलको प्रहारले पोष्टको दिशा लिएन ।
फ्री किक
धनगढीका कमल श्रेष्ठ बायाँ साइडबाट हानेको फ्रिकिक झापाका गोलकिपर स्टेफन क्युपिकले पन्च गर्दै बचाउने क्रममा बल बाहिर गयो ।

धनगढीका रोहन कार्कीले दिएको पासमा अहमद हिजाजीले बक्स बाहिरबाट हानेको पावरफुल सट झापाका किपर क्युपिकले पन्च गर्दै बचाएका थिए । त्यसपछि सुमित श्रेष्ठले रिबाउन्ड भएको बल क्लियर गर्दा बाहिर गएपछि धनगढीले कर्नर पाएको छ ।
फ्री किक
- झापाका प्रशान्त लक्षमले हानेको फ्रिकिक सिधै धनगढीका किपर मोहमद ताहाको हातमा । ताहले सुरुमा बल ड्रप गरेपनि पछि क्याच गर्दै बचाए ।

धनगढीका रणदिप पौडेलले झाापका लक्ष्मण रुचालाई फल गरेका छन् । झापालाई फ्रिकिक ।

धनगढीका अभिषेकलाई बाहिर ल्याएर थप ट्रिटमेन्ट पछि उनी ठिक भएर मैदान प्रवेश गरेका छन् ।
फ्री किक
धनगढीका डियाग्ने फालोउले मध्यभागबाट प्रहार गरेको फ्रिकिक उनका टिममेटले भेट्न सकेनन् । बल बाहिर गयो ।

झापाका सुदिप श्रेष्ठले बललाई हान्न खोज्दा धनगढीलाई अभिषेक गुरुङलाई लागेपछि उनी केही समस्यामा देखिएका छन् । मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ ।

धनगढी लगातार आक्रमणमा छ । अभिषेक गुरुङले आशिष चौधरीको पासमा बक्स बाहिरबाट हानेको प्रहार सिधै झापाका किपर क्युपिकको हातमा । उनले सहजै बचाए ।

धनगढीका अभिषेक गुरुङले बायाँ साइडबाट हानेको प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले पन्च गर्दै बचाएपछि डिफेण्डरले क्लियर गरे ।

धनगढी अट्याकमा । आशिष चौधरीले बक्समा पुगेका अहमद हिजाजीलाई पास दिएका थिए । तर हिजाजीले डी एरिया भित्रैबाट प्रहार गरेको बल आकाशियो ।

झापाले सुरुमै अट्याक गर्दै धनगढीको बक्समा बल पुर्याएको थियो । धनगढीका रोहन कार्कीले ग्लती गरेपछि झापाका कप्तान अन्जन विष्टले पाएको बल जोर्ज सान्चेजलाई पास दिएका थिए । तर जोर्ज सान्चेजले बल पोष्टमा प्रहार गर्न सकेनन् ।
Kick Start



- झापा निलो जर्सी लगाएर खेल्दैछ ।

