Kathmandu Vs Birgunj

Kathmandu Rayzrs FC

Birgunj United


- विलियम ओपोकुले जारी सिजनकै पहिलो ह्याट्रिक गर्दा वीरगंज युनाइटेडले साविक विजेता काठमाडौं रेजर्समाथि ४-१ को पुनरागमन जित हात पारेको छ । यो जितपछि वीरगंगजले प्लेअफ सम्भावना कायमै राखेको छ भने हारले काठमाडौंलाई धक्का लागेको छ । काठमाडौं ७ खेलबाट ९ अंकसहित पाँचौ स्थानमै यथावत रहँदा वीरगंज समान खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लेको छ । अब लिगको अन्तिम खेलमा काठमाडौंले ललितपुर सिटी र वीरगंजले बुटवल लुम्बिनीसँग खेल्नेछ ।
Full Time
खेलाडी परिवर्तन
वीरगंजले खेलाडी परिवर्तन गरेको छ । ओबेड ओसुवुको स्थानमा विकास दास थारु मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।

खेलको अन्तिममा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

काठमाडौँका ओलिभरको क्रसमा एनकुनगुए जुनियरले बक्सबाट गरेको हेडर वीरगंजका किपर दीप कार्कीले बचाए ।
खेलाडी परिवर्तन
काठमाडौंले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त अवस्थीको स्थानमा पेम्बा डी लामा मैदान प्रवेश गरेका छन् ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । किनगुए ओलिभरले हानेको फ्रिकिक सिधै वीरगंजका किपर दीप कार्कीको हातमा । उनले सहजै बल क्याच गरे ।
खेलाडी परिवर्तन
काठमाडौंले दुई खेलाडी परिवर्तन गरेको छ । कप्तान अन्जन राईको स्थानमा राजिव लोप्चन र कुलदिप कार्कीको स्थानमा महेन्द्र कार्की मैदान प्रवेश गरेका छन् ।
- Goal!! वीरगंजले गोलको वर्षा गरेको छ । सुशिल लामाले आफ्नै बक्स बाहिरबाट उपलब्ध गराएको लामो पासमा विलियम ओपोकुले करिब ३० यार्डबाट भलिल प्रहार गर्दै गोल गरे । विलियमले यस सिजनको पहिलो ह्याट्रिक गरेका छन् । एनएसएलमा यो दोस्रो ह्याट्रिक हो ।
Goal!! वीरगंजले तेस्रो गोल गरेको छ । सुशिल लामाको कर्नरमा विलियम ओपोकुले हेड मार्फत गोल गर्दै वीरगंजलाई ३-१ को अग्रता दिलाए ।
कर्नर किक
वीरगंजलाई कर्नर ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । शोखरुखले हानेको फ्रिकिक वीरगंजका किपर दिप कार्कीले पन्च गर्दै बचाए । बचाउने क्रममा बल बाहिर गएपछि काठमाडौंले कर्नर पाएको छ ।
खेलाडी परिवर्तन
काठमाडौंले खेलाडी परिवर्तन गरेको छ । दिपेश गुरुङको स्थानमा मदसम सुब्बा मैदान प्रवेश गरेका छन् ।
Goal!! वीरगंजले दोस्रो हाफको सुरुमै गोल गर्दै २-१ को अग्रता बनाएको छ । मैदान प्रवेश गरेबित्तिकै सुनिलले वीगरंजका लागि गोल गरे । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अन्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन नसक्दा सुनिलले बललाई जाली चुमाए ।
खेलाडी परिवर्तन
वीरगंजले खेलाडी परिवर्तन गरेको छ । विशोन गुरुङको स्थानमा सुनिल खड्का मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

Half Time
- Goal!! वीरगंजका लागि विलियम ओपोकुले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका छन् । विलियनले पेनाल्टी हानेकै साइडमा काठमाडौंका किपर अन्जल श्रेष्ठले डाइभ गरेपनि बल भेट्न सकेनन् ।
पेनाल्टी
penalty!! वीरगंजले पहिलो हाफको अन्तिम समयमा पेनाल्टी पाएको छ । सुशिल लामाले हानेको बल काठमाडौंका आन्द्रेस नियाले बचाउने क्रममा ह्याण्ड भएपछि रेफ्री सुरोजित दासले वीरगंजलाई पेनाल्टी दिएका हुन् । तर नियाले भने बल आफ्नो टाउकोमा लागेको भनेर प्रतिवाद गरेका थिए ।
कर्नर किक
वीरगंजलाई कर्नर । विलियम ओपोकुले हानेको कर्नर काठमाडौंका किपर अन्जन श्रेष्ठले पन्च गरेका थिए । तर त्यसमा रिबाउन्ड भएको बल सुशिल लामाले प्रहार गरेका थिए ।

वीरगंजलाई अवसर । विशोन गुरुङले विलियम ओपोकुका लागि बक्समा पास दिएका थिए । तर विलियमले चेस्टले बल कन्ट्रोल गर्दै प्रहार गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । काठमाडौंका आन्द्रेस नियाले बल क्लियर गरे ।

काठमाडौंका कोमिवनले बायाँ भागबाट दिएको क्रसमा एनकुनगुए जुनियरले हेड गरेका थिए । तर उनको प्रयास सफल हुन सकेन ।

पहिलो हाफमा ४ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

ohhh penalty save!! काठमाडौंका शोखरुखले हानेको पेनाल्टी वीरगंजका किपर दीप कार्कीले दायाँतर्फ डाइभ हान्दै बचाएका छन् । काठमाडौ अग्रता दोब्बर बनाउनबाट चुकेको छ ।
पेनाल्टी
penalty!! वीरगंजका दिपेन्क सिंहले हिसुब थपलियालाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको छ ।
खेलाडी परिवर्तन
वीरगंजले खेलाडी परिवर्तन गरेको छ । सुभाष गुरुङको स्थानमा विशोन गुरुङ मैदान प्रवेश गरेका छन् ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक ।

काठमाडौंका प्रशान्त अवस्थीले कर्नरबाट हिसुबलाई सट पास दिएका थिए । हिसुबले शोखरुखलाई ब्याक पास दिए तर सदुपयोग भएन ।

काठमाडौंका कोमिवनले हानेको कर्नर वीरगंजका किपर दीप कार्कीले सेभ गर्ने क्रममा बाहिर गयो । काठमाडौंलाई फेरि कर्नर ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।

काठमाडौंका जुनियर एनकुनगुएको बायाँ भागबाट हिसुब थपलियाका लागि क्रस दिएका थिए तर हिसुबले बललाई पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार फितलो रह्यो ।

काठमाडौंका कोमिवनले हानेको कर्नरमा शोखरुखले हेड हान्ने प्रयास गरेपनि सफल भएनन् । सेकेण्ड बार छेउमा रहेका आन्द्रेस निया बलतर्फ दौडेपनि भेटेनन् ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।
फ्री किक
वीरगंजका तेज तामाङले हानेको फ्रिकिक काठमाडौंका खेलाडीले हेड गरेका थिए । पछि किपर अन्जल श्रेष्ठले क्याच गर्दै बचाए ।
- goal!! काठमाडौंले अग्रता लिएको छ । कुलदिप कार्कीले दायाँ भागबाट दिएको क्रस हिसुब थपलियाले हान्ने प्रयास गरेका थिए । तर हिसुब र वीरगंजका खेलाडीहरु सुदिप गुरुङ र तेज तामाङ बल भेट्ट संघर्ष गरिरहेका बेला एनकुनगुए जुनियरले बल भेटे र उनले वान टचमै बललाई जाली चुमाए ।
कर्नर किक
वीरगंजलाई कर्नर । तेज तामाङले हानेको कर्नर सिधै काठमाडौंका किपर अन्जलको हातमा ।

कर्नर किक
काठमाडौंका प्रशान्त अवस्थीले हानेको कर्नर वीरगंजका खेलाडीले क्लियर गरे ।
कर्नर किक
काठमाडौंका हिसुब थपलियाले दायाँ भागबाट क्रस गरेको बल वीरगंजका खेलाडीले क्लियर गर्ने क्रममा बाहिरिएपछि काठमाडौंले कर्नर पाएको छ ।
फ्री किक
वीरगंजलाई फ्रिकिक । गुस्ताभोले क्वीक बल चलाए ।

वीरगंजका विलियम ओपोकुले दायाँ भागबाट प्रहार गरेको बल टार्गेटमा रहन सकेन ।

काठमाडौंका कोमिवनले बक्स बाहिरबाट गरेको प्रहारले पोष्टको दिशा लिन सकेन ।
Kick Start



- काठमाडौं रातो जर्सी र वीरगंज निलो जर्सी लगाएर खेल्दैछ ।

एनएसएलको प्ले अफमा पुग्नका लागि आजको खेल दुवै टिमलाई जित्न आवश्यक छ । थप पढ्नुहोस्
