Pokhara Vs Dhangadhi

Pokhara Thunders

Dhangadhi FC

Full Time
फ्री किक
धनगढीलाई फ्रिकिक । कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।
फ्री किक
पोखरालाई फ्रिकिक ।

धनगढीका आशिष चौधरीले बायाँ भागबाट दिएको लामो क्रसमा ओलावाले आफिजले बक्सबाट गरेको हेडरले पोष्टको दिशा लिन सकेन ।

खेलको अन्त्यमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
goal!! पोखराले बराबरी गोल फर्काएको छ । सुरज ज्यु ठकुरीको फ्रिकिकमा मोसेस ग्याबाहले गोल गरेका हुन् ।
फ्री किक
पोखरालाई फ्रिकिक ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । मिलन राईको स्थानमा निशाल लिम्बु मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
पोखराले खेलाडी परिवर्तन गरेको छ । सन्जिव विष्टको स्थानमा विपिन कँडेल मैदान प्रवेश गरेका छन् ।

पोखराका स्टेफेन एनोर पनि ठिक भएर मैदान प्रवेश गरेका छन् ।

स्टेफेन एनोरका लागि मैदानमा स्ट्रेचर ल्याइएको थियो र तर उनी आफै मैदान बाहिर आएका छन् । मनोज राई भने ट्रिटमेन्टपछि मैदान बाहिर आएर मैदान भित्र प्रवेश गरिसकेका छन् ।

पोखराका स्टेफेन कोजो एनोर र धनगढीका मनोज राई बल लिन जुध्ने क्रममा मैदान लडेका छन् ।दुवै केही समस्यामा देखिएका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर । मिलन राईको पासमा अभिषेक गुरुङले पोखराका गोलकिपर देव लिम्बुसँग वान भर्सेस वानको अवस्थामा हानेको प्रहार गोल हुन सकेन । बल बाहिर गएपछि धनगढीले कर्नर पाएको हो ।

oh!! धनगढीका अभिषेक गुरुङले बक्समा दिएको पामा ओलावाले आफिजले हानेको वान टच प्रहार बार माथिबाट बाहिर गयो ।

धनगढीका अभिषेक गुरुङले हानेको लङ सट पोष्ट भन्दा बाहिर गयो ।
खेलाडी परिवर्तन
पोखराले गोलकिपरसहित दुई खेलाडी परिवर्तन गरेको छ । गोलकिपर प्रिसोको स्थानमा देव लिम्बु मैदान प्रवेश गरेका छन् भने दिपेश आले मगरको स्थानमा मोसेस ग्याबाह मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । रिचर्डको स्थानमा हेमन्त श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । साइमन लिम्बुको स्थानमा रोहन कार्की तथा अहमद हिजाजीको स्थानमा फोडे फोफाना मैदान प्रवेश गरेका छन् ।

फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले दायाँ साइडमा हानेको प्रहार धनगढीका किपर ताहाले पन्च गर्दै खतरा टारे । बल बाहिर गएपछि पोखराले कर्नर पाएको छ ।
खेलाडी परिवर्तन
पोखराले दुई खेलाडी परिवर्तन गरेको छ । पदम कुमार तामाङको स्थानमा आयुश घलान तथा कमल बहादुर थापाको स्थानमा सुनिल घलान मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
पोखरालाई कर्नर । सुरज ज्यु ठकुरीले हानेको कर्नरमा सन्जिव विष्टले बक्सबाट हेड गरेका थिए । तर बल पोष्ट भन्दा माथिबाट बाहिरियो ।

धनगढीका ओलावाले आफिजले पोखराका खेलाडीसँग बल खोज्दै अगाडि बढाएर पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल क्रस बारेको थोरैमाथिबाट बाहिरियो ।

धनगढीका रिचर्डले बल अगाडि बढाउँदै बक्स बाहिरबाट प्रहार गरेको बल पोखराका किपर प्रिसोले सहजै बचाए । बल बचाउने क्रममा लडेका उनि केही समस्यामा देखिएका छन् ।मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ । प्रिसो खेल्न तयार भइसकेका छन् ।
फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको प्रहार सिधै धनगढीका किपर मोहमद ताहाको हातमा उनलाई कुनै कठिन भएन ।
खेलाडी परिवर्तन
धनगढीले खेलाडी परिवर्तन गरेको छ । कमल श्रेष्ठको स्थानमा मनोज राई मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

Half Time

oh!! पोखराले बराबरी गर्ने अवसर गुमाएको छ । स्टेफन कोजो अनोरले दायाँ साइडबाट हानेको प्रहार डिफ्लेक्ट हुँदै पोष्टतिर गएको थियोफ । धनगढीका किपर ताहाले पन्च गरेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि रिबाउन्डमा कमल थापाले हानेको प्रहार धनगढीका किपर ताहाले लडिसकेको अवस्थामा डाइभ गर्दै बचाए । त्यसपछि कमल श्रेष्ठलवे बल क्लियर गरे ।

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
- Goal!! मिलन राईले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पोखराका कप्तान फ्रांकलिन कुएटे टालाले आफ्नै बक्समा टिममेटलाई ब्याक पास दिएका थिए । तर बल उनको टिममेटसम्म पुग्नुअघि नै धनगढीका ओलावाले आफिजले भेटे । ओलावाले पोखराका नरेन्द्र चौधरीलाई बिट गर्दै दायाँ भागमा बल क्रस गरेका थिए । पोखराका किपर प्रिसो पनि बिट भइसकेका थिए । क्रस लिन अहमद हिजाजी र मिलन राई दौडेका थिए । मिलनले बल भेटे र वाच टचमै गोल गरे ।
फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको फ्रिकिक सेकेण्ड बार छेउबाट बाहिर गयो ।

धनगढीका मिलन राईले दायाँ भागबाट सिधै बक्समा बल हानेका थिए । अहमद हिजाजीले हेडर फितलो रह्यो । पोखराका किपर प्रिसोले सजिलै बल समाते ।

oh!!1 धनगढीका कप्तान देवेन्द्र तामाङले किपर मोहमद ताहाका लागि ब्याक पास दिएका थिए । पोखराका सन्जिव विष्टका लागि अवसर थियो । तर उनले बललाई पोष्टको दिशा दिन सकेनन् । ताहाले अगाडि बढेर बल क्लियर गरे ।

धनगढीका अभिषेक गुरुङले दायाँ साइडबाट हानेको प्रहार सिधै पोखराका किपर प्रिसोको हातमा ।

कर्नर किक
धनगढीले कर्नर पाएको छ । धनगढीका ओलावाले आफिजले हानेको बल पोखराका सुरज ज्यु ठकुरीले रोक्ने क्रममा बाहिर गएपछि धनगढीले कर्नर पाएको हो । मिलन राईले हानेको कर्नर सिधै पोखराका किपर प्रिसोको हातमा । कुनले सहजै बल क्याच गरे ।

पोखराका सुरज ज्यु ठकुरीको पासमा सन्जिव विष्टले बक्समा राम्रो अवसर पाएका थिए । तर उनको प्रहार धनगढीका गोलकिपर ताहाले अघि बढेर बचाए ।
फ्री किक
धनगढीले फ्रिकिक पाएको छ । कप्तान देवेन्द्र तामाङले मध्यभाग नजिकबाट हानेको प्रहार पोखराका खेलाडीले क्लियर गरे । ओलावालेले हेड गर्ने प्रयास गरेपनि पोखराका कुएटे टालाले क्लियर गरे ।

पोखराका फ्रांकलिन कुएटे टालाले उपलबध गराएको लामो पास सन्जवि विष्टले धनगढीको बक्सबाट वान टच प्रहार गर्न खोजेका थिए । तर उनको प्रहार फितलो हुँदा धनगढीका किपर मोहम्मद ताहाले बचाए ।

पोखराका पदम कुमार तामाङले हानेको लामो प्रहार सेकेण्ड बार छेउबाट बाहिर गयो ।
फ्री किक
धनगढीलाई फ्रिकिक । कप्तान देवेन्द्र तामाङले हानेको प्रहार पोखराका किपर प्रिसोले पन्च गर्दै बचाए ।
कर्नर किक
धनगढीका अभिषेक गुरुङले हानेको प्रहार पोखराका किपर प्रिसोले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि धनगढीका रिचर्डले बक्सबाट हानेको प्रहार पोखराका खेलाडीले क्लियर गरे ।
कर्नर किक
धनगढीका डियाग्ने फालोउले करिब ३० यार्डबाट भलि प्रहार गरेका थिए । पोखराका किपर प्रिसोले पन्च गर्दै बाहिर फालेपछि धनगढीले कर्नर पाएको छ ।
Kick Start




- पोखरा निलो जर्सी लगाएर खेल्दैछ ।


- धनगढी एफसी आज पहेँलो जर्सी लगाएर खेल्दैछ ।

