Birgunj Vs Dhangadhi

Birgunj United

Dhangadhi FC
Full Time
खेलाडी परिवर्तन
धनगढीका कृतिश रत्नको स्थानमा साइमन लिम्बु मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
घाइते तेज तामाङको स्थानमा जय गुरुङ मैदान प्रवेश गरेका छन् ।

वीरगंजका तेज तामाङ घाइते भएका छन् । सुरुमा स्ट्रेचर मगाइएपनि उनलाई मेडिकल टिमले मैदान बाहिर लगेका छन् ।
खेलाडी परिवर्तन
वीरगंजले खेलाडी परिवर्तन गरेको छ । दिपेन्क राज सिंहको स्थाननमा सुनिल खड्का मैदान प्रवेश गरेका छन् ।

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ । के धनगढीले अग्रतना कायम राख्ला ?
धनगढीले दोस्रो गोल गरेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश हिजाजीले कृतिश रत्नको पासमा गोल गर्दै धनगढीलाई २-१ को अग्रता दिलाए ।

आशिष चौधरीले अवसर पाएका थिए । रामचन्द्र वाजीको पासमा बाया भागबाट आशिषले हानेको प्रहार नजिकैबाट बाहिरियो । अनमार्क रहेका बिशषको प्रहार सटिक रहेन ।

खेलाडी परिवर्तन
धनगढीले आफिज ओलवालेको स्थानमा रणदिप पौडेल र वीरगंजले विशोन गुरुङको स्थानमा कृपा कान्त महतो थारुलाई मैदान पठाएको छ ।
पहेंलो कार्ड
रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदा धनगढीका मुख्य प्रशिक्षक युगलकिशोर राईलाई पहेँलो कार्ड देखाइएको छ । धनगढीका अफिसियलहरु आक्रमक देखिएका छन् । धनगढीका एक अफिसियललाई पनि पहेँलो कार्ड देखाइएको छ ।
कर्नर किक
धनगढीका कमलले हानेको कर्नर कप्तान देवेन्द्रले हेड गरेका थिए । वीरगंजका गोलकिपर दिपले सहजै क्याच गरे ।
कर्नर किक
धनगढीको कर्नर । कमल श्रेष्ठको कर्नर वीरगंजका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएको छ । धनगढीले फेरि कर्नर पाएको छ ।

गुस्ताभोले मध्य भागको सर्कलबाट हानेको लामो प्रहार धनगढीका गोलकिपर ताहाले बचाए ।

वीरगंजका विशन गुरुङले बायाँ कर्नरबाट राम्रो क्रस उपलब्ध गराएका थिए । तर धनगढीका गोलकिपर मोहम्मद ताहाले बल सहजै क्याच गरे । कुनै समस्या भएन ।
पहेंलो कार्ड
वीरगंजका विलियम ओपोकुलाई पहेँलो कार्ड देखाइएको छ ।
अफ साइड
धनगढीका आफिज ओलवालेले राम्रव मौका पाएका थिए । तर असिस्टेन्ट रेफ्रीले अफसाइड झण्डा उठाइदिए ।

सब्सिच्युट भएपछि धनगढीका डियाग्ने प्लेअर बक्समा फर्कँदा खुशी देखिएनन् ।
खेलाडी परिवर्तन
धनगढीले एकै पटक तीन खेलाडी परिवर्तन गरेको छ । डियाग्ने फालोको स्थानमा अहमद हिजाजी, अभिषेक गुरुङको स्थानमा रामचन्द्र वाजी र मनोज राईको स्थानमा रोहन कार्की मैदान प्रवेश गरेका छन् ।

धनगढीका कमलले हानेको कर्नर खासै खतरा हुन सकेन ।

धनगढीका आशिष चौधरीले बक्समा पाएको बल हान्नुअघि नै वीरगंजका सिमान्त थापाले क्लियर गरे ।

धनगढीका आफिज ओलावालेका लागि चान्स थियो । तर बक्समा उनले बल प्रहार गर्ने वीरगंजका दिवाकर चौधरीसँग जुध्ने क्रममा लडे ।
कर्नर किक
आशिष चौधरीले सेन्टरबाट छलाउँदै लगेको बल कृतिश रत्न छुन्चुलाई बक्सभित्र पास दिएका थिए । छुन्चुको प्रहार वीरंगजन्का गोलकिपर दिप कार्कीले पन्च गर्दै बाहिर फाले । त्यसपछि पाएको कर्नर कमल श्रेष्ठले हानेका थिए । बक्स बाहिरबाट अभिषेक गुरुङले हानेको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।
Second Half Kick Off

एनएसएलमा चियर लिडरको प्रस्तुती समेत रहेको छ । हाफ टाइमा र गोल भएको समयमा चियर लिडरले प्रस्तुती दिने गरेका छन् ।
Half Time
वीरगंजले पेनाल्टी पाएको छ । हान्सले कुनै गल्ती नगरी सहजै गोल गरे । वीरगंजले पहिलो हाफमै खेल बराबरी गरेको छ । यस सिजन यो पहिलो पेनाल्टी गोल हो ।
कर्नर किक
वीरगंजको कर्नर । विलियम ओपोकुले हानेको कर्नर धनगढीका डियाग्ने फालोउले ह्यान्ड गरेपछि वीरगंजले पेनाल्टी पाएको छ ।

वीरगंजका सुदिप गुरुङले पेनाल्टी बक्स बाहिरबाट हानेको ग्राउण्ड सट पोष्ट नजिकबाट बाहिरियो ।

पहिलो हाफको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

धनगढीका कृतिश रत्न छुन्चुको पासमा फोडे फोफानाले बल अगाडि बढाएका थिए । तर वीरगंजका गुस्ताभो शामलाले बक्सबाट बल क्लियर गरे ।


खेलको दोस्रो मिनेटमै गोल खाएपछि वीरगंजले पहिलो आधा घण्टा खेलमा दबाब बनाउादै गोल फर्काउने प्रयास गरेको थियो । तर गोल गर्न भने सफल भएन ।
कर्नर किक
वीरगंजका विलियमले हानेको कर्नर धनगढीका कमल श्रेष्ठले क्लियर गर्ने क्रममा बाहिर गएपछि वीरगंजले फेरि कर्नर पाएको छ । तर उनको कर्नर धनगढीले क्लियर गर्यो ।
कर्नर किक
वीरगंजका हान्सको पासमा विलियम ओपोकुले हानेको प्रहार धनगढीका किपरलाई लागेर बाहिर गएपछि वीरंगजले कर्नर पाएको थियो । तेजको कर्नरमा विलियमको हेडर पोष्ट भन्दा बाहिर गयो ।


वीरगंजलाई मौका थियो । तेज तामाङको पासमा पेनाल्टी बक्समा रहेका विलिया ओपोकुले प्रहार गरेको बल पोष्टको दिशा लिन सकेन ।
कर्नर किक
वीरगंजका तेज तामाङले कर्नर प्रहार गरेका थिए । तर वीरगंजका खेलाडीले भेट्टाउन सकेनन् । धनगढीका खेलाडीले बल क्लियर गरे ।
फ्री किक
वीरगंजका तेज तामाङले करिब ३० यार्डबाट हानेको फ्रिकिक धनगढीका खेलाडीले बक्समा क्लियर गरेका छन् ।
कर्नर किक
वीरगंजको कर्नर । तर यो कर्नर खासै प्रभावकारी भएन ।

साविक उपविजेता धनगढीको मार्की प्लेअर आशिष चौधरी हुन् भने देवेन्द्र तामाङले कप्तानी गरिरहेका छन् ।
- धनगढीले खेलको दोस्रो मिनेटमै गोल गरेको छ । आफिज ओलवालेको डी बक्स भित्रै मिलाएको छोटो पासमा फोडे फोफानाले कुनै गल्ती नगरी गोल गरे । वीरगञ्जका गोलकिपर दीप कार्कीले गोल रोक्ने कुनै मौका नै पाएनन् ।
Kick Start

नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ को चौथो खेलमा वीरगंज युनाइटेड र धनगढी एफसीबीच खेलको लाइभ अपलेट लिएर हामी उपस्थित भएका छौँ ।
दुई विदेशी खेलाडीको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराएर विजयी सुरुवात गरेको छ । धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले गोल गरे । वीरगंजका लागि हान्स क्वाफीले पेनाल्टीमा एक गोल गरे ।