Dhangadhi Vs Lalitpur

Dhangadhi FC

Lalitpur City FC


- ललितपुरका अनन्त तामाङले गोल्डेन बल अवार्ड पाएका छन् । उनले कप्तानी गरेको पहिलो सिजनमै क्लबलाई उपाधि दिलाएका छन् । उनले २ लाख रुपैयाँ पाउनेछन् ।


- ललितपुरका इमोह ईजेकेल सर्वाधिक गोलकर्तँ बनेका छन् । उनले ललितपुर एफसी ६ गोल गरे, जसमध्ये दुई गोल फाइनलमा भएको थियो ।


- ललितपुरका जेफ्री उत्कृष्ट गोलकिपर बनेका छन् । उनले ५ खेलमा गोल खाएका थिएनन् । उनले एक लाख रुपैयाँ पाउनेछन् ।


- धनगढी एफसीका रोहन कार्की इमर्जिङ प्लेयर घोषित भएका छन् । उनले एक लाख रुपैयाँ पाउनेछन् ।





Full Time
खेलको अन्तिम मिनेटमा हिजाजीले गोल गरेका छन् ।
कर्नर किक
हिजाजीले बल पाएका थिए, तर सनिष र अनन्तले उनलाई प्रहार गर्न अवसर दिएनन् । धनगढीलाई कर्नर ।

आशिष चौधरीको प्रहार थियो । ललितपुरका गोलकिपर बाल्टुसले पञ्च गरेर क्लियर गरेका छन् ।
खेलाडी परिवर्तन
आदित्य शाक्यको स्थानमा कुशल देउवा मैदान प्रवेश गरेका छन् ।

अनन्त र ओलावाले ठोक्किएका छन् । आलोवलेको कुहिानाले अनन्तलाई लागेको छ ।

८ मिनेट समय थप भएको छ

ललितपुरले बललाई आफ्नो नियन्त्रणमा राख्ने रणनीतिका साथ खेलिरहेको छ । दुई गोल गरेका इमो समेत पछाडि आएर खेलिरहेका छन्

डि बक्सबाहिरबाट रोहन कार्कीले हानेको फ्रि किक बालमा लागेर बाहिर गयो । धनगढीलाई थ्रो

धनगढीले फ्रि किक पाएको छ ।

फोफानाले ललितपुरको डिबक्समा रहेका टिममेटलाई लेफ्ट फुटेड क्रस दिएका थिए । तर सनिष श्रेष्ठले हेडमार्फत क्लियर गरेका छन्
रातो कार्ड
खराब फउल । इमोलाई फउल गरेका आगेमाङले दोस्रो पहेँलो कार्ड पाएका छन् । यससँगै रेफ्रीले रातो कार्ड देखाएका छन् । दुई गोलले पछाडि रहेको धनगढी अब १० खेलाडीमा सिमित भएको छ ।
पहेंलो कार्ड
फेरि इमो र आशिष । यो पटक भने इमोले पहेँलो कार्ड पाएका छन् ।
पहेंलो कार्ड
इमोलाई आशिष चौधरीले फउल गरेपछि केहीबेर तनाव । रेफ्रीसँग विवाद गर्न खोजेपछि उनले पहेँलो कार्ड पाएका छन् ।

धनगढीका लागि अवसर । हिजाजीले राम्रो अवसर पाएका थिए, तर उनले बल प्रहार गर्न ढिला गरे । सनिसले अवरोध गरे ।
खेलाडी परिवर्तन
ललितपुरले खेलाडी परिवर्तन गरेको छ । अनिल महर्जनको स्थानमा निरज चौधरी मैदान प्रवेश गरेका छन् ।
- Goal!! इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनाएको छ । दिनेश हेमजनको क्रस धनगढीका आगेमाङले ब्लक गरेका थिए, तर पूर्ण रुपमा क्लियर भएन । बक्सभित्रै रहेका पापा इबुकेबेले गरेको छातिले फर्काए । त्यही बलमा इविकलले ओभरहेड किकमा उत्कृष्ट गोल गरेका हुन् ।
फ्री किक
धनगढीले फ्रिकिक पाएको छ ।
फ्री किक
धनगढीले फ्रिकिक पाएको छ । ओमालाजा करिमले हानेको फ्रिकिक बक्समा कसैले सदुपयो गर्न सकेन र बल बाहिर गयो ।

धनगढीका अहमद हिजाजीले हानेको हाफ एक्रोब्याटिक किक ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।
- Goal!! दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाएका छन् । आदित्य शाक्यले दिएको उत्कृष्ट पासमा दिनेशले खाली पोष्टमा गोल गरेका हुन् ।
कर्नर किक
धनगढीले कर्नर पाएको छ ।

ohh!! miss for lcfc ललितपुरका अनिल महर्जनले गोल गर्ने राम्रो अवसर गुमाएका छन् । आदित्य शाक्यले बायाँ साइडबाट दिएको क्रसममा अनिलले सिक्स यार्ड बक्स नजिकबाट हानेको प्रहार टार्गेटमा पर्न सकेन ।
खेलाडी परिवर्तन
धनगढीले हाफ टाइममा खेलाडी परिवर्तन गरेको छ । मिलन राईको स्थानमा निशान लिम्बु मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

Half Time
- Goal!!! ललितपुरले बराबरी गोल फर्काएको छ । करिब २० यार्डमा पाएको फ्रिकिकमा इमोह इजेकेलले गोल गरेका हुन् । उनले फस्ट बारमा हानेको प्रहार धनगढीका किपर मोहमद ताहाले रोक्ने अवसर नै पाएनन् ।
पहेंलो कार्ड
धनगढीका कमल श्रेष्ठलाई पहेँलो कार्ड देखाइएको छ । ललितपुरलाई फ्रिकिकको अवसर ।

धनगढीका ओलावाले आफिजले बायाँ साइडबाट हानेको प्रहार ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । ओमालाजा करिमले हानेको प्रहार वाल बसेका धनगढीका खेलाडीले ब्लक गरे ।

पहिलो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
धनगढीका अहमद हिजाजीलाई पहेँलो कार्ड देखाइएको छ ।
- Goal!! आफिज ओलावाले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका छन् । अहमद हिजाजीले हानेका प्रहार ललितपुरका जेफ्री बाल्टुसले पूर्ण रुपमा क्लियर गर्न सकेनन् । त्यसमा रिबाउण्ड आएको बलमा ओलावालेले वान टचमै गोल गरे ।
फ्री किक
ohhh!! ललितपुरका दिनेश हेन्जनले हानेको फ्रिकिक सेेकण्ड बार छेउ हुँदै बाहिर गयो ।
पहेंलो कार्ड
धनगढीका रिचर्डलाई पहेँलो कार्ड देखाइएको छ । ललितपुरले फ्रिकिक पाएको छ ।
कर्नर किक
धनगढीका मिलन राईले हानेको कर्नर ललितपुरका खेलाडीले क्लियर गरे ।
कर्नर किक
धनगढीले कर्नर पाएको छ । कमल श्रेष्ठले हानेको कर्नरमा धनगढीलाई बक्समा गोल गर्ने अवसर थियो । तर कसैले बललाई पोष्टको दिशा दिन सकेनन् । ललितपुरका खेलाडीलाई लागेर बल बाहिर गएपछि धनगढीलाई फेरि कर्नर ।
पहेंलो कार्ड
- ललितपुरका पापा इबोउ केबेलाई पहेँलो कार्ड देखाइएको छ ।


धनगढीका कप्तान देवेन्द्र तामाङले फ्रिकिकलाई भलि प्रहार गर्दै ललितपुरको बक्समा रहेका टिममेट रिचर्डलाई दिएका थिए तर उनले सदुपयोग गर्न सकेनन् ।
फ्री किक
धनगढीले फ्रिकिक पाएको छ ।

ललितपुरलाई अवसर !! तर ललितपुरका खेलाडी अफसाइड भए ।

धनगढीका अहमद हिजाजीले ललितपुरको बक्स नजिक राम्रो स्थानमा बल पाएका थिए । तर उनले बल कन्ट्रोल गरेर हान्न लाग्दा ललितपुरका खेलाडीले रोके ।

- धनगढीका कमल श्रेष्ठले हानेको कर्नर ललितपुरका किपर जेफ्री बाल्टुसले क्याच गर्दै बचाए ।
कर्नर किक
धनगढीले कर्नर पाएको छ । अभिषेक गुरुङले हानेको प्रहार ललितपुरका खेलाडीलाई लाग्दै बाहिर गयो ।



- दशरथ रंगशालमा आज दर्शकको बाक्लो उपस्थिति छ । घरेलु फुटबलमा लामो समयपछि यति धेरै दर्शक फुटबल खेल हेर्न उपस्थित भएका हुन् ।
Kick Start


- धनगढी पहेँलो जर्सी लगाएर खेल्दैछ भने ललितपुर कालो-रातो जर्सी लगाएर खेल्दैछ ।

